`

प्रचण्डको आग्रह : भारत भ्रमणमा राष्ट्रिय हितलाई प्राथमिकता दिनू

Nepal One HD ६ मंसिर २०८३ ७:२१
प्रमुख खबर

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीलाई भारत भ्रमणका क्रममा नेपालको राष्ट्रिय हितलाई प्राथमिकता दिन आग्रह गरेका छन् ।

प्रचण्डले आफ्नो प्रधानमन्त्रीत्वकालमा अघि बढाइएका पञ्चेश्वर परियोजना, त्रिदेशीय विद्युत् व्यापार र कृषि क्षेत्रका सहमतिलाई निष्कर्षमा पुर्‍याउन सुझाव दिएका छन् ।

उनले प्रधानमन्त्रीले पूर्वप्रधानमन्त्रीहरूसँग अनुभव र सुझाव लिनुपर्ने बताउँदै राम्रो काममा आफ्नो साथ र गलत काममा आलोचना रहने स्पष्ट पारेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *