हल्ला : बालेनको घरमा चोरी, सत्य : चोरी भएकै छैन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) चुनावी अभियानमा पश्चिम भेगतिर रहेको बेला काठमाडौंको सिनामंगलस्थित पञ्चकुमारी मन्दिरनजिक रहेको उनको घरमा चोरी भएको खबर सनसनपूर्ण फैलियो ।
उनका समर्थकहरूले यो खबर शनिबार बिहानै फैलाए, जुन क्षणभरमै भाइरल बन्यो ।
तर, नेपाल प्रहरीले अनुसन्धान गर्दा चोरी नभएको खुल्यो । अनुसन्धानका लागि प्रहरी वृत्त गौशलाबाट प्रहरी टोली खटिएको थियो ।
उक्त टोलीले बालेनको घर पुगेर अवलोकन गर्दा घरमा चोरी नभएको तर गृल फुटेको देखिएकोले त्यसबारे भने अनुसन्धान थालेको जनाएको छ ।
बालेन केही दिनदेखि देशको पश्चिमी भेगमा चुनावी अभियानमा सक्रिय छन् । तर, उनले त्यस क्षेत्रका जनतालाई सम्बोधन गरेका छैनन् ।
उनी कतै समर्थकहरूलाई गाडीबाट हात हल्लाउँदै त कतै रालो नै चुँडिनेगरी घण्टी बजाउँदै चुनावी अभियानमा सक्रिय छन् ।
