`

आउँदो निर्वाचनमा वहुमत ल्याउन यस्तो छ प्रदीप पौडेलको प्रस्ताव (पूर्णपाठ)

Nepal One HD १ कार्तिक २०८२ १३:२१
प्रमुख खबर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टीको रुपान्तरण, पुस्तान्तरण र सुशासनको नयाँ खाका प्रस्तुत गर्दै आगामी निर्वाचनमा कांग्रेसलाई बहुमत दिलाउने स्पष्ट कार्ययोजना अघि सारेका छन् । सानेपामा जारी केन्द्रीय समिति बैठकमा उनले प्रस्तुत गरेको प्रस्ताव बहुआयामिक सुधारको खाका हो, जसले पार्टीभित्र मात्र होइन, राष्ट्रिय राजनीति र शासन प्रणालीमै गम्भीर बहसको खाँचो पैदा गरिदिएको छ ।

जेन–जी विद्रोह : शंकाको होइन, सम्बोधनको विषय
पौडेलले हालै देखिएको जेन–जी विद्रोहलाई अस्वाभाविक वा शंकास्पद नभई सुशासन, भ्रष्टाचार विरोध, रोजगारी र आर्थिक सुधारका जायज मागका रूपमा हेर्न आह्वान गरेका छन् । उनका अनुसार यस आन्दोलनले उठाएका मुद्दा सम्बोधन नगरे कांग्रेसको भविष्य जोखिममा पर्न सक्छ।

‘युवाको आवाज सम्बोधन नगरे बहुमतको कल्पना पनि गर्न सकिन्न’
पार्टीमा पुस्तान्तरण आवश्यक भन्दै पौडेलले डिजी युथ कंग्रेस गठनको प्रस्ताव गरेका छन् । युवा नेतृत्वको सुनिश्चितताका लागि वडादेखि केन्द्रसम्मको संरचनामा युवाको प्रतिनिधित्व सुनिश्चित गर्ने उनको भनाइ छ ।

खर्चिलो संरचना खारेज : सांसद र मन्त्री कटौती
पौडेलको प्रस्तावमा सबैभन्दा बहसयोग्य विषय हो—संघीय र स्थानीय सरकारको खर्च कटौती ।
उनका मुख्य सुझावहरू यस प्रकार छन् :
–प्रतिनिधि सभा सदस्य संख्या २०१ मा सीमित गरौं ।
–संघीय मन्त्री संख्या १५ जना भन्दा नबढाऔं ।
–प्रदेश मन्त्री परिषद् ५ सदस्यीय बनाऔं ।
–स्थानीय तहको संख्या ४०० मा झारौं ।
–जिल्ला समन्वय समिति खारेज गरौं ।
–उपाध्यक्ष-उपप्रमुख जस्ता पदहरू कटौती गरौं ।

स्वास्थ्य बीमा : समाजवादको कार्यान्वयनको आधार

पूर्व स्वास्थ्य मन्त्रीको हैसियतले पौडेलले स्वास्थ्य बीमा कार्यक्रमलाई समाजवादको आधारभूत औजार बनाउने प्रस्ताव राखेका छन् । विपन्न वर्गलाई लक्षित बीमा प्रणाली सुदृढ गरेर सामाजिक न्याय कार्यान्वयन गर्न सकिने उनको विश्वास छ ।

पारदर्शिता र जवाफदेहिता : सम्पत्ति छानबिन र राष्ट्रियकरण
भ्रष्टाचारमाथि शून्य सहनशीलताको नीति अघि सार्दै पौडेलले २०४६ सालपछि पदमा बसेका सबै व्यक्तिको सम्पत्ति छानबिन गर्न र श्रोत नपुगेको सम्पत्ति राष्ट्रको नाममा गर्ने सुझाव दिएका छन् ।

संगठन सुदृढीकरण : एउटै सदस्यता, प्रत्यक्ष नेतृत्व चयन
पार्टीभित्र समान सदस्यता प्रणाली, प्रत्यक्ष निर्वाचनमार्फत केन्द्रीय नेतृत्व चयन, प्राइमरी प्रणालीमार्फत उम्मेदवार छनोट, र प्रधानमन्त्रीको उम्मेदवार पहिल्यै तोक्ने व्यवस्था गर्नुपर्ने पौडेलको प्रस्ताव छ ।

महाधिवेशन तत्काल गरौं
पार्टीको नेतृत्व र नीतिको नविकरणका लागि पौडेलले कुनै बहानाबिना १५ औँ महाधिवेशन तत्काल गर्ने आग्रह गरेका छन् । महाधिवेशन नै पार्टी पुनर्जागरणको मूल चाबी हुने उनको भनाइ छ ।

पूर्णपाठ

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *