`

भाजपा नेता कोश्यारी र प्रचण्डबीच भेटवार्ता

Nepal One HD २५ वैशाख २०८२ १८:१७
प्रमुख खबर

काठमाडौं । भारतीय जनता पार्टीका नेता भगत सिंह कोश्यारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन् ।

बिहीबार नेता कोश्यारीले प्रचण्ड निवास खुमलटार पुगेर प्रचण्डसँग भेट गरेका हुन् । प्रचण्डको सचिवालयले भेटको तस्बिर सार्वजनिक गरेपछि कुराकानीको विषय भने खुलाएको छैन ।

केही दिनअघि मात्रै भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपाल आएका थिए । उनले पनि नेपालका विभिन्न राजनीतिक दलका नेताहरुसँग भेट गरेका थिए ।


प्रतिक्रिया