रास्वपा कार्यकर्ताले एमालेकाे झण्डा जलाएपछि के भनिन् प्रधानमन्त्री कार्कीले ? (भिडियाे)
काठमाडौँ। हालै हिमाली जिल्लामा २१ फागुनमै निर्वाचन हुने सम्भावनाबारे जानकारी लिएकी प्रधानमन्त्री सुशीला कार्की प्रदेशहरुकाे भ्रमणमा छिन् । उनी शनिबार लुम्बिनी प्रदेश पुगिन् ।
उनले त्यहाँ निर्वाचनको तयारी र प्रदेशको वस्तुस्थिति बुझ्न पुगेकी छन्।
लुम्बिनीमा उनले देशमा शान्तिपूर्ण निर्वाचन सफलताको कामना गरेको उनकाे सचिवालयले जनाएको छ।
प्रधानमन्त्री कार्कीले शनिबार बुटवलमा लुम्बिनी प्रदेशका सुरक्षा प्रमुख तथा निर्वाचनसम्बद्ध अधिकारीसँग निर्वाचनको तयारीबारे ब्रिफिङ लिइन्।
त्यसलगत्तै उनले लुम्बिनी पुगेर गौतम बुद्धको जन्मस्थलको दर्शन गरेकी हुन्। बाैद्ध धर्मका आनीहरुसँग तस्बिर खिचाइन् ।
अर्काे प्रसङ्गमा उनले एमालेकाे झण्डा जलाएकाे घटनाबारे प्रधानमन्त्री कार्कीले बाेलिन् । उनले निर्वाचनमा त्यस्ताे गतिविधि हुन सक्ने भन्दै चनाखाे हुन सुरक्षा प्रमुखहरुलाई निर्देशन दिइन् ।
चुनाव बहिष्कार गर्ने दलहरुप्रति कडा टिप्पणी
कार्कीले चुनाव बहिष्कार गर्ने दलहरु जनमतविहीन भएकाे र उनीहरु चुनाव लड्न सक्ने हैसियतमा नभएकाे भन्दै कडा टिप्पणी गरेकी छन् ।
बरु चुनाव बहिष्कार गर्ने, याे माैकामा पैसा उठाउने र पार्टीलाई बचाइराख्ने काम मात्रै उनीहरुले गरेकाे दाबी गरिन् ।
नेकपा बहुमतलगायत केही दलले चुनाव बहिष्कार गरेका छन् ।
