`

सुनसरी-१ बाट हर्कराज साम्पाङ निर्वाचित

Nepal One HD २४ फागुन २०८२ १४:२५
निर्वाचन विषेश

काठमाडौं । हर्कराज राई साम्पाङ सुनसरी-१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका उनले ३५ हजार ७४१ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्।

उनका निकटतम प्रतिस्पर्धी गोमा तामाङ ले २७ हजार २४९ मत प्राप्त गरिन्। साम्पाङले तामाङभन्दा ८ हजार ४९२ मतान्तरले जित हासिल गरेका हुन्।

यसअघि श्रम संस्कृति पार्टीकै आरेन राई ले खोटाङ बाट जित निकालेका थिए । त्यस्तै, भोजपुर-१ मा जारी प्रारम्भिक मतगणनामा सोही पार्टीका ध्रुवराज राई ले अग्रता लिइरहेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *