पूर्वराष्ट्रपतिले वामपन्थी एकताका लागि प्रयास गर्नुपर्छः खनाल

प्रमुख खबर

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले पूर्वराष्ट्रपति विद्या भण्डारी राजनीतिमा फर्किनुलाई सकारात्मकरुपमा लिनुपर्ने बताएका छन् ।
शनिबार चीन भ्रमणबाट फर्केपछि त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा खनालले पूर्वराष्ट्रपति राजनीतिमा फर्किनुलाई सकारात्मक रूपमा लिनुपर्ने बताएका हुन् ।
नेकपा एमालेले एकताबद्ध गर्न नचाहेकाले वामपन्थी आन्दोलन विभाजित भएको भन्दै उनले पूर्वराष्ट्रपतिले एकताका लागि प्रयास गर्नुपर्ने बताए ।
फरक प्रसंगमा पूर्वप्रधानमन्त्री खनालले रास्वपाका सभापति रवि लामिछानेमाथि राज्यले ज्यादती गरेको बताए । उनले भने, ‘मलाई पनि के लाग्छ भने रवि लामिछानेले गल्ती, कमजोरी गरेको छैन भनेर म पुष्टि गर्न त सक्दिन । तर लामिछानेमाथि यो वा त्यो गल्ती भयो भन्ने नाममा राज्यले ज्यादती गरिरहेको छ भन्ने मलाई महसुस भएको छ ।’
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट