`

निवर्तमान मन्त्री खड्काको प्रश्न : गृहमन्त्री अर्यालले भ्रम छरे, म भागे भन्न मिल्छ ?

Nepal One HD ३ कार्तिक २०८२ १४:१८
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं निवर्तमान ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले आफू देश छोडेर भाग्नु पर्ने कुनै कारण नरहेको बताएका छन् । गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वमन्त्री खड्का अमेरिका भागेको भनि अन्तर्वार्ता दिएलगत्तै उनले सोमवार जेनजी आन्दोलनले ध्वस्त बनाएको आफ्नै निवास परिसरमा पत्रकार सम्मेलन गरी सो दाबी गरेका हुन् ।

उनले गृहमन्त्री अर्याललाई आफू के कारणले देश छोडेर भाग्नुपर्ने रहेछ ? भनि प्रश्न समेत गरेका छन् । पूर्वमन्त्री खड्काले आफूले मुलुकमा भ्रष्टाचारविरुद्ध अभियान नै चलाएको जिकिर समेत गरे । उनले राजनीति खर्चिलो हुन्छ भनेर आफूले व्यापार व्यवसाय गरेर राजनीतिमा आएको पनि बताए ।

पूर्वमन्त्री खड्काले भने, ‘उहाँ कानूनको विद्यार्थी हुनुहुन्छ रे भन्ने मैले सुनेको छु । कानूनी राज्यको विषयमा राम्रै जान्नु हुन्छ गृहमन्त्रीजी । म के कारणले भाग्नुपर्ने रहेछ ? म पदमा हुँदा मैले गरेका निर्णयहरु, पदमा नहुँदा मैले गरेका व्यवहार, व्यापारहरु, मैले राजनीतिक गरेको नै राजनीति खर्चिलो छ । आयआर्जन चाहिन्छ भनेर व्यवसाय गरेर त्यसबाट खान लगाउनु पुग्छ भनेर म राजनीति सुरु गरेको मान्छे हो । सायद भ्रष्टाचार विरुद्धमा सबैभन्दा बढी अभियानकै रुपमा लिएर जाने मान्छे हो म ।’ नेता खड्काले आफू श्रीमती डेंगु लागेर विरामी भएपछि उपचारको लागि भारत गएको स्पष्टिकरण समेत दिए । —न्युज एजेन्सी नेपाल


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *