प्रतिनिधि सभाबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित
प्रमुख खबर
काठमाडौँ। प्रतिनिधि सभाले आगामी आर्थिक वर्ष २०८३-०८४ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ ।
बिहीवार बसेको प्रतिनिधि सभाको बैठकमा विपक्षी दलहरूको अवरोधका बीच उक्त नीति तथा कार्यक्रम पारित भएको हो । सभामुख डोलप्रसाद अर्यालले सदनको बैठकमा नीति तथा कार्यक्रम निर्णयार्थ प्रश्तुत गरेका थिए।
सत्तापक्षीय सांसदहरूको बहुमत समर्थनसँगै सभामुखले नीति तथा कार्यक्रम पारित भएको घोषणा गरे । विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र साहले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिनुपर्ने माग गर्दै सदन अवरुद्ध पारेका थिए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
