जेन-जी विद्राेहकाे जाँचबुझ प्रतिवेदन आयाेगले बुझायाे सरकारलाई
काठमाडौं । भदाै २३ र २४ मा भएकाे जेन-जी विद्राेहकाे जाँचबुझ गर्न गठित गाैरीबहादुर कार्की आयाेगले सरकारलाई छानबिन प्रतिवेदन बुझाएकाे छ ।
आयाेगकाे प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीले बुझेकी छन् । आयाेगले २३ गतेकाे सरकारी दमन र २४ गते विद्राेहीहरुले मच्चाएकाे विध्वङ्सबारे सत्यतथ्य जाँचबुझ गर्ने कार्यादेश पाएकाे थियाे ।
आयाेगले घटनाकाे जाँचबुझ गरेर प्रतिवेदन तयार गरेकाे प्रतिनिधिसभा निर्वाचनअघि हाे । तर, निर्वाचनकाे माहाेल बिथाेलिन सक्ने भएकाले सरकारले राेकेकाे प्रतिवेदन आज बुझेकाे हाे ।
प्रतिवेदन बुझ्दै प्रधानमन्त्री कार्कीले अध्ययन गरेर आवश्यक प्रक्रिया अघि बढाउने बताएको उनका प्रेस सल्लाहकार राम रावलले जानकारी दिएका छन् ।
जेन-जी विद्राेहपछि कार्की नेतृत्वको अन्तरिम चुनावी सरकार बनेसँगै असोज ५ मा जेनजी आन्दोलनबारे छानबिन गरी सत्यतथ्य पत्ता लगाउन तीनसदस्यीय जाँचबुझ आयोग गठन गरिएको थियो । आयोगका सदस्यमा पूर्वएआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वर भण्डारी सदस्य छन् ।
