मुगुमा प्रतिनिधिसभा सदस्यतर्फ खड्क शाही विजयी भएका छन्।
नेपाली कांग्रेस का उम्मेदवार शाहीले नेपाल कम्युनिस्ट पार्टी (एमाले) का पूर्णबहादुर रोकाया लाई झन्डै १ हजार २ सय मतले पछि पार्दै विजय हासिल गरेका हुन्।
निर्वाचन आयोग नेपाल का अनुसार शाहीले ७ हजार ९१४ मत प्राप्त गर्दा रोकायाले ६ हजार ७१८ मत पाएका छन्।
त्यस्तै नेपाल कम्युनिस्ट पार्टी का चन्द्रबहादुर शाही ले ५ हजार ५५८ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी का भुवन टमटा ले ५३० मत पाएका छन्।
