एनपीएलमा खेल सुरु हुने समय फेरियो, पहिलो खेल १२ः३० र दोस्रो खेल ५ बजे
खेलकुद
काठमाडौं । डिआरएस प्रविधि लागू हुने भएपछि तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को खेल समय परिवर्तन गरिएको छ।
नयाँ तालिकाअनुसार, दुई खेल हुने दिन पहिलो खेल दिउँसो १२ः३० बजे र दोस्रो खेल साँझ ५ बजे सुरु हुनेछ। एक खेल मात्र हुने दिन पनि खेल साँझ ५ बजेबाट सुरु हुनेछ।
एनपीएल कात्तिक ९ गतेदेखि सुरु हुँदैछ। उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स भिड्नेछन्।

प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
