`

आफ्नै आरोपको आफैंले छानबिन गर्न मिल्दैन – झाक्री

Nepal One HD २७ जेठ २०८३ ११:३०
प्रमुख खबर

काठमाडौं। राष्ट्रिय सभा सदस्य रामकुमारी झाक्रीले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई ‘अर्थ प्रणाली भित्रको चलायमान र जान्ने खेलाडी’ को संज्ञा दिएकी छिन्।

उनले सामाजिक सञ्जालमार्फत अर्थमन्त्रीमाथि उठेका आरोपबारे स्वतन्त्र छानबिन हुनुपर्ने भन्दै संसद वा संसदीय समितिमार्फत अनुसन्धान गरिनुपर्ने धारणा सार्वजनिक गरेकी हुन्।

झाक्रीले आफ्नो स्टाटसमा स्वर्णिम वाग्ले विगतमा योजना आयोगको सदस्य तथा उपाध्यक्षजस्ता जिम्मेवारीमा रहँदा राज्य प्रणालीभित्रकै सक्रिय र जानकार पात्र रहेको उल्लेख गरेकी छन्। अहिले देखिएको विवादलाई ‘नयाँ’ भन्दै सामान्यीकरण गर्न नमिल्ने उनको तर्क छ।

उनले विपक्षी बेन्चमा रहँदा वाग्लेले बजेट र आर्थिक अनुशासनबारे दिएका अभिव्यक्तिहरू स्मरण गराउँदै अहिले उनीमाथि उठेका प्रश्नको जवाफ दिनुपर्ने अवस्था आएको बताएकी छन्। अन्य व्यक्तिले गरेका आर्थिक अनियमिततालाई अपराध मान्ने तर अर्थमन्त्रीको भूमिकामाथि प्रश्न उठ्दा त्यसलाई सामान्य रूपमा लिन नसकिने उनको भनाइ छ।

झाक्रीले ‘दूधको साक्षी बिरालो’ भन्ने उखान प्रयोग गर्दै आरोपित व्यक्तिले आफूमाथिको छानबिन आफैं गर्न वा गराउन नमिल्ने जिकिर गरेकी छन्। उनले अर्थमन्त्रीमाथि आरोप लागेको अवस्थामा निष्पक्ष र विश्वसनीय अनुसन्धान आवश्यक रहेको उल्लेख गरेकी छन्।

‘तपाईलाई आरोप लाग्यो, तपाईमाथि प्रश्न उठ्यो भने तपाईमाथि नै छानबिन हुनुपर्छ। तर तपाईले छानबिन गराउने होइन,’ भन्दै झाक्रीले लेखेकी छन्, ‘तपाईमाथिको छानबिन संसदले वा संसदले बनाएको समितिले गर्न सक्छ र गर्नुपर्छ।’

यस्तो छ उनको स्टाटस:

अर्थमन्त्री स्वर्णिम वाग्लेज्यू हिजो जे जे बेथिति थिए भन्नु हुन्छ नि, तपाई Power Politics को नजिक र राज्यको संयन्त्रमै हुदा जस्तोः योजना आयोगको सदस्य र उपाध्यक्ष हुदै गर्दा त्यो प्रणाली भित्रको चलायमान र जान्ने खेलाडी हो।
तपाई बिपक्ष बेन्चमा हुदा बजेट र बजेटबारे बोलेको भिडियोहरू छ्यापछ्याप्पी भेटिन्छन। अरू कसैले गरेको आर्थिक अपराध, संगठित अपराध, प्रणाली खरिद गरेको मानिने तर तपाई अर्थ मन्त्रीको हैसियतले गरेको यो आर्थिक अपराध “नयाँ” को नाममा केही होईन, यस्तै हुन्थ्यो भनेर चुप बसिदिनु पर्ने हो? अनि छानविन?दुधको साक्षि बिरालो? तपाईले नै तपाईले गरेको अपराध र देशद्रोही कदमको कर्मचारी माथि छानविन गराउने? तपाईले के बोल्नु भएको थियो बिगतमा यसो विचार गर्नु त?
हुदैन।
तपाईलाई आरोप लाग्यो। तपाई माथि प्रश्न उठ्यो, तपाई माथि नै छानविन हुनुपर्छ। तर तपाईले छानविन गराउने होईन। तपाई माथिको छानविन संसदले वा संसदले बनाएको समितिले गर्नसक्छ र गर्नुपर्छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *