हात्तीले दिउँसै खेतमा पसेर धानबाली नोक्सान गर्दै


कञ्चनपुर, २४ असोज: कञ्चनपुरमा जङ्गली हात्तीको बथान दिउँसै किसानको खेतमा पसेर काट्न तयार धानबालीमा क्षति पुर्याउन थालेका छन् । आज बिहान बेदकोट नगरपालिका–१० नयाँगाउँमा करिब ३५ वटा हात्तीले छ जना किसानको करिब एक बिघा धानबाली खाएर नोक्सानी पु¥याएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिनुभयो ।
उहाँका अनुसार अर्जुन कठायतको पाँच कठ्ठा, चन्द्र कठायत, खगेन्द्र रावल र रामबहादुर रावलकको छ कठ्ठा, बृख रावलको तीन कठ्ठा र नवल रावलको पाँच कठ्ठा धानबाली हात्तीले खानुका साथै कुल्चिएर क्षति पु¥याएको हो ।
किसान रामबहादुरले काट्न तयार भएको धान हात्तीको बथानले नष्ट गरेपछि जीविकोपार्जन कसरी गर्ने भन्ने चिन्ता लागेको बताउनुभयो । यही असोज २२ गते हात्तीको एक बथानले बेलौरी नगरपालिका–९ कुण्डाका चार किसानको पाक्न लागेको करिब २३ कठ्ठा धानबालीमा क्षति पु¥याएको थियो ।
छ दिनअघि मात्रै भीमदत्त नगरपालिकाको गोवरैयामा पनि दिउँसै धान खेतमा हात्तीेको बथान पसेर क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट निस्केका हात्तीका बथानले भीमदत्त, दोधारा–चाँदनी, बेदकोट र शुक्लाफाँटा नगरपालिकाका मध्यवर्ती क्षेत्रका धानबालीमा निरन्तर क्षति पुर्याउँदै आएका छन् ।