प्रधानमन्त्रीले माफी माग्नुपर्ने विपक्षीको अडान
नेकपा एमाले
काठमाडौं। प्रतिनिधि सभा बैठक सुरु भए लगत्तै अवरोध भएको छ ।
सभामुख डोलप्रसाद अर्यालले सदनको कामकारबाही सञ्चालन गरे लगत्तै विपक्षी दलहरुले उभिएर बैठक अवरोध गरेका हुन् ।
यसपछि सभामुख अर्यालले एमाले सांसद क्षितिज थेबेलाई बोल्न समय दिएका छन् ।
विपक्षी दलहरुले प्रधानमन्त्री बालेन्द्र शाहले सीमासम्बन्धी विवादित अभिव्यक्ति दिएकोमा माफी माग्नुपर्ने अडान राखेका छन् ।
प्रधानमन्त्री बालेनले गत १७ जेठमा नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ भनेका थिए ।
त्यसपछि विपक्षी दलहरुले उक्त अभिव्यक्ति राष्ट्रघाती भन्दै जनतासँग माफी माग्नुपर्ने बताएका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
