संसदमा एमालेको आक्रोश : रंग क्रान्ति सफल पारेकोमा रास्वपालाई बधाई
नेकपा एमाले
काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारलाई प्रतिनिधिसभा बैठकमार्फत बधाई दिएको छ।
एमाले संसदीय दलका नेता रामबहादुर थापाले दलीय दृष्टिकोनबाट संसद् बैठकलाई सम्बोधन गर्दै जेनजी आन्दोलनका घटनामा रास्वपाकै संलग्नता रहेको उल्लेख गर्दै प्रधानमन्त्रीलाई बधाई दिएका हुन्।
उनले भने, ‘रास्वपाको अघोषित रंग क्रान्ति भदौ २३ र २४ मा सफलतापूर्वक सम्पन्न भयो। फागुन २१ मा आमनिर्वाचनमार्फत निलो क्रान्ति सम्पन्न भयो। चैत १३ मा भव्य धार्मिक अनुष्ठानसहित प्रधानमन्त्री नियुक्ति गरियो। नेकपा एमालेको तर्फबाट हामी यो अभूतपूर्व विजयी बधाई व्यक्त गर्न चाहन्छौँ।’
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
