झापामा भक्का दिवसको रौनक (भिडियो सहित)

भिडियो

झापामा छैटौं ‘राष्ट्रिय भक्का दिवस’ मनाइएको छ । आदिवासी कोच राजवंशी समुदायले पुष २९ गतेलाई भक्का दिवसका रुपमा मनाउदै आएका छन् । चामलको पिठो (खासगरी कनिका) बाट बन्ने भक्का राजवंशी समुदायले चिसो मौसममा खाने प्रमुख परिकार हो । कोच राजवंशी समुदायको मौलिक परिकारको रुपमा रहेको भक्काको प्रर्बद्धन र संरक्षण गर्ने उद्धेश्यले हरेक बर्ष पौष २९ गते राष्ट्रिय भक्का दिवस मनाउन शुरु गरिएको राजवंशी समाज विकास समितिका केन्दीय अध्यक्ष अभय राजवंशीले बताए ।
राष्ट्रिय भक्का दिवसका अवसरमा भद्रपुर, कचनकवल र हल्दीबारी गाउँपालिकाले स्थानियस्तरमा सार्वजनिक बिदा समेत दिएको छ । पूर्वी तराई र विषेश गरि झापा, मोरङ, सुनसरीमा प्रचलित भएपनि अहिले काठमाण्डौ लगायत देशका विभिन्न स्थानमा पनि यसको लोकप्रियता बढ्दै गएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया