नवनिर्वाचित १८ जना राष्ट्रिय सभा सदस्यले लिए पद तथा गाेपनीयताकाे सपथ
काठमाडौं । नवनिर्वाचित राष्ट्रिय सभाका सांसदहरूले पद तथा गाेपनीयताकाे सपथ ग्रहण गरेका छन् । उनीहरुलाई राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सपथ गराए ।
गत माघ ११ गते भएको निर्वाचनमा १८ जना नयाँ सांसद चुनिएका थिए । नेपाली कांग्रेस, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले निर्वाचनमा तालमेल भएको थियो । सोही अनुसार कोशी प्रदेशबाट सुनिलबहादुर थापा, रोशनी मेचे र सोम पोर्तेल निर्वाचित भए ।
मधेश प्रदेशबाट महन्थ ठाकुर, धमेन्द्र पासवान, रन्जित कर्ण र रेखा झा निर्वाचित भएका थिए । बागमती प्रदेशबाट गीता देवकोटा र डा. प्रेम दंगाल, गण्डकी प्रदेशबाट जगत तिमिल्सिना र सम्झना देवकोटा, लुम्बिनी प्रदेशबाट रामकुमारी झाँक्री, वासुदेव जंगली र चन्द्रबहादुर केसी निर्वाचित भएका थिए ।
यसैगरी कर्णाली प्रदेशबाट ललितजंग शाही र मिना रखाल तथा सुदूरपश्चिम प्रदेशबाट खम्मबहादुर खाती र लीला भण्डारी निर्वाचित भएका थिए ।
