`

प्रचण्ड पोखरामा

Nepal One HD २१ भदौ २०८२ १४:३७
प्रमुख खबर

पोखरा । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पोखरा पुगेका छन् । माओवादी केन्द्रले जेठ २ गते बैतडीको पाटनबाट सुरु गरेर बर्खाको मौसम लागेकाले रोकिएको मध्यपहाडी लोकमार्ग (पुष्पलाल लोकमार्ग ) केन्द्रीत अभियान पुनः सुरु गर्ने भएको छ । सोही अभियानका क्रम अध्यक्ष प्रचण्ड पोखरा पुगेका हुन् ।

बर्खाको मौसमका कारण जेठ १२ गते पोखरामा स्थगित गरिएको अभियान पोखराबाट आज (भाद्र २१ गते) दिउँसो ३ बजे रुपा–१ स्यास्त्रीस्थित शहीद पार्कबाट पुनः सुरु हुने भएको हो । साउन १६ र १७ गते बसेको पार्टीको स्थायी समिति बैठकको निर्णअनुसार बाँकी जिल्लामा भदौँ २१ देखि सुरु गर्ने निर्णय गरेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *