सिन्धुपाल्चोक-२ बाट नेकपाका युवराज दुलाल निर्वाचित
निर्वाचन विषेश
सिन्धुपाल्चोक । सिन्धुपाल्चोक- २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपाका युवराज दुलाल निर्वाचित भएका छन्। उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बंशलाल तामाङलाई २ हजार ५५३ मतान्तरले पराजित गर्दै जित हासिल गरेका हुन् ।
अन्तिम मत परिणामअनुसार नेकपाका दुलालले २१ हजार ६९९ मत प्राप्त गर्दै विजयी बनेका छन् भने तामाङ १९ हजार १४६ मत सहित दोस्रो भए । नेकपा एमालेका शेरबहादुर तामाङले १५ हजार ९२६ सहित तेस्रो स्थानमा रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका झलक कुमार श्रेष्ठले १४ हजार १९ मत सहित चौथो स्थानमा सीमित भएका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
