`

गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए शपथ(तस्बिरहरु)

Nepal One HD २६ जेठ २०८३ १७:३६
प्रमुख खबर

काठमाडौं । नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति समक्ष दुवै मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका हुन्। मन्त्रिपरिषद् पुनर्गठनअन्तर्गत उनीहरूलाई सम्बन्धित मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको हो।

शपथ ग्रहणपछि दुवै मन्त्रीले मन्त्रालयको जिम्मेवारी सम्हाल्ने तयारी गरेका छन्। सरकारले सुशासन, सेवा प्रवाहमा सुधार तथा नवप्रवर्तन र प्रविधि क्षेत्रको विकासलाई प्राथमिकतामा राख्दै नयाँ जिम्मेवारी दिएको जनाएको छ।

नवनियुक्त मन्त्रीहरूको कार्यसम्पादन र मन्त्रालयगत प्राथमिकताप्रति राजनीतिक तथा प्रशासनिक वृत्तको चासो बढेको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *