काठमाडौँ उपत्यका भित्रका सडकहरू गुणस्तरीय हुनुपर्छ – मन्त्री श्रेष्ठ

काठमाडौं – उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले काठमाडौँ उपत्यका भित्रका सडकहरू गुणस्तरीय हुनुपर्ने बताएका छन् ।
आइतबार सडकसँग सम्बन्धित निकायहरूको उच्चस्तरीय समन्वयात्मक बैठकमा मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।उनले काठमाडौँ उपत्यका भित्रका सडकहरू गुणस्तरीय हुनुपर्ने भन्दै विशेष योजना बनाएर सडकहरूको स्तरउन्नती गर्न निर्देशन दिए । उनले लैनचौर–बालाजु–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्मको सडक पहिला मर्मत गर्न निर्देशन पनि दिए ।
उनले भने “विशेषत लैनचौरदेखि बालाजुसम्म र केशरहमहल हुँदै एपोर्टसम्मको सडक स्तरोन्नतीका लागि तत्काल ठोस योजना बनाउनुप¥यो ।” उउनले भने, “जनताले कर तिरेका छन् । तर सरकारले राम्रो सडकसमेत उपलब्ध गराउन सकेको छैन ।सडकका कारण जनताले सधैँ दुःख पाउने स्थितिबाट हामीमाथि उठ्नुपर्छ ।” सम्बन्धित निकायबीचको समन्वय गरेर गरेर गुणस्तरीय सडक बन्नुपर्नेमा उहाँको जोड थियो ।
उनले नयाँ बनेका सडकमा अनिर्वायरूपमा एकैपटक एउटा मोडालिटी विकास गरेर काम गर्नुपर्ने बताए ।