`

शिक्षक कै प्रमाणपत्र नक्कली भएपछी…..

Nepal One HD २४ असार २०८३ १७:०४
समाचार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी शिक्षक पदमा नियुक्ति लिएको आरोपमा सिरहाको धनगढीमाई नगरपालिकास्थित जनता माध्यमिक विद्यालयका शिक्षक गुन्जेश्वर मण्डलविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका अनुसार मण्डलले पीसीएल र स्नातक तहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेर माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदमा नियुक्ति लिएका थिए।

अनुसन्धानका क्रममा उनले भारतको बिहार इन्टरमिडियट एजुकेसन काउन्सिल, पटनाबाट आईएस्सी तथा चौधरी चरण सिंह विश्वविद्यालय, मेरठबाट विज्ञान विषयमा स्नातक उत्तीर्ण गरेको भनी झुट्टा शैक्षिक प्रमाणपत्र पेस गरेको खुलेको आयोगले जनाएको छ।

अख्तियारले उक्त कार्यलाई भ्रष्टाचारजन्य कसुर ठहर गर्दै प्रचलित कानुनबमोजिम कारबाहीको मागसहित विशेष अदालतमा आरोपपत्र दायर गरेको जनाएको छ।

आयोगले सार्वजनिक पदमा नियुक्तिका लागि नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गर्नु गम्भीर भ्रष्टाचारजन्य अपराध भएको उल्लेख गर्दै घटनाबारे थप कानुनी प्रक्रिया विशेष अदालतमार्फत अघि बढ्ने जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *