`

भक्तपुरमा जुवाखालमा प्रहरीको छापा, नौ लाख २३ हजार नगदसहित २७ जना पक्राउ

Nepal One HD ४ कार्तिक २०८२ २०:०१
समाज

भक्तपुर – जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले आज जुवा खेल्दै गरेको अवस्थामा जुवाखालबाट रु नौ लाख २३ हजार ९६० नगरसहित २७ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले जुवा खेल्दै गरेको अवस्थामा छापा मारी जुवा खालबाट नगदसहित १६ वटा कौडासमेत बरामद गरेको परिसरका प्रहरी नायब उपरीक्षक प्रकाश जबेगुले जानकारी दिनुभयो । प्रहरीले पक्राउ परेका सबैलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको उहाँले जानकारी दिनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *