सभामुखले पेलेरै अघि बढे राम्रो नहुने चेतावनी
प्रमुख खबर
काठमाडौं। नेकपा एमालेका सांसद महेन्द्रबहादुर शाहीले प्रधानमन्त्री बालेन्द्र शाहले सीमा सम्बन्धी अभिव्यक्तिमा प्रतिक्रिया दिनैपर्ने बताएका छन् ।
मंगलबारको प्रतिनिधि सभा बैठकमा प्रतिपक्षी दलहरुले यसबारे जवाफ खोजेको र प्रधानमन्त्री बालेनलाई संसदमा उपस्थिति गराएर जवाफ दिलाउन माग गरे ।
उनले सभामुख डीपी अर्यालले पेलेरै सदन चलाउन नहुने बताए ।
यस्तै, उनले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले जोडिएको करको दर हेरफेर गरेको प्रकरण र अर्थ विधेयकको केही पेज गायब पारिएको बारे अर्थमन्त्रीमाथि छानबिन गर्नुपर्ने बताए ।
उनले सभामुखले पेलेरै अघि बढे राम्रो नहुने चेतावनी दिए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
