`

महेन्द्रनगरमा उनन्तीस लाखको पटाकासहित एक जना पक्राउ

Nepal One HD २६ असोज २०८२ २२:०४
समाज

महेन्द्रनगर, २६ असोजः जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले झण्डै रु २९ लाख बराबरका पटका (विस्फोटक पदार्थ) सहित एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले भीमदत्त नगरपालिका–३ का ४९ वर्षीय खडक पाललाई विभिन्न प्रकारका पटाकासहित पक्राउ गरेको प्रहरी उपरीक्षक खड्क खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा पालको घरमा छापा मारेको थियो ।

“पालको घरमा खानतलासी गर्दा विस्फोटक पदार्थ भेटिएको हो”, उहाँले भन्नुभयो, “अदालतबाट म्याद लिएर विस्फोटक पदार्थ ऐनअनुसार कार्बाही प्रक्रिया अघि बढ्छ ।” उक्त घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । तिहार नजिकिएसँगै सीमानाकाबाट विस्फोटक पदार्थ भित्रिनसक्ने भन्दै प्रहरी नाकामा निगरानी बढाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *