`

प्रतिनिधिसभा बैठक सुरु हुनासाथ विपक्षी दलको विरोध

Nepal One HD २५ असार २०८३ ११:४०
राजनीति

काठमाडौं । प्रतिनिधिसभाको बिहीबारको बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदहरूले विरोध जनाएका छन्।

सभामुख डोलप्रसाद (डीपी) अर्यालले बैठक प्रारम्भ गर्नेबित्तिकै नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोधमा उत्रिएका हुन्।

नेपाल–भारत सीमा सम्बन्धमा प्रधानमन्त्रीले संसदमा दिएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै विपक्षी दलहरूले करिब एक महिनादेखि संसदमा निरन्तर विरोध गर्दै आएका छन्। उनीहरूको माग प्रधानमन्त्री स्वयं संसदमा उपस्थित भएर उक्त अभिव्यक्ति सच्याउनुपर्ने रहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *