प्रधानमन्त्री कार्कीले बोलाइन् मन्त्रीपरिषद् बैठक
प्रमुख खबर
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीपरिषद् बैठक बोलाएकी छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा दिउँसो ३ बजे बैठक बस्ने तय भएको हो । बैठकमा सरकारका नियमित प्रशासनिक कामकारबाहीका विषयमा छलफल हुने बताइएको छ । साथै, आगामी निर्वाचनको तयारीसँग सम्बन्धित विषयमा पनि छलफल भई आवश्यक निर्णय हुन सक्ने एक मन्त्रीले जानकारी दिए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
