शीघ्र सेवा प्रवाहमा परराष्ट्रमन्त्रीको जोड
काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालको अध्यक्षतामा बुधबार मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक सम्पन्न भएको छ ।त्यस अवसरमा मन्त्री खनालले प्रभावकारी कार्यसम्पादनमा जोड दिँदै समस्या समाधानमा सबैको सहयोग अपरिहार्य भएको बताउनुभयो ।
शीघ्र सेवा प्रवाह र समस्या समाधानमा तत्परताका साथ प्रस्तुत हुन उहाँले निर्देशन पनि दिनुभयो । त्यसनिम्ति आफ्नातर्फबाट सहयोग हुने प्रतिबद्धता मन्त्री खनालले व्यक्त गर्नुभएको उक्त मन्त्रालयले जनाएको छ ।
बैठकमा आर्थिक वर्ष ०८२÷८३ को हालसम्मको कार्यसम्पादनको समीक्षा तथा मूल्याङ्कन भएका थियो । साथै, मन्त्रालयगत कार्यान्वयन प्रक्रियामा देखिएका अवरोध तथा चुनौती समाधान गर्ने विषयमा विस्तृत छलफल गरिएको थियो ।
बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टसहित मन्त्रालयका उच्च अधिकारीहरू तथा सम्बन्धित निकायका प्रतिनिधिहरूको उपस्थिति थियो ।
