१८ वर्षीय युवकको मृत्यु : चक्कु प्रहार गर्ने २ जना पक्राउ
अपराध
कञ्चनपुर। कञ्चनपुरको पुनर्वास नगरपालिका-५ भानुबस्तीमा विवाहमा गएका एक युवकको चक्कु प्रहार गरी हत्या गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आफन्तको विवाहमा सहभागी भएका पुनर्वास नगरपालिका-५ का १८ वर्षीय उज्जल सायरको छातीमा चक्कु प्रहार भएको हो ।
स्थानीय युवाहरुबीच आपसी विवाद हुँदा चक्कु प्रहरी गरी गम्भीर घाइते भएका सायरको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा राति २ः०० बजे मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीका अनुसार घटनामा संलग्न भएको आरोपमा स्थानीय २५ वर्षीय धनबहादुर बयाडी र १९ वर्षीय टङ्क थापालाई नियन्त्रणमा लिइएको छ ।
उनीहरूलाई इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा राखी घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
