चक्रवात ‘अर्नब’को असर नेपालमा, काठमाडौंसहित विभिन्न क्षेत्रमा वर्षा (तस्वीरहरू)
फोटोफिचर
काठमाडौं । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभाव नेपालमा देखिन थालेको छ। यसको असरले काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा मौसम बदली भएको छ।
काठमाडौं उपत्यकामा बिहीबार साँझदेखि सामान्य वर्षा भइरहेको छ। शुक्रबार पनि आकाश धुम्म रहने तथा देशका विभिन्न भागमा वर्षा हुने सम्भावना रहेको छ।
त्यस्तै, उच्च हिमाली तथा हिमाली क्षेत्रमा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।
मौसममा आएको परिवर्तनले दैनिक जनजीवनसँगै हवाई तथा सडक यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
वर्षा र हिमपातको सम्भावित जोखिमलाई ध्यानमा राख्दै यात्रा तथा अन्य गतिविधि गर्दा सावधानी अपनाउनुपर्ने देखिएको छ।

प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको








