`

सूर्य थापाको प्रश्नः हामी रत्नपार्कमा छौं कि शहिदगेटमा ?

Nepal One HD २ असार २०८२ १४:२३
प्रमुख खबर

काठमाडौँ । नेकपा एमालेका सांसद सूर्य थापाले रास्वपाको नाराबाजीप्रति लक्षित गर्दै हामी रत्नपार्कमा छौ कि शहिदगेटमा छौं भन्ने मेसो नपाएको बताएका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा नेकपा माओवादी केन्द्रका सांसद शक्ति बस्नेत बजेटमाथि बोल्दै गर्दा सांसद थापाले नियमापत्ति जनाएका छन् ।

उनले भने, ‘हामी सबै सदस्यहरुले कस्तो मर्यादा पालना गर्नुपर्ने हो ? र कस्तो मर्यादाकाबीचमा यो बैठक गर्नुपर्ने हो ? ध्यानाकर्षण गराउन चाहन्छु । हामी रत्नपार्कमा छौं कि शहिदगेटमा छौ कि, कलंकी वा पोखराको चिप्लेढुंगामा छौँ ? मैले बुझ्न सकिन, माननीयहरुका कुर्सी रोइरहेका छन् ।’

थापाले यस्तो भनाई राखेपछि सभामुख देवराज घिमिरेले ध्यानाकर्षण भएको भन्दै बस्नेतलाई आफ्नो भनाई अगाडि बढाउन आग्रह गरेका थिए । भिजिट भिसा प्रकरणमा रास्वपाका सांसदहरु आज पनि नाराबाजी गर्दैै वेल घेराउ र पलेंटी कसेर बसेका छन् ।


प्रतिक्रिया