पुँजीगत खर्चको एक प्रतिशत बजेट छुट्याउने प्रस्ताव आओस् – महावीर पुन
प्रमुख खबर
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा स्वतन्त्र सांसद महावीर पुनले पुँजीगत खर्चको एक प्रतिशत ‘अनुसन्धान र विकास’ का लागि छुट्याउन सरकारसँग आग्रह गरेका छन् ।
सरकारको आगामी आर्थिक वर्ष २०८३र८४ को वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा उनले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठन गरिनु स्वागतयोग्य भएको बताए ।
“अब आवश्यकताअनुसार बजेट विनियोजन होस्, पुँजीगत खर्चको एक प्रतिशत बजेट छुट्याउने प्रस्ताव आओस्”, सांसद पुनले भने ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
