काँग्रेसमा अनुहार नयाँ आए,भिजन नयाँ आएन: एमाले उपाध्यक्ष गुरूङ
काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङले जनताले नयाँ अनुहार नभइ नयाँ भिजन खोजेको बताएका छन् ।
प्रेस चौतारी नेपालले आयोजना गरेको निर्वाचन संवाद कार्यक्रममा बोल्दै गुरुङले यस्तो बताएका हुन्। नेपाली काँग्रेस नयाँ भयो भनिए पनि त्यस्तो नदेखिएको उनको भनाइ छ । `काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन´ गुरुङले भने `काँग्रेसको विशेष महाधिवेशनपछि पनि उहाँहरुको सिद्धान्त ,विचार र दर्शनमा कुनै फेरबदल भएको छैन । त्यसैले काँग्रेस यथा अवस्थामै छ ।´
लामो इतिहास भएका पार्टीको सान्दर्भिकता नसकिने उनको भनाइ छ । `केही पार्टी र व्यक्तिले आफुलाई नयाँ अरुलाई पुराना भनेर आरोप गरिरहेका छन्´ गुरुङले भने `उनीहरु एजेन्डाबिहिन हुन् । त्यही भएर उनीहरु पब्लिक फेस गर्न सकेका छैनन् ।´
उपाध्यक्ष गुरूङले निर्वाचनमा तालमेलको सन्दर्भमा अहिले त्यस्तो अवस्था नभए पनि सम्भावना बाँकी रहने बताए।
