`

मानव अङ्ग बेचबिखनमा संलग्न भएको आरोपमा दुईजना पक्राउ

Nepal One HD २७ असोज २०८२ २१:४४
समाज

काठमाडौँ, २७ असोज : नेपाल प्रहरीले मानव अङ्ग बेचबिखनमा संलग्न भएको आरोपमा दुईजनालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले आज सर्वसाधारण मानिसहरूलाई ललाइफकाइ प्रलोभनमा पारी भारतमा लगेर उनीहरुको मिर्गौलाको अवैध बिक्री गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रामेछाप मन्थली नगरपालिका–१६ घर भई हाल काठमाडौँको बूढानीलकण्ठ बस्ने ३४ वर्षीय मोतिलाल तामाङ र सुनसरीको इटहरी नगरपालिका बस्ने ४७ वर्षीय नारायण वन रहेको परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिनुभयो । पक्राउ परेका दुवैजनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि मानव बेचबिखन अनुसन्धान ब्यूरो, बबरमहल पठाइएको प्रवक्ता भट्टराईले बताउनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *