`

डाक्टर रुद्रनाथ अधिकारी, शान्तीश्री र अन्जलीको सहकार्यमा तयार भयो यसपालीको तीजमा

Nepal One HD २६ असार २०८१ १८:४९
भिडियो

काठमाडौं– गायिका शान्तीश्री परियारको स्वर रहेको यसपालीको तिजमा बोलको गीतको भिडियो रिलिज गरिएको छ। हिन्दू नेपालीहरुको महान पर्व तीज नजिकिएसँगै ज्योतिष पण्डित डाक्टर रुद्रनाथ अधिकारीको शब्द सृजना रहेको सार्वजनिक गीतमा गाउँ घरमा बोलिँदै आएका मौलीक शब्द शृजना समावेश गरिएको गीतमा मार्मिक शब्द, शब्दका मर्म र भावलाई उजागर गर्ने प्रयत्न गरिएको छ।

गाउँ घरमा तीजको माहोलमा गरिने रमाइलोलाई देखाउँदै भगवान शिवलाई यस विशेष पर्वमा खुशी पार्ने कुरा र माइती गएकी चेलीका लागि आमाको महत्वलाई गीतकार डाक्टर अधिकारीले वर्णन गरेका छन्।

सार्वजनिक गीतमा संगीत रिमेश कुमार थापाको रहेको छ। पछिल्ला दिनमा तिजका गीतमा बढ्दो बिकृति बढेको भन्दै गुनासोहरु आइरहेका बेला सार्वजनिक यसपालीको तिजमा बोलको गीतमा भने मौलीक विषय बस्तु उठाइएको निर्माण यूनिट बताउँछ।

कृष्णदेव रुपाखेतीको निर्देशनमा तयार भएको सार्वजनिक गीतमा लोकप्रिय मोडल अञ्जली अधिकारीको अभिनय देख्न सकिन्छ। जसमा उत्सब दाहालको छायांकन तथा विकाश ज्ञवालीको सम्पादन रहेको छ। गीत ज्योतिष पण्डित डाक्टर रुद्रनाथ अधिकारी अफिसियल च्यानलबाट बजारमा आएको हो।


प्रतिक्रिया