`

कम्बोडियाली प्रधानमन्त्रीद्वारा देशकै ठूलो नयाँ विमानस्थलको उद्घाटन

Nepal One HD ४ कार्तिक २०८२ १३:०१
विश्व

काठमाडौँ । कम्बोडियाली प्रधानमन्त्री हुन मानेटले सोमवार राज्यको सबैभन्दा ठूलो नयाँ विमानस्थल, टेको अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटन गरेका छन् ।

जुन देशको उड्डयन विस्तारमा एक महत्वपूर्ण कोसेढुङ्गा हो । उद्घाटन समारोहमा बोल्दै हुन मानेटले २.३ अर्ब अमेरिकी डलरको विश्वस्तरीय विमानस्थलले पुरानो नोम पेन्ह अन्तर्राष्ट्रिय विमानस्थललाई प्रतिस्थापन गरेको बताए । जुन पूर्ण रूपमा बन्द थियो ।

अन्तर्राष्ट्रिय विमानस्थलले हवाई यात्रा र हवाई कार्गो ढुवानीलाई सहज बनाउनेछ । कम्बोडियाको क्षेत्र र विश्वसँगको सम्बन्धलाई अझ फराकिलो बनाउने विश्वास व्यक्त गरे। विमानस्थल राज्यको मुख्य यात्रु र रसद केन्द्र बन्ने बताए । प्रधानमन्त्रीकाअनुसार ४ किलोमिटर लामो धावनमार्ग भएको टिआइएले लामो दूरीको उडान र सबै प्रकारका विमानहरूको अवतरण गर्न सक्षम छ ।

विमानस्थल परियोजनाको काम २०२० मा शुरु भएको थियो । जसको ठेकेदार चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशन थियो । कम्बोडियामा हाल तीन अन्तर्राष्ट्रिय विमानस्थलहरू सञ्चालनमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *