`

यही व्यवस्थामा दिगो शान्ति र सुशासन खोज्नुपर्छ- उपाध्यक्ष घिमिरे

Nepal One HD ५ माघ २०८२ ७:११
राजनीति

काठमाडौँ। राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले सबै जाति, भाषा क्षेत्रका नेपालीहरू एकताबद्ध भएर सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने मार्गमा अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।

उहाँले तामाङ समुदायको नयाँ वर्ष तथा सोनाम ल्होसारको अवसरमा तामाङ समुदाय तथा देशविदेशमा रहनुभएका नेपाली आमाबुबा, दिदिबहिनी तथा दाजुभाइप्रति सुख, शान्ति,समृद्धि, सु–स्वास्थ्य एवम् प्रगतिको शुभकामना व्यक्त गर्दै भन्नुभएको छ, “विविधताले युक्त भएर विभिन्न समुदायहरूबीचको आपसी सद्भाव, सहकार्य र मेलमिलापले हाम्रो सामाजिक सम्बन्ध अत्यन्त सुमधुर बनाएको छ ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *