`

छोरा र छोरीका लागि बाबुको माया दर्शाइएको हाम्रो जे भने नी तिमीको चर्चा

Nepal One HD १२ पुष २०८० ८:४१
भिडियो

काठमाडौँ । पोखरेली गीतकार तथा युवा डाक्टर रमिल अधिकारीको हाम्रो जे भने नी तिमी बोलको गीतको भिडियो रिलिज गरिएको छ । जसमा महानायक राजेश हमालको मुख्य रुपमा अभिनय देख्न सकिन्छ ।

सुप्रिम मल्ल ठकुरी र गायिका ज्यास्परको स्वर रहेको सार्वजनिक गीतमा महानायक हमालसँगै बाल कलाकारका रुपमा एलेक्स खड्का र एभलिना खड्काको अभिनय देख्न सकिन्छ । भिडियोले आफ्ना सन्तानलाई सबथोक ठान्ने बाबुको धेरै भन्दा धेरै मायालाई दर्शाएको छ । संसारमा सबैभन्दा ठूलो खुशी सन्तानको माया र साथ भएको कुरालाई कलात्मक शैलीमा वर्णन गरिएको भिडियोमा लेखकले आफ्ना दुई सन्तान छोरा अंश अधिकारी र छोरी प्रावलिन अधिकारीको इच्छा अनुसार यो भिडियो निर्माण गरेको बताए ।

केही महिना अघि मात्रै नेपाल आएर फर्किएका रमिलले खासमा आफ्ना छोरा र छोरीलाई नै यो भिडियोमा खेलाउन चाहेका थिए तर समयको पावन्दीले उनी तत्कालै न्युजल्याण्ड जानु परेकाले बालकलाकारको रुपमा छोरा छोरीलाई देखाउन नपाए पनि छिट्टै नै उनीहरुको इच्छा पूरा गर्ने गीतकार अधिकारी बताउँछन् । एउटा परिवारमा बाबुको माया नै माया पाएर हुर्किएका दुई नाबालको प्रेम र रमाइलोलाई देखाइएको भिडियोको निर्देशन प्रकाश धितालले गरेका हुन् ।

जसमा संगीत ज्ञानेन्द्र गिरीको रहेको छ भने एरेन्ज विशाल निरौलाको रहेको छ । उत्सब दाहालको छायांकन, विकाश दाहालको सम्पादन रहेको छ । पोखरेली गीतकार तथा युवा डाक्टर अधिकारीले न्युजल्याण्डको स्वास्थ्य मन्त्रालयको प्रमुख सल्लाहाकारका रुपमा काम गरिसकेका छन्। सार्वजनिक गीत गीतकार अधिकारीकै अफिसियल च्यानलबाट बजारमा आएको हो ।


प्रतिक्रिया