मुगुमा एकै परिवारका ४ जना मृत फेला

अपराध

मुगु– छायाँनाथ रारा नगरपालिका–६ को मन्दुमा एकै परिवारका ४ जना मृत फेला परेका छन् । २८ वर्षीया श्रीदेवी बोहोरा, उनका २ जना छोरा र एक छोरीको शव घरमा भेटिएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।
आमा श्रीदेवीसहित ११ वर्षीय छोरा मनोज, ९ वर्षकी छोरी अप्सरा र ८ महिने छोरा रहर मृत अवस्थामा फेला परेका हुन् । घटनास्थल रक्ताम्मे देखिएकाले प्रहरीले उनीहरूको हत्या भएको आशंका गरेको छ । श्रीदेवीका श्रीमान वैदेशिक रोजगारीको सिलसिलामा कतारमा छन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
ताजा अपडेट