`

राष्ट्रपति पौडेलद्वारा तीन विधेयक प्रमाणीकरण

Nepal One HD ३० असार २०८३ १७:१७
बिशेष

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्बाट पारित बजेटसँग सम्बन्धित तीन महत्त्वपूर्ण विधेयक प्रमाणीकरण गरेका छन्।

मंगलबार राष्ट्रपति पौडेलले विनियोजन विधेयक, २०८३, राष्ट्र ऋण उठाउने विधेयक, २०८३ र आर्थिक विधेयक, २०८३ प्रमाणीकरण गरेका हुन्। यी विधेयक संघीय संसद्को दुवै सदनबाट पारित भएपछि प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइएको थियो।

राष्ट्रपति कार्यालयका अनुसार ती विधेयकहरू नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरिएको हो।

विनियोजन विधेयक प्रमाणीकरणसँगै सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि स्वीकृत बजेटअनुसार सरकारी खर्च गर्ने कानुनी आधार प्राप्त गरेको छ। त्यस्तै, राष्ट्र ऋण उठाउने विधेयकले आवश्यक परे आन्तरिक तथा बाह्य ऋण परिचालन गर्ने बाटो खुला गरेको छ भने आर्थिक विधेयक कार्यान्वयनमा आएपछि बजेटमा प्रस्ताव गरिएका कर तथा राजस्वसम्बन्धी व्यवस्थाहरू पनि लागू हुनेछन्।

तीनै विधेयक प्रमाणीकरण भएसँगै आगामी आर्थिक वर्षका बजेट तथा वित्तीय कार्यक्रम कार्यान्वयनको संवैधानिक प्रक्रिया औपचारिक रूपमा पूरा भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *