गतिशीलका अध्यक्ष पाठक पक्राउ
अपराध
काठमाडौं। गतिशील सहकारीका अध्यक्ष बलराम पाठक पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार उनलाई इमाडोलबाट पक्राउ गरिएको हो । प्रहरीका एसपी तथा प्रवक्ता गौतम मिश्रले पक्राउ पुष्टि गरेका छन् ।
उक्त सहकारीले बचतकर्ताको रकम अपचलन गरेको आरोप लागेपछि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सहकारीसँग सम्बन्धित आर्थिक अनियमितताबारे थप अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
