राष्ट्रिय परिचय पत्रका लागि दैनिक ११ घण्टा सेवा

समाज

चितवन, २७ असोजः यहाँस्थित जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीका लागि आजदेखि ११ घण्टा सेवा दिन थालेको छ ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार आजदेखि बिहान ७ः०० बजेदेखि साँझ ६ः०० बजेसम्म सेवा सुरु गरिएको हो । आवश्यक उपकरणको अभावका कारण चापअनुसार सेवा दिन नसकेपछि ती सेवालाई बिहानदेखि सुरु गरेको उहाँले बताउनुभयो । राष्ट्रिय परिचयपत्र र राहदानी विभागले आवश्यक उपकरण नपठाउँदा दक्ष जनशक्ति हुँदा हुँदै पनि सेवा दिन कठिन भएको उहाँले बताउनुभयो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको