`

नक्कली शरणार्थी प्रकरण : अदालतमा बयान चलिरहँदा फरार थप एकजना पक्राउ 

काठमाडौं – नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा भएको ठगीमा संलग्न अर्की अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। शुक्रबार जिल्ला अदालत काठमाडौंमा बयान भइरहेका बेला यो प्रकरणमा फरार रहेकी अभियुक्त लक्ष्मी महर्जन पक्राउ परेकी हुन् । 

महर्जनलाई पक्राउ गरेपछि शुक्रबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ। अन्य अभियुक्तको बयान चलिरहेका बेला पक्राउ परेकी महर्जनलाई सिधै अदालतमा उपस्थित गराइएको हो।

अब उनको पनि अदालतमै बयान अघि बढ्ने छ। यो सँगै भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नेको संख्या १७ पुगेको छ।

यो प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले बुधबार नै अदालतमा मुद्दा दर्ता गरिसकेको छ।

राष्ट्रपति कार्यालयलाई इन्स्पेक्टरपत्नीको निवेदन : चौधरीको कैद माफी मिनाहा नगर्नु (पूर्णपाठ)

काठमाडौँ – टिकापुरमा हत्या भएका नेपाल प्रहरीका इन्स्पेक्टर केशव बोहराकी पत्नी शारदा बोहराले राष्ट्रपति कार्यालयमा आफना पतीको हत्यामा संलग्नरहेकाहरुलाई आम माफी नदिन भन्दै निवेदन दिएकी छिन । 

क्रुर मनविय हत्याको घटना भए पनि सरकारले आफनो सत्ता बचाउनका लागि जन्म कैदको सजाय पाइ जिल्ला, उच्च र सर्वोच्वबाटसमेत सदर भएका दोषीलाई आम माफी दिने तयारी गरेपछि इन्सपेक्टर पत्नी बोहोराले राष्ट्रपति कार्यालयमा निवेदन दिनुभएको हो । 
राष्ट्रपतिको कार्यालयमा ‘१०१८’ दर्ता नम्बर लिएर निवेदन दर्ता गराएको बोहराले बताइन् ।

राष्ट्रपतिको कार्यालयमा बुझाएको निवेदनमा बोहराले रेशम चौधरीो कैद माफी मिनाहा नर्गन आग्रह गरेकी छन् ।
‘रेशम चौधरीको आममाफीको छलफल मात्रै पनि घाउमा थप नुनचुक भएको छ’ बोहराले राष्ट्रपतिको कार्यालयमा पेश गरेको निवेनमा भनिएको छ, ‘सिउँदो फुस्रै भएपनि न्यायालयले गरेको फैसलामा चित्त बुझाउने म र मजस्ता निरीहका लागि अब नेपाल देशको अभिभावक र संविधानका संरक्षक बाहेक गुञ्जायस बाँकी कहीँ छैन ।’ 

२०७२ भदौ ७ मा कैलालीको टिकापुरमा थरुहट समर्थक प्रदर्शनकारीको आक्रमणबाट इन्स्पेक्टर केशव बोहराले ज्यान गुमाएका थिए । 

टिकापुरमा प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहित ८ जना सुरक्षाकर्मी र एक जना नाबालकको हत्या भएको थियो ।

उक्त प्रदर्शनको नेतृत्व गरेको अभियोग लगाइएका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी अदालतको फैसलाअनुसार जेलमा छन । जिल्ला अदालत, उच्च अदालत डोटी र सर्वोच्च अदालतले  चौधरीविरुद्ध जन्मकैद फैसला गरेको छ ।

नागरिक उन्मुक्ति पार्टीसहित कसै कसैले टिकापुर घटना ‘राजनीतिक’ भएको जिकिर गर्दै आएका छन्। तर, अदालतले सो घटनालाई ‘आपराधिक घटना’को रूपमा व्याख्या गरेको स्मरण गराउँदै बोहोराले तीन तहको अदालतले निरूपण गरेको विषयलाई राजनीतिको खास्टो ओढाएर अपराधीलाई माफी मिनाहा गरेर राजनीतिलाई नै अपराधीकरणसँग मितेरी नगाँस्न  आग्रह गरेकी  हुन ।

यस्तो छ उनको निवेदनः

सम्माननीय राष्ट्रपतिज्यू

शीतल निवास, काठमाडौँ । 

 मार्फत- राष्ट्रपतिको कार्यालय

शीतल निवास, काठमाडौँ । 

   विषय:- न्याय संरक्षण गरी पाउँ ।

सम्माननीय ज्यू,

“आठ जना सुरक्षाकर्मी र एक जना नाबालकको ज्यान लिने गरी भएको टिकापुर घटना नेपाली समाजमा घटेको एउटा अकल्पनीय र दुःखदायी एवम् क्रूर आपराधिक घटना हो । यस घटनालाई स्मरण गर्दा प्रत्येक नेपालीको शिर लाजले निहुरिन पुग्दछ । यस घटनाको दृश्यलाई पढ्दा प्रत्येकको आँखाबाट नुनिलो वर्षा हुन्छ । मृतकले नागरिकको रक्षा गर्ने कर्तव्य निर्वाह गर्दागर्दै भोग्नु परेको चरम यातनामय शारीरिक पिडा र मृत्युवरणको काल्पनिक अनुभूतिले मात्र पनि जो कोहीलाई एक पटक बेहोस बनाउँछ । मृतकका नजिकका मानिसहरूलाई कस्तो दर्द र पीडा बोध भयो होला त्यसलाई शब्दमा उतार्न शायदै सकिएला ।”

“यदि हाम्रो फौजदारी न्याय प्रणालीले यस्ता हिंसात्मक अपराधलाई सम्बोधन गर्नबाट चुक्यो भने हाम्रो समाज, हाम्रा नागरिक र स्वयम् सुरक्षा निकाय समेत अपराधीको अगाडी निरीह बनेर रहनुपर्ने अवस्था नआउला भन्न सकिन्न । यस्तो हुन गएमा अन्ततः राज्यको शान्ति सुरक्षाको जिम्मेवारी बोकेको सुरक्षा प्रणाली नै असफल भई समग्रमा राज्य नै असफल हुनसक्ने खतरा रहन्छ ।”

“यदि न्यायिक जिम्मेवारीमा रहेका निकायहरूले यस्ता घटनाबाट पीडितहरूको न्याय स्थापित गर्ने दायित्वबाट विमुख हुने हो भने जनताको न्यायप्रतिको धारणमा नै वितृष्णा पैदा भई सम्पूर्ण न्याय व्यवस्थाप्रति अनास्था फैलिने सम्भावना रहन्छ । निहित स्वार्थ सिद्ध गर्ने केहि महत्वकाक्षी र आपराधिक मनोवृत्ति भएका कथित सामाजिक अभियन्ताहरूले सिधासादा मानिसहरूलाई प्रयोग गरी राजनीतिक आस्थाका जामा पहिरेर समाज परिवर्तनको नाममा गरेको यस अक्षम्य अपराधको असह्य पीडा स्वयम् अपराधमा संलग्न व्यक्तिहरू, मृतकका नजिकका आफन्त र मुलुकलाई नै हुन पुगेको छ ।”

माथिका शब्दहरू उच्च अदालत डोटीबाट टिकापुर घटनाको विषयमा भएको फैसलामा उल्लेखित न्यायिक टिप्पणी हुन् । न्यायका रक्षक न्यायाधिशले मुद्दाको कागजात अध्ययनबाट शाब्दिक भावनामा रूपान्तर गरिएको मर्म हो । धन्यवादका पात्र छन् न्यायाधीश, जसले मर्म कागजबाट उतारेर न्यायिक टिप्पणीमा उल्लेख गरे ।

२०७२ भदौ ७ मा कैलालीको टीकापुरमा रेसम चौधरीको नेतृत्वमा थरुहट समर्थक प्रदर्शनकारीको आक्रमणबाट राष्ट्र सेवामा खटिएका सुरक्षाकर्मी र एक जना बालक सहित ९(नौ) जनाको क्रूर, नृशंस र बीभत्स हत्या गरेको घटना आम जनमानसमा आलो नै छ । त्यही घटनामा सहादत पाउने नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराको धर्मपत्नी म शारदा कडायत बोहरा न्यायका लागि बिन्ती गरिरहेकी छु ।

२०७२ भदौ ७ मा हुने उक्त प्रदर्शन शान्तिपूर्ण गर्ने भनी सुरक्षा निकाय लगायत सबैलाई भ्रममा पारी नियोजित रूपमा घरेलु हातहतियारसहित रेशम चौधरी लगायतको अगुवाइमा प्रदर्शन गरेका प्रदर्शनकारीलाई घटनास्थलमा उपस्थित प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने र मेरा पति प्रहरी निरीक्षक केशव बोहरा लगायतका  सुरक्षाकर्मीले आन्दोलन शान्तिपूर्ण गर्न सम्झाइ बुझाई गर्दागर्दै सुरक्षाकर्मीका तर्फबाट सामान्य लाठी समेत प्रहार नभएको अवस्थामा चारैतर्फबाट घेराबन्दी गरी घटना बाट भाग्दै गरेकालाई लखेटी लखेटी बन्चरो, भाला, कुटो, कोदालो लगायतको घरेलु हतियारले क्षतविक्षत गरी र जिउँदै आगो लगाइ हत्या गर्ने सम्मको अत्यन्तै निर्मम कल्पना गर्न नसकिने काण्डका रूपमा घटनामा संलग्न भएका र संलग्न नभएका प्रत्यक्षदर्शीको बयान तत्कालीन समयमा सरकारी लिखत, सार्वजनिक सञ्चार माध्यमबाट अभिलिखित नै छ । अझ उच्च अदालत डोटी को फैसलामा उल्लेख भएको न्यायिक टिप्पणी मात्र पनि आँसु थाम्न नसकिने छ ।

उक्त घटनाको सम्बन्धमा प्रहरीबाट अनुसन्धान भयो । घटनामा संलग्न उपर कानुन बमोजिम सम्मानित अदालतमा मुद्दा दर्ता भई सुरु कैलाली जिल्ला अदालतले, उच्च अदालत, डोटी तथा सर्वोच्च अदालतले समेत दोषी र निर्दोष छुट्याई सजाय समेत गरिसकेको अवस्था विद्यमान छ ।

सम्माननीय ज्यू,

उक्त घटनामा हत्या गरिएका सुरक्षाकर्मीका पत्नीको सिउँदो पखालियो बच्चा टुहुरा बनायो, सन्तान गुमेको शोकमा समग्र परिवार, सुरक्षा निकाय र देश नै शोकाकुल भएको थियो । सबै कुरा क्षणभरमा समाप्त भएको थियो रेशम चौधरीको नेतृत्वमा भएको नृशंस र आततायी घटनाले । घटना पश्चात मेरा पति र अन्य दिवङ्गत सुरक्षाकर्मी तथा दुधे नाबालकको जीवन फर्केर आउने थिएन, आउँथ्यो त आँसुको धारा मात्रै नियमित र अविरल तवरले ।

सुरु अदालत हुँदै सर्वोच्चसम्म निर्दोष सुरक्षाकर्मी (मेरा पति सहित) का निमित्त पुछिएको सिउँदो लिएर हिँड्दा सञ्चारकर्मी, समाज र सबै तह तप्कामा न्यायको लागि साथ पाए । न्यायालयले पुछिएको सिउँदोमा न्याय स्वरूप सान्त्वनाका हात ले अन्तिम फैसला दियो, दोषीलाई सजायको फैसला गरेर ।

निर्मम, अमानवीय, नृशंस र क्रूर हत्याकाण्डका नाइके जातीय मुक्तिको नारा लगाइ राजनीतिमा सक्रिय छन् । दोषी साबित भएका रेशम चौधरीकी पत्नी लगायत सरकारमा सहभागी भई सरकारकै सुरक्षाकर्मी हत्या गरिएको विषयमा हत्यारा छुटाउन राजनीतिक मोलमोलाइ र दाउपेचमा तल्लीन छन्, म भने निर्दोष सिपाहीका लागि न्यायका लागि आजसम्म अनवरत लडिरहेको छु, हत्यारालाई सजाय दिलाउने कसममा रत्तीभर विचलित छैन । राजनीतिक प्रतिशोधका कारण राज्यले मुद्दा चलाएको र अदालतबाट दोषी ठहर भएको होइन रेशम चौधरी, क्रूर र नृशंस हत्याका योजनाकार र नाइके समेत भएको कारणले तीनै तहको अदालतले दोषी ठहर्‍याएका अपराधी हुन ।

कल्पना गर्न नसक्ने गरी लखेटेर बीभत्स र क्रूरता पूर्ण तवरले गरिएको सामूहिक हत्याको सविस्तार शब्दमा वर्णन गर्न सक्दैन कुनै नागरिकले, सम्झदै आङ सिरिङ्ग हुन्छ । मेरा पति लगायतले त्यो क्रूरता र बीभत्स घटनामा सुरक्षाकर्मी भएको कारण कर्तव्यपालनको सिलसिलामा ज्यान दिनु परो, म त्यो पीडा भदौ ७, २०७२ देखि हरेक पल जीवनमा लिएर हिँडेकी छु । यही घटना म अरू कसैलाई पर्छ भनेर कल्पना गर्न सक्दिनँ न त कुनै नागरिकले सोच्न सक्छ । न त मेरा पति लगायतका सुरक्षाकर्मीको हत्या भए झैँ दोषीलाई कानुनमा नभएको मृत्युदण्डको माग गरेको छु । मेरो याचना त दिवङ्गत राष्ट्रसेवकको आत्माका शान्तिका लागि विद्यमान कानुन बमोजिम अदालतले गरेको फैसला अनुसार दोषी पनि सजायको भागिदार हुनुपर्छ भन्ने मात्र हो ।

प्रत्येक तहका अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा  टिकापुर घटनाका नाइके अपराधी छुटाउन पटक पटक राजनीतिक सौदाबाजीको प्रयत्न भएको छ । कहिले सजाय माफीको विषयले, कहिले अध्यादेशको विषयले। ती हरेक छलफलले मात्रै पनि प्रत्येक पटक मेरो पति लगायतलाई प्रहार गर्दै गरेको हृदय विदारक चित्कारको आभास गराएको छ ।

सुरक्षाकर्मी भएको कारण कर्तव्यपरायणका सिलसिलामा मेरो पति एक पटक मृत्यु भयो तर वहाँबाट आश्रित म र मेरा परिवार अनि हामी जस्ता पीडितलाई राजनीतिले पटक-पटक जिउँदै मारेको छ । २०७२ भदौ देखि निरन्तर घाउ माथि घाउ थपिदिएको छ राज्यले । अपराधीले राजनीतिको खास्टो भिर्दैमा देशमा न्याय कायम हुन्छ ? संविधानका हक अधिकारको रक्षा हुन्छ ? अथवा पीडितले न्याय पाउँछन् ? कार्यकारी अधिकार लिएर सत्तामा रहेकाहरूमा मुखले न्याय, अधिकार, कानुनी शासन र लोकतन्त्रको खोक्रो सपना बाँडेर हाम्रो आँसु बिक्री गरिरहेका छन् । राष्ट्रिय अन्तर्राष्ट्रियरुपमा बदनाम हुँदै गएको राजनीतिले हामी पिडामा परेकालाई हेर्छ, आश्रय दिन्छ अथवा राज्य हाम्रो साथमा छ भन्ने कल्पना समेत उध्रिएर छरपस्ट भएको छ ।  

सत्तामा मोज गरिरहेकी हत्यारा रेशमकी पत्नीको सिउँदोको मूल्य र कर्तव्यपरायण प्रहरी निरीक्षक केशब बोहरा लगायतका सिउँदो पुछिएर न्याय मागिरहेका विधवा पत्नीको सिउँदो बिचमा फरक छुट्टाउन नसक्ने नेतृत्वबाट आशाको दियो बल्ने छैन ।

करोडौं जनता निराशाले छटपटीमा रहेको देशमा म जस्तो एकल महिलाले सरकारबाट न्यायको अपेक्षा गर्न असान्दर्भिक देख्छु । जे फैसला न्यायालयले गरेको छ त्यसमा मेरो न्याय देखेको छु तसर्थ, न्यायिक मन प्रयोग गर्ने न्यायधिशहरुको निर्भीकता र स्वतन्त्रता प्रति मात्रै भए पनि गौरव गर्छु ।

सम्माननीय ज्यू,

सिउँदो फुस्रै भए पनि न्यायालयले गरेको फैसलामा चित्त बुझाउने म र म जस्ता निरीहका लागि अब नेपाल देशको अभिभावक र संविधानका संरक्षक बाहेक गुन्जाएस् बाँकी कहीँ छैन । पिडामा परि निरीह भएका राज्यबाट अपहेलितका लागी  रेशम चौधरीलाई आम माफीको छलफल मात्रै पनि घाउमा थप नुन चुक भएको छ ।

तसर्थ तीन तहको अदालतले निरूपण गरिसकेको विषयलाई राजनीतिको खास्टो ‌ओढाएर अपराधीलाई माफी मिनाहा प्रदान गरी राज्यको सबैभन्दा शक्तिशाली नीति राजनीतिलाई नै अपराधीकरण सँग मितेरी नगाँसियोस् । मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ (४) को (घ ) मा समेत “क्रूर तथा अमानवीय तरिकाले वा नियन्त्रणमा लिई ज्यान मारेको कसुरका कसुरदारलाई भएको सजाय माफी गर्ने, मुलतबी राख्ने, परिवर्तन गर्ने वा कम गर्ने कारबाही गर्न सकिने छैन” भनी उल्लेख भएको हुँदा मेरा लागि मात्रै होइन सम्पूर्ण जनता, सुरक्षाकर्मी र राष्ट्रसेवकका लागि न्याय र कानुनका पक्षमा देशका अभिभावक र संविधान संरक्षक सँगसँगै छन् भन्ने अनुभूति गर्न पाउ । सम्माननीय ज्यूको जो आदेश । 

निवेदक / पीडित

टिकापुर घटनामा पीडितका तर्फबाट हाल काठमाडौँ महानगरपालिका वडा नं १६ वनस्थली खरिबोट बस्नेटिकापुर घटनामा मृत्यु हुने नेपाल प्रहरीका तत्कालीन प्रहरी निरीक्षक केशव बोहरा की श्रीमती शारदा कडायत बोहरा 

अब वर्षाका कारण उपत्यकाको फोहर लैजान नरोकिने

काठमाडौँ – अब वर्षाको सयममा सडककै कारण काठमाडौँ उपत्यकाको फोहर बञ्चरेडाँडास्थित फोहरमैला प्रशोधन केन्द्र लैजान नरोकिने भएको छ ।

विगतका वर्षहरुमा कच्ची सडक वर्षाको समयमा बिग्रँदा उपत्यकाको फोहर लैजान समस्या हुने गरेको थियो । सरकारले केही समय पहिले दु्रत मार्ग (फास्ट ट्र्याक) बाट ठेक्का लगाएर फोहर लैजान प्रयोग हुने सडक निर्माण गरेको बालाजु–त्रिशूली–छहरे–बिदुर सडक योजनाले जनाएको छ । पहिलेको ठेक्का तोडिएपछि नयाँ ठेक्कामार्फत काम गर्दा बढी समय लाग्ने हुँदा ‘फास्ट ट्र्याक’ बाट ठेक्का लगाएर निर्माण गरिएको योजनाका इञ्जिनियर सागर भण्डारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मन्त्रिपरिषद्ले निर्णय गर्नासाथ काम सुरु गरेर चार महिनाभित्रै सकाइएको हो ।”

सडक विभागले एक दशक पहिले बालाजु–रानीपौैवा सडक निर्माणको जिम्मेवारी सैलुङ कन्स्ट्रक्सनलाई दिएको थियो । पटक–पटक अवधि थप हुँदासमेत सडक निर्माण नगरेकाले ठेक्का तोडिएको उहाँले बताउनुभयो । इञ्जिनियर भण्डारीले भन्नुभयो, “असारमा ठेक्का तोडेर असोजमा नै नयाँ ठेक्काबाट निर्माण थालिएकोे हो ।”

पुरानो ठेक्का तोडेर तीनपिप्लेबाट मुड्खुसम्म नयाँ ठेक्का लगाएर काम सम्पन्न भएको योजनाले जनाएको छ । सो खण्डको सडक झन्डै साढे चार किमी लामो छ । गत असोज २६ देखि नयाँ ठेक्कामा गएकामा २८ गतेदेखि काम सुरु भएको उहाँले बताउनुभयो ।

लामो समयदेखि अवरुद्ध सडकका कारण त्यहाँका नागरिकले दुःख पाइरहेका थिए । वर्षाका कारण सडक भासिने र फोहर बोकेका गाडी जान नसक्दा बर्सेनि फोहरका गाडी फर्कने गरेका थिए । गत वर्ष वर्षाको समयमा महिनौँसम्म फोहर उठ्न नसकेपछि सरकारले सो सडक निर्माण चाँडो सकाउन चासो देखाएको थियो ।

बालाजु–त्रिशूली–छहरे सडकमा बालाजु–त्रिशूली दुई ठेक्का र त्रिशूली–छहरे एउटा ठेक्का गरी तीन वटा ठेक्का गरिएको थियो । तीमध्ये तीनवटै ठेक्कामा काम ढिलाइ भएको छ । बालाजु–त्रिशूली ५५ किमी र त्रिशूली–छहरे ११ किमी गरेर यो योजनाले ६६ किमी सडक योजनाको कार्यक्षेत्रमा परेको छ । यी तीनै कम्पनीसँग विसं २०७०÷७१ मा ठेक्का सम्झौता गरिएको थियो ।

शरणार्थी प्रकरणका प्रतिवादीहरूको बयान लिन सुरु

काठमाडौँ  – नक्कली भुटानी शरणार्थी प्रकरणका प्रतिवादीहरूको बयान सुरु भएको छ । 

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा प्रतिवादीको बयान सुरु भएको हो । 

नक्कली भुटानी शरणार्थी प्रकरणमा गत बुधबार ३० जनाविरुद्ध विभिन्न आरोपमा मुद्दा दायर गरिएको हो । प्रतिवादीमध्ये १६ जना पक्राउ परेका छन् । उनीहरूको बयान शुक्रवारबाट काठमाडौँ जिल्ला अदालतमा सुरु भएको हो । 

पशुपतिमा ओली सरकारले भ्रष्टाचार गरेको माओवादी सांसदको आरोपपछि एमालेद्वारा सदन अवरुद्ध

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदहरुले पशुपतिनाथ मन्दिरमा लगाइएको जलहरी सुन कि पित्तल भन्ने विषयमा सरकारले जवाफ नदिएसम्म सदन अघि बढ्न नदिने भन्दै संसद बैठक अवरुद्ध गरेको छ ।

प्रतिनिधिसभाको आजको बैठकको प्रारम्भमै एमालेका सांसदहरुले आसनबाट उभिएर विरोध जनाएका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले एमालेका प्रमुख सचेतक पदम गिरीलाई बोल्न समय दिनुभएको थियो ।

प्रमुख सचेतक गिरीले पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला पशुपतिनाथमा लगाएको जलहरी सुन होइन पित्तल हो भनी सत्तारुढ दलका सांसद लेखनाथ दाहालले आरोप लगाएकाले त्यसको जवाफ नआउँदासम्म सदन अघि नबढ्ने बताउनुभयो । पशुपतिनाथको जलहरी सुन हो कि पित्तल हो भनी छानबिन गरी सरकारले जवाफ नदिएसम्म सदन अघि बढ्न नदिने बताउनुभयो ।

यसैगरी एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सदन अवरुद्ध गर्ने दलको रहर नभई जिम्मेवार दलका जिम्मेवार सांसदले लगाइएको मिथ्या आरोप गम्भीर भएको बताउनुभयो । सत्तापक्षका सांसदले आफूहरुलाई सुनको जलहरीको सट्टा पित्तलको चढाएर भ्रष्टाचार गरेको भनी गम्भीर आरोप लगाएको भन्दै दुःख व्यक्त गर्नुभयो । सुनको जलहरी हो, होइन दूधको दूध पानीको पानी हुनेगरी छानविन गर्न उहाँले माग गर्नुभयो ।

सभामुख घिमिरेले आसनग्रहण गर्न पटक–पटक आग्रह गर्दै बैठक संसदीय प्रक्रियाअनुसार अघि बढाउनका लागि सहयोग गर्न आग्रह गर्नुभएको थियो । सभामुखको आग्रह गरे पनि एमाले सांसदहरुले रोष्टम घेराउ गर्नुका साथै नाराबाजी गर्नुभएको थियो ।

करिब पाँच मिनेटको नाराबाजीपछि पनि सभामुखको आग्रह सुनुवाइ नभएपछि उहाँले २० मिनेटका लागि बैठक स्थगित भएको छ ।

एमालेका सांसदहरूले अवरोध गरेपछि प्रतिनिधिसभा बैठक २० मिनेटका लागि स्थगित

काठमाडौँ – नेकपा एमालेका सांसदहरूले विरोध जनाएपछि प्रतिनिधिसभा बैठक २० मिनेटको लागी स्थगित भएको छ ।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा एमालेका सांसदहरूले वेल घेराउसहित विरोध जनाएपछि सभा स्थगित भएको हो । उनीहरुले सरकारविरुद्ध नाराबाजी गर्दै वेल घेराउ गरेका थिए । सत्तारुढ माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पशुपतिनाथमा पित्तलको जलहरी चढाएर एमाले अध्यक्ष केपी ओलीले भ्रष्टाचार गरेको आरोप लगाएपछि सरकारलाई त्यसको जवाफ दिन माग गर्दै एमालेका सांसदहरूले संसद चल्न नदिने अडान लिएका थिए ।

यसैबीच, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रमुख प्रतिपक्ष दलका नेतामाथि लगाइएको सो आरोप पुष्टि नभएम्म संसद चल्न नदिने अडान राखेका छन् ।

एमालेद्धारा प्रतिनिधि सभाको बैठकमा विरोध

काठमाडौँ – नेकपा एमालेका संसदहरुले आज भएको प्रतिनिधि सभाको बैठकमा विरोध जनाएको छ ।

आज बसेको प्रतिनिधिसभाको बैठकमा पशुपतिको जलहरी विवादले प्रभावित भएको हो । केपी शर्मा ओली प्रधानमन्त्री हुँदा पशुपतिमा चढाइएको जलहरी सुनको भनेर पित्तलको हालिएको भन्दै माओवादी सांसदले गरेको टिप्पणीप्रति एमालेले आपत्ति जनाएको हो ।

एमालेले माओवादीकातर्फबाट माफी नमाग्दासम्म बैठक चल्न नखिने अडान लिएको बताइएको छ । माओवादीले भने आफ्नो भनाइ ठिक भएको दाबीसहित माफी नमाग्ने अडान राखेपछि बैठक सुरु हुन नसकेको एक सांसदले जानकारी दिए ।

काभ्रेका स्थानीय तहः ‘जनताको सेवामा पहिलो वर्ष’

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाको जनप्रतिनिधिले शपथ लिएको बिहीबार ठीक एक वर्ष पूरा भयो । शपथको एक वर्ष पूरा भएकै दिन नगरप्रमुख कुन्साङ लामाले ‘जनताको सेवामा पहिलो वर्ष’ नामक पुस्तक जनप्रतिनिधि, स्थानीय नागरिक, दलका स्थानीय प्रतिनिधि तथा सञ्चारकर्मीमाझ सार्वजनिक गर्नुभयो ।

पुस्तकमा समेटिएका विकासका विवरण उल्लेखित संक्षिप्त विवरण प्रस्तुत गर्दै उहाँले भन्नुभयो, “हामीले एक वर्षको अवधिमा अघिल्ला जनप्रतिनिधिले सुरु गरेको बाँकी कामलाई निरन्तरतासँगै नयाँ विकास–निर्माण कामको सुरुआत गरेका छौँ ।” उहाँले नगरमा १८ वर्षमाथिका नागरिकको निःशुल्क स्वास्थ्य परीक्षणको सुरुआत, नसर्ने रोग उच्च रक्तचाप, मधुमेह (सुगर), प्रोटिन परीक्षण निःशुल्क र एक वर्षसम्म निःशुल्क औषधिको व्यवस्था, नगरका ११ वटै वडाका विभिन्न एक सय सात स्थानबाट स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाइएको बताउनुभयो ।

यस्तै नगरले स्थानीय पाठ्यक्रम निर्माणको सुरुआत, बालमैत्री स्थानीय शासन सुरुआत, सबै विद्यालयमा बालमैत्री सम्पर्क शिक्षक तोकिएको र ११ वडामा बालमैत्री वडा समिति र बाल अधिकार वडा समिति पुनर्गठन, ४० सामुदायिक विद्यालय र छ संस्थागत विद्यालयमा बालमैत्री सूचकको अनुगमन, रु आठ करोड ३६ लाख लागत अनुमान तयार गर्दै बहुवर्षीय योजनामा समावेश गरी कृषि उत्पादन भण्डारणका लागि कोल्डस्टोर (शीतभण्डारण) निर्माणको सुरुआत, घरदैलोमै सामाजिक सुरक्षा वितरण, आफ्नो क्षेत्रमा पर्ने बिपी राजमार्गमा फोहर फाल्ने सवारीसाधनका चालक र यात्रुलाई कारबाही गर्न थालिएको लामाले जानकारी गराउनुभयो ।

यसैगरी नगरले योजनाबद्ध विकासलाई प्राथमिकतामा राख्दै आवद्यिक योजना बैंक तयार गरेर विकास आयोजना सञ्चालन गर्न लागेका तथा रणनीतिक कृषि योजनामा भूगोल सुहाउँदो कृषि, उत्पादन र उत्पादकत्व बढाउने, लागत घटाउनेलगायतका योजना समावेश गराइने जनाइयो । यस्तै नगरवासीलाई स्वच्छ खानेपानीको व्यवस्था गराउने उद्देश्यअनुरुप ‘एक घर एक धारा’ अभियान सञ्चालनअन्तर्गत सुनकोसी खानेपानी आयोजनालगातय चार बृहत् खानेपानी आयोजना तथा आठ साना खानेपानी आयोजना सञ्चालन गरिएको जानकारी गराउनुभयो ।

यसैगरी जिल्लाको रोशी गाउँपालिकाले पनि बुधबार समीक्षा गरेको छ । गाउँपालिका अध्यक्ष दिनेश लामाले समीक्षा कार्यक्रममा शपथग्रहणमा गरिएका प्रतिबद्धता कार्यान्वयनमा सफलता मिल्दै गएको दाबी गर्नुभयो । उहाँले पनि बुँदागतरूपमा प्रगति विवरण प्रस्तुत गर्दै अघिल्ला जनप्रतिनिधिले गरेको बाँकी कामलाई निरन्तरतासँगै नयाँ विकास–निर्माणको कामको सुरुआत गरेको जानकारी गराउनुभयो । “हामी समृद्ध रोशी बनाउन प्रतिबद्ध छौँ, यसका लागि निर्वाचनका घोषणा गरेका सबै काम पूरा गर्नेछौँ”, लामाले भन्नुभयो ।

खानीखोला गाउँपालिकाका जनप्रतिनिधिले भने गत वैशाख ३१ गते एक वर्षको प्रगति विवरण सार्वजनिक गर्दै समीक्षा गरेको थियो । उक्त गाउँपालिका काभ्रेपलाञ्चोकको दक्षिण–पश्चिम क्षेत्र डाँडापारि (महाभारत पर्वतशृङ्खला)मा अवस्थित दुर्गम मानिने स्थानीय तह हो । एक वर्षको अवधिमा गाउँपालिकाले आफ्ना कृषकलाई व्यावसायिक कफीखेतीमा अनुदानदेखि वृद्धवृद्धाको स्वास्थ्य परीक्षण तथा असहाय बालबालिकाको लागि आवासीय शिक्षणसम्मको अपेक्षित प्रगति गरेको जनायो ।

गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङले एक वर्षको १४ बुँदे उपलब्धि सार्वजनिक कार्यक्रमम निर्वाचित भएको एक पूरा हुँदै गर्दा आफूहरूले गरेको कामले खानीखोलाको विकास र समृद्धिको आधार निर्माणको चरणमा प्रवेश गरेको बताउनुभएको थियो । उहाँले खानीखोलाको भौतिक पूर्वाधारसँगै विशेषगरी शिक्षा र कृषि क्षेत्रलाई स्थानीयको सेवा सुविधामा उपलब्ध गराउने विश्वास व्यक्त गर्नुभएको छ । “एक वर्षमा सामाजिक न्याय, सुशासन र विकास थालनीका लागि थुप्रै काम प्रारम्भिक चरणमा अघि बढिरहेको छ”, थिङले भन्नुभयो ।

थिङका अनुसार एक वर्षमा कृषकलाई कफीमा अनुदान वितरणदेखि गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि मन्त्रिपरिषद् (क्यविनेट)बाट जग्गा स्वीकृत गरिएको तथा असहाय बालबालिकाको शिक्षा व्यवस्थित बनाउन कक्षा १ देखि १० सम्मका लागि आवासीय शिक्षण आरम्भ गर्नेसम्मका गतिविधि भएका छन् । उहाँद्वारा सार्वजनिक एकवर्षे प्रतिवेदनमा देशमै पहिलोपटक ‘जसको उत्पादनः उसैलाई अनुदान’ कार्यक्रममार्फत खानीखोलालाई कफी पकेट क्षेत्रसँगै कृषकको आर्थिक जीवनस्तर वृद्धि गर्ने उद्देश्यले कफीमा प्रतिकेजी रु ३५ का दरले अनुदान वितरण, विकट खानीखोलालाई सदरमुकाम तथा सङ्घीय राजधानीसँग जोड्ने सडकअन्तर्गत खानीखोला र दुर्लुङ खोलामा पक्की पुलका लागि बोलपत्र आह्वान, बालविवाहविरुद्ध जनचेतनाका लागि आफ्नो क्षेत्रभित्रका सबै माध्यमिक विद्यालयमा सडक नाटक ‘जुनकिरी’ प्रदर्शनलगायतका काम भएको उल्लेख छ ।

यस्तै यस शैक्षिकसत्रदेखि स्थानीय पाठ्यक्रमअन्तर्गत पहिलोपटक ११ विद्यालयमा मातृभाषा (तामाङ) भाषा शिक्षणको सुरुआत, सुकुम–धाप्ले महाँकालको सडकको ट्रयाक खोल्ने र संस्थागत खेलकुदको विकास गर्न प्रत्येक वर्ष सञ्चालन हुने गरी ‘खानीखोला कप खेलकुद प्रतियोगिता’को सुरुआतलगायतका काम गरिएको गाउँपालिकाले आफ्नो एक वर्षको उपलब्धिका रूपमा उल्लेख गरेको अध्यक्ष थिङले जानकारी दिनुभयो ।

यसैगरी गाउँपालिकाले बितेको एक वर्षमा ‘एकीकृत घुम्ती स्वास्थ्य सेवा’मार्फत ६० वर्ष नाघेका वृद्धवृद्धा तथा दीर्घरोगीको घर–घरमै मासिक नियमित स्वास्थ्य परीक्षण गर्दै आवश्यक औषधिमा सहयोग गरेको छ । अधिकांश जनजातिको बसोबास रहेको यस क्षेत्रमा गाउँपालिकाले तामाङ समुदायको इतिहास, उत्पत्ति र ताम्बाको भूमिका विषयक ताम्बा÷डम्फु प्रतियोगिता, मगर समुदायको ‘वापा’ तालिम, आधारभूत मेलमिलापसँगै महिला सशक्तीकरण तथा रेविज सङ्क्रमणको जोखिम कम गर्ने उद्देश्यले सामुदायिक कुकुरको बन्ध्याकरण गराएको छ । काभ्रेपलाञ्चोकमा १३ स्थानीय तह छन् । जिल्लाका केही स्थानीय तहले आउँदो साता वार्षिक समीक्षा तथा प्रगति विवरण सार्वजनिक गर्ने जनाएका छन् ।

व्यवस्था फेरिए , अवस्था फेरिएन : मुख्यमन्त्री जम्कट्टेल

मनहरी – बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सबैले आ आफ्नो जिम्मेवारी पूरा गर्नसके मानवअधिकार उल्लङ्घन नहुने बताउनुभएको छ ।

राष्ट्रिय मानवअधिकार आयोगको २३औँ स्थापना दिवसका अवसरमा हेटौँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले प्रदेश सरकारले क्षेत्राधिकार भित्र रहेर मानवअधिकारका विषयमा काम गरिरहेको जानकारी दिनुभयो । उहाँले व्यवस्था फेरिए पनि अवस्था नफेरीएकामा चिन्ता व्यक्त गर्नुभयो ।

“सरकार र सरकारी निकाय चनाखो हुनुपर्छ, नैसर्गिक अधिकार हनन् भइरहेको छ कि भनेर सोचेर काम गर्नुपर्छ, अब काम गर्ने तौरतरिका फेरिनुपर्छ”, मुख्यमन्त्री जम्कट्टेलले भन्नुभयो । “हामी सबै मानवअधिकार मैत्री बन्नुपर्छ र संरक्षण गरेर अन्तर विरोधी हुने खालको कामको अन्त्य गरिनुपर्छ”, उहाँले भन्नुभयो ।

उहाँले प्रदेशको भूगोल, जनजाति, भाषा, धर्म संस्कृति धेरै रहेकाले उल्लेख गर्दै समावेशी रुपमा काम गर्न नीतिमा केही समस्या रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “आर्थिक, सामाजिक, राजनीतिक लगायतमा सहजता भए पनि कार्यान्वयनमा समस्या छ । ”

आयोगको प्रदेश कार्यालय प्रमुख यज्ञप्रसाद अधिकारी, प्रदेश सरकारका प्रमुख सचिव मुकुन्दप्रसाद निरौला, जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर घलान र मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेलगायतले मानवअधिकारका विषयमा आफ्नो भनाइ राख्नुभएको थियो ।

विक्रमबाबु विश्वकर्मा र यशु भट्टराईको अभिनयमा नयाँ गीत अचार आँपैको सार्वजनिक

रमेश बि.क.रसाईली – काठमाडौँ,
सर्वप्रिय सर्जक विक्रमबाबु विश्वकर्मा र यशु भट्टराईको अभिनयमा नयाँ गीत अचार आँपैको सार्वजनिक भएको छ ।

दीपक दर्लामी मगर र विष्णु मगरको स्वर रहेको गीतलाई विक्रमबाबु विश्वकर्मा ले नै लेखेका हुन भने शिव कनौजे मगरको लयलाई विश्वास नेपालले सङ्गीत संयोजन गरेका छन् । अचार आँपैको गीतको अडियो सुमन राना र खुमन रानाको रेकर्डिङ तथा कुमार रानाको मिक्सिङ्ग मास्टरीङ्गमा मारुनी स्टुडियोमा तयार भएको हो ।

ईश्वर बाबुको निर्देशन अनि सम्पादन,करन चैसिरको छायाकंन र विकास ज्ञवालीको रङ्ग संयोजनमा तयार गीतको भिडियोमा विक्रमबाबु र यशु सँगै सुवर्ण दुलाल,शिबाङ्गी क्षेत्री,अनिल सुनार,सङ्गीता सुनार लगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।

B3 Entertainment नामक युट्युब च्यानलबाट सार्वजनिक गीत अचार आँपैकोले दर्शक श्रोताको भरपुर माया पाउनेमा सम्पूर्ण टिम विश्वस्त रहेको छ ।

https://youtu.be/6fhTAnepbMg

सुनको मूल्य तोलामा ५०० रुपैयाँले घट्यो

काठमाडौँ ।  नेपाली बजारमा सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको छ । 

अघिल्लो दिन प्रतितोला १ लाख ८ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य शुक्रवार ५०० रुपैयाँले घट्दै १ लाख ८ हजार ३०० रुपैयाँमा झरेको हो । 

यस्तै,तेजाबी सुनको मूल्य समेत शुक्रवार तोलामा ५०० रुपैयाँले नै घट्दै १ लाख ७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्य तोलामा ५ रुपैयाँले घट्दै १ हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो । 

नाउपाले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिँदै

सुदूरपश्चिम – नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई दिएको समर्थन फिर्ता लिने भएको छ । मुख्यमन्त्री शाहले सरकार विस्तारको क्रममा आफूहरूलाई बेवास्ता गरेको र मनोमानी ढङ्गले सरकार विस्तार गरेको भन्दै उन्मुक्ति पार्टीले समर्थन फिर्ता लिने भएको हो ।

मुख्यमन्त्री शाहले आफ्नै दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदलाई सहभागी गराएर मन्त्रिपरिषद् विस्तार गरेपछि नाउपा चिढिएको छ । नाउपाले मन्त्रालय भागबन्डाको क्रममा दुईवटा मन्त्रालय मागेको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र आफूहरुबीच प्रदेश सरकारको सामाजिक विकास र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा सहमति भएको नाउपाले बताउदै आएको छ । सो पार्टीका नेता तथा प्रतिनिधि सभा सदस्य गंगाराम चौधरीले सहमति कार्यान्वयन नभएकाले सरकारमा सहभागी नभएको बताउनुभयो ।

मुख्यमन्त्री शाह भने नागरिक उन्मुक्तिलाई एक मन्त्रालय दिएर सरकारलाई पूर्णता दिने पक्षमा हुनुहुन्छ । सो पार्टीले समर्थन फिर्ता लिने तयारी गरेपनि शाह नेतृत्वको प्रदेश सरकार सुरक्षित छ ।

५३ सदस्यीय प्रदेश सभा रहेको यहाँ बहुमतको सरकारको लागि २७ जना चाहिन्छ । नागरिक उन्मुक्ति बाहिरै बसेपनि मुख्यमन्त्री शाहसँग स्पष्ट बहुमत देखिन्छ ।

मन्त्री ज्वालाद्वारा नागढुङ्गा सुरुङमार्गको अनुगमन

काठमाडौँ – भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला तथा विश्व बैंकका उच्च अधिकारीसहितको टोलीले आज नागढुङ्गा सुरुङमार्गको अनुगमन गरेको छ ।

उक्त टोलीले आजै नागढुङ्गा–मुग्लिन सडक विस्तार आयोजनाको कामका बारेमा समेत स्थलगत अनुगमन गरिरहेको छ । टोलीले मुग्लिनसम्म पुगेर सडकको अवस्थाबारे जानकारी लिने बताइएको छ । अनुगमनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माको समेत सहभागिता रहेको छ ।

सो क्रममा मन्त्री ज्यावाले सुरुङमार्गमा भएको प्रगति र अवस्थाबारे जानकारी लिनुभएको थियो । सुरुङमार्गको मुख्य टनेल छ सय मिटर र रेस्क्यु टनेल दुई सय मिटर खन्न बाँकी छ । आउँदो दशैँसम्म मुख्य टनेल जोडिसक्ने र रेस्क्यु टनेल छिट्टै जोड्ने तयारी छ । आउँदो डेढ वर्षभित्रमा गाडी चलाउन मिल्ने बनाउने गरी काम तीव्ररूपमा अघि बढाइएको सुरुङमार्गको कन्सल्ट्यान्टतर्फका इञ्जीनियर रमेश कोइरालाले जानकारी दिनुभयो ।

सुरुङमार्गको २०७६ कात्तिकमा शिलान्यास गरिएको थियो । यसको लम्बाइ दुई दशमलव ६८ किलोमिटर छ । यहाँ नौ मिटर र चार मिटरका दुई सुरुङ निर्माण भइरहेका छन् । कोरोना महामारीलगायत कारणले काममा ढिलाइ हुँदा सुरुङमार्गको निर्माण अवधि एक वर्ष थपिएको हो ।

माधवकुमार नेपाल आज न्यूजील्याण्ड जाँदै

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आज न्यूजील्याण्ड जानुहुने भएको छ । न्यूजील्याण्डको अकल्याण्ड सहरमा सोमबार हुने ७०औँ ‘माउन्ट एभरेष्ट सेलेव्रेशन डे’का अवसरमा आयोजना गरिने सभालाई उहाँले विशिष्ट अतिथिका रूपमा सम्बोधन गर्नुहुने छ ।

तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले पहिलोपटक विश्वको सर्वोच्च हिमशिखर सगरमाथा आरोहणको ७० वर्ष पुगेको अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको हो । अध्यक्ष नेपालले न्यूजील्याण्ड सरकारका प्रतिनिधि, विभिन्न नेता, त्यहाँस्थित प्रवासी नेपाली र पार्टी निकट प्रवासी मञ्चका प्रतिनिधिसँग भेटघाट तथा छलफल गर्नुहुने पार्टीका पोलिटब्यूरो सदस्य दिलु पन्तले जानकारी दिनुभयो ।

करिब एक साताको भ्रमणका क्रमाम अध्यक्ष नेपालले अष्ट्रेलियाको सिड्नीमा आयोजना गरिने गैरआवासीय नेपाली सङ्घको कार्यक्रममा समेत सहभागी गर्ने कार्यक्रम छ ।

देशभक्तिमाथि विदेशी शक्तिकेन्द्रको इसारामा आक्रमण भइरहेको छ : शङ्कर पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले देशभक्तिमाथि विदेशी शक्तिकेन्द्रको इसारामा आक्रमण भइरहेको बताउनुभएको छ । 

उहाँले सामाजिक सञ्जालमार्फत देशभक्तिमाथि आक्रमण हुँदा रमाउने र षडयन्त्रलाई सत्य ठानेर विश्वास गर्ने परिस्थितिले राष्ट्र कमजोर भएको बताउनुभयो । 

‘गोयवल्सको शैलीमा भइरहेको भ्रमपूर्ण प्रचारबाट सचेत बनौँ’, महासचिव पोखरेलले सामाजिक सञ्जालमा लेख्नुभएको छ,’देशभक्तहरूमाथि विदेशी शक्तिकेन्द्रको इसारामा षडयन्त्रपूर्ण आक्रमण हुँदासमेत रमाउने र षडयन्त्रलाई सत्य ठानेर विश्वास गर्ने परिस्थितिले राष्ट्र कमजोर भइरहेको छ ।’

महासचिव पोखरेलले अहिले राष्ट्रवादी शक्ति र कम्युनिस्ट शक्तिका विरुद्ध षडयन्त्र भइरहेको पनि बताउनुभयो । राष्ट्रवादी शक्ति र कम्युनिस्ट शक्तिका विरुद्ध भइरहेको षडयन्त्रको मानिसहरूलाई अनुभूति पनि हुन नसकेको उहाँले उल्लेख गर्नुभएको छ ।

महासचिव पोखरेलले भन्नुभएको छ,’यतिबेला वास्तविक राष्ट्रवादी शक्ति र कम्युनिस्ट शक्तिका विरुद्धको षडयन्त्रमा यति धेरै व्यक्तिहरू सामेल छन् कि आम मानिसहरूलाई षडयन्त्रको अनुभूति नै हुन सकिरहेको छैन ।’ 

उहाँले सिर्जित भ्रम चिर्नका लागि देशभक्त र क्रान्तिकारीहरू पहिलेको तुलनामा अझ गम्भीर र सक्रिय हुन आवश्यक रहेको बताउनुभयो ।  

आज प्रधानमन्त्रीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ  दिने

काठमाडौँ – आज प्रतिनिधिसभा बैठक बस्दै छ । सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा प्रतिनिधिसभाको दोस्रो अधिवेशनका १३ औँ बैठक बस्न लागेको हो । बैठक ११ः०० बजे बस्नेछ ।

आजको बैठकमा गत जेठ ५ गते सरकारले पेस गरेको नीति तथा कार्यक्रम माथि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यक्रम रहेको छ ।

‘प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिले २०८० जेठ ५ गते शुक्रवार सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनमा उल्लेखित आव २०८० ८१ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम माथिको छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिनुहुने’ सम्भावित कार्यसूचीमा उल्लेख छ ।  

सो अघि आज पनि नीति तथा कार्यक्रममा सांसदहरूले आआफ्नो धारणा राख्नेछन् भने प्रधानमन्त्रीले जवाफ दिएपछि सो प्रस्ताव निर्णयार्थ प्रस्तुत हुने सम्भावित कार्यसूचीमा उल्लेख छ । 

एमालेले स्थानीय तहका जनप्रतिनिधिलाई आज र भोलि दुई दिन प्रशिक्षण दिने

काठमाडौँ – स्थानीय तहमा बजेट निर्माण गर्ने समय भइरहँदा नेकपा (एमाले)ले पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूका लागि दुई दिने अनुशिक्षण कार्यक्रम आयोजना गरेको छ । 

पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा आज र भोलि दुई दिन सञ्चालन हुने अनुशिक्षणमा पार्टीका नेताहरू र  विभिन्न विषय विज्ञबाट प्रशिक्षण दिइने भएको छ । 

पार्टीको केन्द्रीय स्कुल विभाग र स्थानीय विकास विभागको संयुक्त आयोजनामा तुल्सीलाल स्मृति प्रतिष्ठानको सभा हल, च्यासल, ललितपुरमा हुने अनुशिक्षणमा नेकपा (एमाले)बाट स्थानीय तहमा निर्वाचित पालिका प्रमुख र उपप्रमुख गरी करिब चार सय जनाको सहभागिता रहने छ । 

अनुशिक्षणको उद्घाटन सत्रमा अध्यक्ष ओलीले सम्बोधन र दिशानिर्देश गर्नुहुने छ भने समापनमा महासचिव शङ्कर पोखरेलले समसामयिक राजनीतिक परिवेश र स्थानीय तहका जनप्रतिनिधिहरूबाट पार्टीको भूमिका विषयमा सम्बोधन गर्नुहुने छ । 

जनप्रतिनिधिहरूलाई स्थानीय तहको ठाडो र तेर्सो अन्तरसम्बन्ध, समन्वय र साझेदारी तथा पार्टीको भूमिका विषयमा उपमहासचिव तथा स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीले प्रशिक्षित गर्नुहुने भएको छ भने स्थानीय तहमा रोजगारी, श्रम र उत्पादनशीलता विषयमा स्थायी कमिटी सदस्य डा.बिन्दा पाण्डे र स्थानीय तह सञ्चालन सम्बन्धी निर्देशिका र अन्य कार्य योजनाका विषयमा पोलिटब्युरो सदस्य देवेन्द्र दाहालले प्रशिक्षण दिनुहुने भएको छ ।  

त्यसैगरी, अनुशिक्षणमा स्थानीय तहको कार्यक्षेत्र, कार्यक्रमहरूको प्राथमिकीकरण र बजेट तर्जुमा विषयमा नेपाल सरकारका पूर्व सचिव शिशिरकुमार ढुङ्गाना, स्थानीय तहको स्रोत परिचालन, वैकल्पिक लगानी र विकास व्यवस्थापन विषयमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पूर्व कार्यकारी अधिकृत सुशील ज्ञवाली र स्थानीय तहमा सुशासन, सेवा प्रवाह र जनशक्ति व्यवस्थापन विषयमा गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालका पूर्व कार्यकारी निर्देशक विमल पोखरेलले प्रशिक्षण दिनुहुने छ ।

त्यस्तै, स्थानीय तहमा सूचना प्रविधिको प्रयोग र प्रचार प्रसार विषयमा अस्गर अलि र उहाँको टिमको प्रस्तुति रहने छ भने अनुशिक्षण सबै प्रशिक्षक र विषय विज्ञसँग सहभागीहरूको अन्तरक्रियात्मक हुने गरी कार्यक्रम बनाइएको छ । 

बागमती सरकारले प्रदेशभित्र चल्ने सार्वजनिक यातायातको भाडा घट्यो

काठमाडौं – बागमती सरकारले प्रदेशभित्र चल्ने सार्वजनिक यातायातको भाडा घटाएको छ । भोलि राजपत्रमा प्रकाशित भएपछि नयाँ भाडादर लागू हुने श्रम, रोजगार तथा यातायात मन्त्रालयले जनाएको छ ।

नयाँ भाडादर अनुसार अब सार्वजनिक गाडी चढ्दा न्यूनतम १७ रूपैयाँ लाग्ने भएको छ यसअघी सार्वजनिक गाडी चढ्दा न्यूनतम २० रूपैयाँ लाग्दै आएको थियो ।

मन्त्रालयका प्रवक्ता शंकरराज पाठकले भन्नुभयो, ” डिजलको मूल्य घटेसँगै प्रदेशले भाडादर समायोजन गरेको हो । भोलि राजपत्रमा प्रकाशित भएपछि नयाँ भाडादर लागू हुनेछ । काठमाडौं उपत्यकाभित्र चल्ने सार्वजनिक यातायातको भाडा ५.९० प्रतिशत घटाउने निर्णय भएको छ । उपत्यका बाहिर चल्ने सार्वजनिक सवारीसाधनको ४.१८ प्रतिशत र मालवाहक सवारीसाधनको ५.६९ प्रतिशत भाडा घट्ने छ ।”

पेट्रोलियम पदार्थमको मूल्य तलमाथि हुँदा भाडा पनि समयोजन हुँदै आएको छ ।

संघीय सरकारले यसअघि नै अन्तरप्रदेश चल्ने सार्वजनिक सवारीमा भाडादर समायोजन गरिसकेको थियो ।

राष्ट्रपति पौडेलद्वारा भोटो जात्रा अवलोकन

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले जावलाखेलमा आज अपराह्नमा आयोजित भोटोजात्रामा सरिक भइ भोटोजात्रा अवलोकन गर्नुभएको हो । मच्छिन्द्रनाथको रथ लगनखेलबाट जावलाखेल पु¥याइएको चौथो दिन भोटो देखाउने परम्पराअनुसार आज राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा गुठी संस्थान ललितपुरका कर्मचारीले भोटो देखाउनुभएको हो । सो अवसरमा राष्ट्रपति पौडेलले रातो मच्छिन्द्रनाथको दर्शन गर्नुका साथै प्रसाद ग्रहण गर्नुभयो । उहाँले जीवित देवी कुमारीको दर्शन पनि गर्नुभयो । 

गत वैशाख ११ गतेदेखि सुरु भएको रथ जात्रा आज भोटो देखाएसँगै यस वर्षका लागि जात्रा सम्पन्न भएको छ । भोटोजात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ तथा मन्त्रीहरु सहभागी हुनुहुन्थ्यो । भोटोजात्रा हेर्न आम नागरिकको उल्लेख्य उपस्थिति थियो ।

रेशम चौधरीलाई कानूनविपरीत आममाफी दिने  तयारी, निवेदन बोकेर राष्ट्रपति कार्यालयमा पुगे प्रचण्ड

काठमाडौँ –  सरकारले टीकापुर घटनामा दोषी ठहर भएका पूर्वसांसद रेशम चौधरीलाई कानूनविपरीत आममाफी दिने  तयारी गरेकाे छ  ।

सर्वोच्चले गरेको फैसलाको पूर्णपाठ समेत नआउँदै सरकारले  राष्ट्रपति कार्यालयलाई  सजाय माफीकाे सिफारिस गरेकाे हाे  । 

सजाय माफी माग गरिएको चौधरीको निवेदन गृह मन्त्रालयमार्फत राष्ट्रपति कार्यालय पुगिसकेकाे छ । चौधरीको निवेदन लिएर बुधबारै राष्ट्रपति कार्यालय पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितको टोलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटेर संविधान र  कानुनबमोजिम चौधरीलाई गणतन्त्र दिवसका दिन सजाय माफी दिने प्रक्रियाबारे छलफल गरेका थिए । 

राष्ट्रपतिका कानुनी सल्लाहकार बाबुराम कुँवरले चौधरीलाई बाँकी सजाय माफी दिन माग गरिएको निवेदन राष्ट्रपति कार्यालय पुगेको बताउनुभयाे । राष्ट्रपति कार्यालयको राय लिएपछि गृह मन्त्रालयले सजाय माफीको प्रस्ताव मन्त्रिपरिषद्‌मा लैजानेछ ।

२०७२ भदौमा ७ जना सुरक्षाकर्मी र एक नाबालकको मृत्यु हुने गरी भएको हिंसात्मक टीकापुर घटनामा दोषी ठहर भई चौधरीले जन्मकैदको सजाय पाएका छन् ।   जन्मकैदको सजायअनुसार, २० वर्ष कैद भुक्तान गर्नुपर्ने चौधरी १५ फागुन, २०७४ देखि थुनामा छन् ।

आर्थिक सङ्कट समाधानमा सहकार्य जरुरी : महासङ्घ अध्यक्ष ढकाल

काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासङ्घले अहिलेको आर्थिक सङ्कट समाधानका लागि सहकार्यका गर्न विकास साझेदारसमक्ष आग्रह गर्नुभएको छ ।

समस्या समाधानका लागि रणनीति तय गर्ने, लगानीको वातावरण बनाउने, दक्ष जनशक्ति उत्पादन तथा रोजगारी सृजना गर्ने प्रमुख प्राथमिकतामा सहकार्य गर्न उहाँले आग्रह गर्नुभयो ।

नेपालका लागि संयुक्त राष्ट्र सङ्घका आवासीय संयोजक हाना सिङ्गरलाई महासङ्घ सचिवालयमा स्वागत गर्दै अध्यक्ष ढकालले निजी क्षेत्र र विकास साझेदारबीच सहकार्य बढाउन आग्रह गर्नुभएको हो ।

भेटवार्तामा दिगो विकासका लक्ष्य प्राप्ति र अतिकम विकसित मुलुकबाट स्तरोन्नतिबाट पर्न सक्ने प्रभाव न्यूनीकरणका लागि सहकार्य गर्ने विषयमा छलफल भएको महासङ्घले जनाएको छ ।

साना तथा मझौला उद्योग व्यवसायको क्षमता विकास, दक्ष जनशक्ति उत्पादन, निजी क्षेत्र र तीनवटै तहका सरकारसँगको सहकार्यलगायतका विषयमा सहकार्य गर्नेबारे पनि छलफल भएको थियो ।

अध्यक्ष ढकालले महासङ्घको मुलुकभर बलियो सञ्जाल हुनुका साथै तल्लो तहसम्म पुग्न सक्ने संरचना भएकाले दिगो विकासका लक्ष्य पूरा गर्न महासङ्घ महत्वपूर्ण साझेदार हुनसक्ने बताउनुभयो ।

आवासीय संयोजक हाना सिङ्गरले महासङ्घका अध्यक्षले राख्नुभएका विषयलाई आफूले महत्वका साथ लिएको बताउनुभयो । उहाँले दिगो विकासका लक्ष्य र स्तरोन्नतिका विषयमा विशेष चासोको राख्नुभएको थियो । दिगो विकासका लक्ष्य हासिलमा स्तरोन्नतिबाट पर्ने प्रभाव न्यूनीकरणका लागि महासङ्घको भूमिका प्रभावकारी हुने उहाँको भनाइ छ ।

स्तरोन्नतिलाई सहज बनाउन रणनीति तयार पार्ने क्रममा सरकार, निजी क्षेत्र र संयुक्त राष्ट्र सङ्घले सहकार्य गर्न सक्ने उहाँले बताउनुभयो । औपचारिक भेटमा संयुक्त राष्ट्रसङ्घ नेपाल कार्यालय र महासङ्घ सचिवालयका अधिकारीहरुको उपस्थिति थियो ।

बागमती प्रदेशसभा विनियोजिन विधेयकमाथिको छलफल सम्पन्न

मकवानपुर – बागमती प्रदेशसभामा प्रस्तुत भएको आगामी आर्थिक वर्ष २०८०÷८१ को विनियोजित विधेयकको सिद्धान्त र प्राथमिकताको सम्बन्धमा (कर प्रस्ताव बाहेक) प्रस्तुत विधेयकमाथिको छलफल सकिएको छ ।

बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामाले विनियोजित विधेयकमाथिको उठेका प्रश्नको जवाफ दिँदै सरकारले दलगत स्वार्थ नराखी बजेटमा आर्थिक समृद्धिलाई उच्च प्राथमिकतामा राख्ने बताउनुभयो ।

उहाँले प्रदेशसभा सदस्यहरुले उठाउनुभएको विषयलाई आत्मसात गरी सबै जिल्लालाई सडक सञ्जालमा जोड्ने, बाढीपहिरोबाट प्रभावित हुने क्षेत्रलाई सम्बन्धित निकायमार्फत तटबन्धनको निर्माण गर्न, पीडित परिवारलाई उद्धार गरी पुनःस्थापनलाई तीव्रता दिन सम्बन्धित जिल्ला प्रशासनलाई स्रोतसाधन र निर्देशन पठाइसकेको जानकारी दिनुभयो ।

उहाँले गत वैशाख २५ गते मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले सबै राजनीतिक दलका शीर्ष नेतासँग आगामी आवको बजेट बिनियोजनबारे छलफल गर्नुभएको जानकारी दिनुभयो । मन्त्री लामाले आगामी आवको बजेटमा सरकारले स्वास्थ्य र शिक्षाको गुणस्तरलाई अभिवृद्धि गर्न रणनीतिक कार्यक्रम समेट्ने बताउनुभयो ।

प्रदेशका विभिन्न जिल्लामा कृषि उत्पादन, मौसमी तरकारी खेती, पशुपक्षी पालनलाई प्राथमिकतामा राखी दूधजन्य पदार्थलाई सर्वसाधारणको पहुँजमा पुु¥याउन किसानलाई अनुदान गर्ने लक्ष्य लिइएको उहाँको भनाइ छ ।

विनियोजित विधेयक २०८० को लागि सैद्धान्तिक र प्राथमिकतामाथि तीन दिनसम्म भएको छलफलमा सहभागी भई प्रदेशसभाका सदस्यले राखेको सुझावलाई इमान्दारीपूर्वक नीति तथा कार्यक्रम र बजेटमा समावेश गरिने उहाँको भनाइ छ ।

प्रदेशसभा सदस्यहरुले वन्यजन्तु आरक्ष क्षेत्रको नजिकै पर्ने मानवबस्तीमा हिंस्रक वन्यजन्तुको आक्रमणबाट सर्वसाधारण नागरिकको मृत्यु भएको र ती परिवारलाई सरकारले राहत उपलब्ध गराउनुपर्ने माग गर्नुभएको थियो ।

साथै प्रदेशसभा सदस्यहरुले आदिबासी जनजाति र दलित बस्तीमा भोकमरीको समस्या उत्पन्न हुने भएकाले तत्कालै उनीहरुलाई कृषि उत्पादनका लागि सिँचाइको प्रबन्ध र ऋण उपलब्ध गराउनुपर्ने र हेटौँडाबाट काठमाडौँ जोड्ने निर्माणधीन कुलेखानी–सिस्नेरी–फाखेल सडकलाई सरकारले अनुगमन गरी यथाशीघ्र निर्माण प्रारम्भ गर्न जोड दिनुभएको थियो ।

रुकुम पश्चिममा जीप दुर्घटना अपडेट : जीप दुर्घटनामा मृत्यु हुने पाँचै जनाको पहिचान खुल्यो

रुकुम – रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका- ८ दुलीमा भएको जीप दुर्घटनामा मृत्यु हुने पाँचै जनाको पहिचान खुलेको छ ।

आज बिहान भएको जीप दुर्घटनामा चारजनाको घटनास्थलमा र एकजनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो ।

दुर्घटनामा मृत्यु हुनेमा सानीभेरी गाउँपालिका-५ का ४८ वर्षीय देउचन खत्री, सोही ठाउँका ७० वर्षीय कर्ण बाँठामगर, बाँफिकोट गाउँपालिका- ८ की २२ वर्षीया रेखा केसी खनाल र उहाँको २२ दिनको छोरा रोशन केसीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक विष्णुकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

दुर्घटनामा परी सानीभेरी गाउँपालिका– ५ कै २३ वर्षीया शीतला कुसारीको अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको उहाँको भनाइ छ ।

दुर्घटनामा परेर १० जना घाइते भएका छन् । घाइतेमध्ये चार जनालाई उपचारका लागि शिक्षण अस्पताल कोहलपुर पठाइएको छ । उनीहरुलाई हेलिकप्टरमार्फत पठाइएको हो ।

घाइने हुनेमा सानीभेरी गाउँपालिका ५ का ४० वर्षीय प्रेम बाँठा मगर, सोही वडाका २२ वर्षीय ललित बाँठा मगर, दुई वर्षीय प्रसिद्ध कुसारी र २० वर्षीया अनिता केसी रहेको प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयो ।

अन्य घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल सल्लेमा ल्याइएको छ । सानीभेरी गाउँपालिका– ५ का ४६ वर्षीय कर्णवीर पुन, सोही वडाकी १७ वर्षीया मनिषा बस्नेत, १७ वर्षीया रीता खत्री, २१ वर्षीया कल्पना केसी, ४६ वर्षीया गम्भीर कुसारी र ३५ वर्षीय दीपक बाँठा मगरको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ ।

सानीभेरी गाउँपालिका–५ हाँसुदेखि जिल्ला सदरमुकाम जाँदै गरेको लु १ ज १७४७ नं को जीप आज बिहान दुलीको मोचेखोलामा दुर्घटनामा परेको थियो । उकालोमा अनियन्त्रित भएर जीप दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

चिनियाँ दूतावासको टोली र रास्वपाका पदाधिकारीबीच भेटवार्ता

काठमाडौं – नेपालका लागि चिनियाँ दूतावासको टोलीले राष्ट्रिय स्वतन्त्र पार्टीका पदाधिकारीसँग भेटवार्ता गरेको छ ।

बिहीबार बसुन्धरास्थित रास्वपाको कार्यालयमा पुगेको चिनियाँ दूतावासका डिसिएम वाङ शिन नेतृत्वको टोलीले रास्वपाका पदाधिकारीसँग भेटवार्ता गरेको हो । 

सो भेटमा रास्वपाका उपसभापति डोलप्रसाद अर्याल, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, केन्द्रीय सदस्य प्रतिभा रावल लगायतको सहभागिता थियो ।  सो भेटघाटमा नेपाल र चीनका आपसी चासोका विषयहरूमा छलफल भएको रास्वपाले जनाएको छ । 

नेपाली राजदूत शर्माले भेटे भारतीय विदेशमन्त्री जयशंकरलाई

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमण जाने भनिएका बेला भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले दिल्लीमा कूटनीतिक भेटघाट थालेका छन् ।

यही १७ जेठबाट प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जाने भनिएका बेला बिहीबार राजदूत शर्माले भारतीय विदेशमन्त्री डा एस एस जयशंकरसँग भेटवार्ता गरेका छन् । 

बिहीबार बिहान राजदूत शर्मा र आफूबीच भेटवार्ता भएको विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी दिएका छन् । 

भेटवार्ताको तस्बिरसहित उनले आफूहरुबीच दुई देशबीचको  गहिरो र बहुपक्षीय साझेदारीको बारेमा छलफल भएको र आगामी दिनमा यसलाई थप विस्तार गर्ने प्रतिबद्धता जनाइएको जानकारी दिएका छन् । 

१७ जेठबाट प्रधानमन्त्री प्रचण्डले भारत भ्रमण गर्ने भनिए पनि यसको औपचारिक रुपमा मिति सार्वजनिक गरिएको छैन । 

बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम यही जेठ १४ मा

बागमती – बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम यही जेठ १४ गते प्रस्तुत गर्ने भएको छ ।

प्रदेशसभाको आजको बैठकमा सभामुख भुवनकुमार पाठकले नीति तथा कार्यक्रम प्रदेश सरकारको तर्फबाट प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रस्तुत गर्नुहुने जानकारी दिनुभयो ।

सभामुख पाठकले उक्त दिन प्रदेशसभाका सदस्यलाई औपचारिक पोसाकमा उपस्थित हुन अनुरोध गर्नुभयो ।

लुम्बिनी प्रदेशमा वैदेशिक लगानीका ६७ उद्योग सञ्चालनमा

बुटवल – लुम्बिनी प्रदेशमा वैदेशिक लगानीका ६७ उद्योग सञ्चालनमा रहेका छन् । त्यसमध्ये साना ३४, मझौला १६ र ठूला १७ रहेको बताइएको छ ।

बुटवलमा आयोजित अन्तर्राष्ट्रिय वित्त निगम (आइसिएफ)सँगको अन्तक्र्रिया कार्यक्रममा लुम्बिनी प्रदेशमा व्यवसायको सम्भावना र चुनौतीका विषयमा भनाइ राख्दै नेपाल उद्योग वाणिज्य महासङ्घका सदस्य तथा बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष उज्ज्वलप्रसाद कसजुले उक्त तथ्याङ्क प्रस्तुत गर्नुभएको हो ।

उहाँले लुम्बिनी प्रदेश वैदेशिक लगानीको आकर्षक क्षेत्र पनि रहेको जनाउँदै वैदेशिक लगानी पहिलो रोजाइ सेवामूलक, उत्पादनमूलक र पर्यटन क्षेत्रमा रहेको भनाइ राख्नुभयो । त्यसबाहेक लुम्बिनी प्रदेशमा ठूला आठ सय ८२, घरेलु तथा साना उद्योग करिब २५ हजार र करिब एक लाख ५० हजार व्यावसायिक प्रतिष्ठान रहेको उहाँले जानकारी गराउनुभयो ।

तराईका छ र पहाडका छ गरी १२ जिल्ला रहेको लुम्बिनी प्रदेशको जम्मा क्षेत्रफल २२ हजार दुई सय ८८ वर्ग किमी छ । यो प्रदेशमा प्रचुर कृषि भूमि तथा प्राकृतिकरुपमा धनी प्रदेशका रुपमा रहेकाले कृषिजन्य तथा वन पैदावारमा आधारित उद्योग तथा पर्यटन उद्योगमा राम्रो सम्भावना देखिएको उहाँले जानकारी गराउनुभयो । उहाँका अनुसार राष्ट्रिय कूल गार्हस्थ उत्पादनमा लुम्बिनी प्रदेशको करिब १४ प्रतिशत योगदान रहेको छ ।

लुम्बिनीमा दुई औद्योगिक क्षेत्र र भैरहवामा विशेष आर्थिक क्षेत्र रहेका छन् । त्यसबाहेक पनि भैरहवा–लुम्बिनी, बुटवल–भैरहवा, भैरहवा–परासी, परासी–भुमही मुख्य औद्योगिक करिडोर रहेका छन् । यी करिडोरमा मात्रै लुम्बिनी प्रदेशमा रहेका कूल उद्योगको ५० प्रतिशत उद्योग रहेका छन् । त्यसैगरी रुपन्देहीमा प्रस्तावित मोतिपुर औद्योगिक क्षेत्र र बाँकेमा नौवस्ता औद्योगिक क्षेत्र रहेका छन् । यी औद्योगिक क्षेत्रको निर्माण र सञ्चालनको ढिलाइले उद्योग विस्तार तथा वैदेशिक लगानीमा तीव्रता आउन नसकेको उहाँले बताउनुभयो ।

त्यस्तै सिद्धार्थनगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष ठाकुर श्रेष्ठले प्रदेशमा लगानीको राम्रो सम्भावना भए पनि नीतिगत अस्पष्टताका कारण पर्याप्त लगानी आकर्षण हुन नसकेको र लामो समयदेखिको बैंक तथा वित्तीय संस्थामा उत्पन्न भएको लगानी योग्य पुँजीको अभाव एवं ब्याजदरमा भएको अस्वाभाविक वृद्धिका कारण भएका उद्योग प्रतिष्ठान पनि धान्न मुस्किल भएको बताउनुभयो ।

कार्यक्रममा अन्तर्राष्ट्रिय वित्त निगम (आइसिएफ)का प्रमुख, आवासीय प्रतिनिधि बाबाकर एस फेइले आइएफसी विश्व बैंक समूहको सदस्य उदीयमान बजारमा निजी क्षेत्रमा केन्द्रित सबैभन्दा ठूलो विश्वव्यापी विकास संस्था रहेको र विकासशील देशमा बजार र अवसर सिर्जना गर्न पुँजी, विशेषज्ञता र प्रभाव प्रयोग गरेर सयभन्दा बढी देशमा काम गर्दै आएको जानकारी गराउनुभयो ।

यसले निजी क्षेत्रसँगको साझेदारीमा अत्यावश्यक सेवा विद्युत्, दूरसञ्चार, यातायात, खानेपानी र सरसफाइजस्ता पूर्वाधार परियोजना विकास गर्न दीर्घकालीन वित्तपोषण र उद्योग–अग्रणी विशेषज्ञता प्रदान गर्ने उहाँले जानकारी गराउनुभयो । उहाँका अनुसार आइएफसी माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनामा चार सय ५३ मिलियन डलरको ऋण फाइनान्सिङ प्याकेजको प्रमुख प्रबन्धक हो । त्यो नेपालमा सबैभन्दा ठूलो विदेशी प्रत्यक्ष लगानी हो । सो कार्यक्रममा यस क्षेत्रका उद्योगी व्यवसायीको सहभागिता रहेको थियो ।

ब्यूँतिएला गोरखकाली रबर उद्योग ?

गण्डकी – रुग्ण गोरखकाली रबर उद्योगलाई पुरानै स्थितिमा फर्काउने सरकारको घोषणा कार्यान्वयन होला त भन्ने प्रश्न फेरि सतहमा आएको छ । सरकारले हालै सार्वजनिक गरेको आउँदो आव २०८०/८१ को नीति तथा कार्यक्रममा बन्द अवस्थामा रहेको सो उद्योग पुनःसञ्चालनमा ल्याउने उल्लेख छ ।

सरकारको उक्त निर्णयले आशा जगाएको भए पनि घोषणा कार्यान्वयन हुनेमा भने जनस्तरमा संशय छ । यसअघि पनि पटकपटक गोरखकाली रबर उद्योगलगायत बन्द तथा रुग्ण अवस्थामा रहेका स्वदेशी उद्योग चलाउने सरकारी प्रयासले सार्थकता पाउन सकेको थिएन । गोरखकाली देशकै एकमात्र टायर उत्पादन गर्ने उद्योग हो ।

विसं २०४९ साउनदेखि व्यावसायिक उत्पादन थालेको सो उद्योग व्यवस्थापनको कमजोरीका कारण विसं २०७२ देखि पूर्णरुपमा बन्द छ । सरकारले उद्योगमा कार्यरत दुई सय ८० कर्मचारीलाई विसं २०७६ फागुनमा रु ९६ करोड दायित्वसहित अवकाश दिएको थियो । अहिले उद्योगको रेखदेखका लागि करारका कर्मचारी र सुरक्षागार्ड छन् ।

उद्योगका प्रशासन अधिकृत दिनेश कार्कीले सरकारले चाहेमा अहिले भएकै पूर्वाधारबाट उद्योग पुनःसञ्चालन गर्न सकिने बताउनुभयो । “पचास/६० वर्षलाई थेग्ने गरी उद्योगको भौतिक संरचना बनेको छ”, उहाँले भन्नुभयो, “बिग्रेका उपकरण र प्रविधि फेर्न थप लगानी भने गर्नुपर्छ ।”

अधिकृत कार्कीका अनुसार उद्योगबाट ‘बायस’ प्रविधिको टायर र ट्युब उत्पादन हुँदै आएको थियो । अहिले भारतीय बजारबाट ‘रेडियल’ अर्थात् ‘ट्युबलेस’ प्रविधिको टायर नेपाल भित्रने गरेको छ । नेपालको भू–बनोट र सडकको स्तरअनुसार अझै केही दशक बायस प्रविधिकै टायर प्रयोगमा ल्याउन सकिने उहाँको भनाइ छ ।

“रेडियल प्रविधिमा जाने हो भने रु ५० करोडभन्दा बढी लगानी चाहिन्छ, यो प्रविधि महँगो छ”, अधिकृत कार्कीले भन्नुभयो । उद्योग बन्द हुनुपूर्व २५ वर्षसम्म उहाँले त्यहाँ कर्मचारीका रुपमा काम गर्नुभएको थियो । अहिले उद्योगको संरक्षण र रखेदेखका लागि उद्योग मन्त्रालयले उहाँलाई करारमा खटाएको छ ।

“सहसचिवको नेतृत्वमा बनेको अध्ययन कार्यदलले पनि यो उद्योगलाई पुनःसञ्चालन गर्न सकिने भनेर औँल्याएको छ”, अधिकृत कार्कीले भन्नुभयो, “सरकारको नीति तथा कार्यक्रममा पनि समावेश भएपछि उद्योग चल्नेमा आशा जागेको छ, मुख्यरुपमा उद्योग मन्त्रालयले नै यसमा पहल लिनुपर्छ ।”

गोरखाको गोरखा नगरपालिका–१३ मजुवा देउरालीको छ सय ६५ रोपनी क्षेत्रफलमा फैलिएको उद्योगमा झण्डै रु १० अर्ब बराबरको सम्पत्ति छ । उद्योगको जग्गा, भवन, वन सम्पदा, उपकरण आदिको संरक्षण प्रयास भए पनि लामो समयसम्म सञ्चालनमा नआउँदा जीर्ण बन्दै गएका छन् ।

गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानामगरले सार्वजनिक–निजी साझेदारी अवधारणाबाट उद्योग चलाउनुपर्ने धारणा राख्नुभयो । “सरकारको मात्रै बाटो हेरेर हुँदैन, यसलाई थ्री पी मोडलमा लैजानुपर्छ”, उहाँले भन्नुभयो, “उद्योग पुनःसञ्चालनबारे चीन र नेपालका विज्ञसँग छलफल भइरहेको छ, उद्योग चलाउन हामी लागिपरेका छौँ ।”

गुणस्तरीय टायर स्वदेशमै उत्पादन गर्नसक्ने उद्योग लामो समयसम्म बन्द हुनु दुर्भाग्य भएको उहाँको भनाइ छ । “बजारमा रहेको भारतीय टायरको वर्चश्व तोड्न र नेपाली टायरलाई प्रतिस्पर्धी बनाउन पनि यो उद्योग सञ्चालन गर्नैपर्छ”, प्रमुख रानामगरले भन्नुभयो, “स्वदेशी उत्पादनको प्रवद्र्धन र रोजगारी सिर्जनामा यसले ठूलो मद्दत पु¥याउँछ ।”

राजनीतिक प्रभाव, कमजोर व्यवस्थापन, बजार प्रवद्र्धनको कमी जस्ता कारणले उद्योग बन्द हुन पुगेको उहाँको भनाइ छ । उहाँले लगानी र नयाँ प्रविधि भित्र्याएर भए पनि उद्योग सञ्चालन गर्नुपर्ने बताउनुभयो । गोरखाका राजनीतिकर्मी, व्यवसायीलगायत जनसाधारणले लामो समयदेखि सो उद्योग सञ्चालनको माग गर्दै आएका छन् ।

गोरखा उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णकुमार श्रेष्ठले उद्योग चलाउने विषयमा गण्डकी प्रदेशका मुख्यमन्त्रीदेखि प्रधानमन्त्रीसम्मको ध्यानाकर्षण गराइएको बताउनुभयो । “सरकारले नीति तथा कार्यक्रममार्फत उद्योग पुनःसञ्चालन गर्ने घोषणा गरेपछि गोरखाका उद्योगी व्यवसायी खुसी छौँ, हामीले पटकपटक यो माग राख्दै आएका थियौँ, अब निर्णय कार्यान्वयनमा ढिलाइ नहोस्”, उहाँले भन्नुभयो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखाबाट चुनाव लड्दा गोरखकाली रबर उद्योग सञ्चालनमा ल्याइने प्रतिबद्धता जनाउनुभएको थियो । गृहमन्त्री, गण्डकीका मुख्यमन्त्री, सभामुखलगायत उच्च पदमा गोरखाकै राजनीतिक नेतृत्वमा रहेकाले उद्योग सञ्चालनमा उचित पहलकदमी हुनेमा गोरखाबासी आशावादी छन् ।

गण्डकी प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापाले गोरखकाली रबर उद्योग सञ्चालनका लागि सङ्घी सरकारसँग साझेदारी गर्न प्रदेश सरकार तयार रहेको बताउनुभयो । “हाम्रै प्रदेशमा पर्ने भएकाले प्रदेश सरकारको पनि यसमा स्वाभाविक दायित्व रहन्छ”, उहाँले भन्नुभयो, “प्रदेशमा उद्योगधन्दाको विकास र स्थानीय उत्पादनको प्रवद्र्धन प्रदेश सरकारको प्राथमिकतामा छ ।”

मन्त्री थापामगरले रोजगारी वृद्धिसँगै राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ पार्न बन्द अवस्थामा रहेका सबै स्वदेशी उद्योग पुनःसञ्चालनमा ल्याउनुपर्ने उल्लेख गर्नुभयो । “अहिले अर्थतन्त्रमा जे समस्या देखापरेको छ, यसको समाधानका लागि आफ्नै स्रोत, सीप र प्रविधिमा आधारित उद्योगधन्दा खोल्नुपर्छ, रोजगारी सिर्जना गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

सरकारले गोरखकाली रबर उद्योगसँगै हेटौँडा कपडा उद्योग र बुटवल धागो कारखाना पुनःसञ्चालनको घोषणा गरेको हो । लामो समयदेखि बन्द तथा रुग्ण अवस्थामा रहेका उद्योग सञ्चालन, खारेजी, एकीकरण वा व्यवस्थापनका विषयमा अध्ययन गर्न उच्चस्तरीय अध्ययन समितिसमेत गठन गर्ने सरकारको तयारी छ ।रासस

शरणार्थी प्रकरणमा : पीडितसँग २८ करोड भन्दा बढि रकम असुलेको खुलासा,कसले कति असुले ? (सूचीसहित)

काठमाडौँ – नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न अभियुक्तले पीडितसँग २८ करोड भन्दा बढि रकम असुलेको खुलेको छ ।

अभियुक्तले एक सय १५ पीडितसँग २८ करोड ८१ लाख ७४ हजार ५०० रुपैयाँ असुल गरेको खुलेको हो । शरणार्थी प्रकरणमा सबैभन्दा धेरै रकम असुल गर्ने बिचौलिया सन्देश शर्मा रहेका छन् । जिल्ला सरकारी वलिक कार्यालय तयार गरेको अभियोग पत्र अनुसार उनले मात्रै बिभिन्न ७७ जनासँग १२ करोड ८४ लाख रुपैयाँ असुल गरेका थिए । उनले उक्त रकम गजेन्द्र बुढाथोकी र रामकुमार केसीमार्फत असुल गरेका थिए ।

बुढाथोकीकै जाहेरीका आधारमा घटनामा संलग्न अन्यको नामावाली खुलेको थियो । त्यसपछि सबैभन्दा धेरै रकम असुल गर्ने सागर राई, केशव दुलाल, सानु भण्डारी, अशोक पोखरेल, गोविन्द चौधरी, आशिष बुढाथोकी, मोहन राई, धेरेन राई, दिवाकर बुढाथोकी, रामशरण केसी र दिपा हुमागाञी रहेका छन् । उनीहरुले २६ जनासँग ७ करोड ६० लाख रुपैयाँ असुल गरेका थिए ।

उनीहरुले उक्त रकम गोकुल भट्टराई, समद दाहाm रबिन्द्र कार्की, कुमार खड्का, प्रदीप फुयाल, मिलन श्रेष्ठ, दिलिप गौतम, खगेन्द्र थेबे, भुवन सिंह लिम्बु, डिलबहादुर कुसारी, पदमसिंह खत्री, शोभाराम क्षेत्री, सन्दीप वली, सुस्मा चन्द, मनबहादुर खत्री,भेषराज शर्मा, समित शिवाकोटीमार्फत उठाएका थिए । त्यसबाहेक समिर शिवाकोटी, रोशन शिवाकोटी, सन्तोष भट्टराई, सुरज घिमिर र प्रेमराज पन्थीमार्फत पनि उनीहरु रकम उठाएका थिए ।

त्यस्तै, आङटावा शेर्पाले जिमा शेर्पिनी, तेन्जीफुटी शेर्पिनी, जिमा शेर्पा, पेम्बा शेर्पा, लमडोमा शेर्पा र सोनी शेर्पासँग ५४ लाख रुपैयाँ असुल गरेका थिए । पीडित मध्ये रोशन खत्री, प्रविण कार्की, राजु केसी, उद्धव तिवारी, जितबहादुर धिमाल, बिजय खरेल, आशिष सिटौला, चिरन्जिवि खरेल, प्रदीप कार्की, रोशन पराजुली र कुलबहादुर बस्नेतले नक्कली भुटानी शरणार्थी बन्न १ करोड १४ लाख रुपैयाँ बुझाएका छन् । तर, उनीहरुसँग रकम असुल गर्नेहरुको नामावली भने सार्वजनिक गरिएको छैन ।

शरणार्थी प्रकरणमा एमाले नेतामाथि राजनीतिक प्रतिशोध साँध्ने षड्यन्त्र भयो : युवा संघ

​​​​​​​काठमाडौं‍ – नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ, नेपालले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले नेताहरूमाथि प्रतिशोध साँध्न खोजेको आरोप आरोप लगाएको छ।

आज उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आठ बुँदे माग पत्र बुझाउँदै युवा संघले नक्कली भुटानी शरणार्थी प्रकरणलाई राजनीतिक रंग नदिन माग गरेको छ।

सो प्रकरणको सत्यतथ्य छानबिन गर्न माग गर्दै युवा संघको केन्द्रीय कमिटीले बुझाएको ज्ञापनपत्रका एमाले नेता र अख्तियारका प्रमुख आयुक्तमाथि प्रतिशोध साँध्न खोजेको उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ, ‘अभियुक्तहरूले प्रहरी हिरासतमा दिएको बयानलाई नै प्रभावित हुनेगरी कतिपय उच्च प्रहरी अधिकारी र प्रशासनिक अधिकारीको समेत योजनामा कतिपय अभियुक्तहरूको थप बयान लिएर नेकपा एमालेका नेताहरू, अख्तियारका प्रमुख आयुक्त समेतलाई आरोप लगाउनले बदनाम गराउने र सोही बयानलाई आधार बनाएर कानूनी कारबाही गर्ने राजनीतिक प्रतिशोध लिने तहसम्मको षड्यन्त्र भएको महसुस भएको छ।’

अनुसन्धानको क्रममा घटनाको प्रारम्भ प्रतिवेदन परिवर्तन गर्ने क्रममा संलग्न र मानव तस्करीमा संलग्न व्यक्तिहरूभन्दा पनि राजनीतिक उद्देश्यले अनुसन्धानलाई तोडमोड गर्ने गराउने कार्य भएको कुरा अभियोग पत्र अध्ययन गर्दा स्पष्ट भएको गृहमन्त्रीलाई बुझाइएको पत्रमा उल्लेख छ।

अनुसन्धानको प्रत्येक विवरण मिडियामार्फत् सार्वजनिक गर्ने कार्यबाट र व्यक्तिगत तथा राजनीतिक स्वार्थका आधारमा अनुसन्धानलाई प्रभावित गर्ने कार्य भएको युवा संघले जनाएको छ।

हेर्नुस् युवा संघको विज्ञप्ति

शरणार्थी प्रकरण : आफ्नो पीएसओमार्फत टेकनारायण पाण्डेले जम्मा गराएका थिए ८५ लाख भन्दा बढि रकम

काठमाडौँ – नक्कली शरणार्थी प्रकरणमा तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले २०७८ मंसिर २ गतेदेखि २०७९ जेठ २३ गतेसम्म आफ्नो विभिन्न बैंक खातामा ८४ लाख भन्दा बढि जम्मा गरेको खुलेको छ ।

उनले करिब ८ महिनाको अबधिमा मात्र ८४ लाख ९५ हजार रुपैयाँ जम्मा गरेको खुलेको छ । उनले आफ्नो व्यक्तिगत सुरक्षा गार्ड (पीएसओ) मार्फत बैंक खातामा पैसा जम्मा गर्दै आएको पाइएको छ ।

प्रतिवादी केशवप्रसाद दुलालले तत्कालीन गृहसचिव पाण्डेलाई बुझाएको १ करोड २४ लाख ५० हजार नगदमध्ये पाण्डेले ८ महिनाको अवधिमा ८४ लाख ९४ हजार रुपैयाँ आफ्नो खातामा जम्मा गरेको पाइएको हो ।

पाण्डेले आफ्नो सञ्चय कोष, नागरिक लगानी कोष र हिमालयन बैंकको खातामा ८४ लाख ९४ हजार ९८ रुपैयाँ जम्मा गरेको पाइएको हो ।

प्रहरीले प्रमाणका रूपमा पेश गरेको बैंक भौचर सहितका कागजातका अनुसार उनले २०७८ मंसिर २२ गते एभरेष्ट बैंकमा २ लाख नगद, सन् २०२१ डिसेम्बर ९ तारेखमा हिमालय बैंक लिमिटेडमा ९ लाख ४० हजार ६४२ रुपैयाँ नगद जम्मा गरेका थिए ।

त्यसैगरी २०७८ फागुन ११ गते पाण्डेले एभरेष्ट बैंकमा २१ लाख ५० हजार नगद, २०७८ फागुन २३ गते एभरेष्ट बैंकमा ५७ हजार ४५३ रुपैयाँ, २०७८ फागुन २६ गते हिमालय बैंक लिमिटेडमा १२ लाख ३ हजार ८३२ रुपैयाँ नगद जम्मा गरेका थिए ।

त्यसैगरी २०७८ मंसिर १५ गते एभरेष्ट बैंकमा पीएसओको नाममा काटिएको चेकमार्फत ४ लाख रुपैयाँ, २०७९ जेठ २३ गते एभरेष्ट बैंकमा १५ लाख नगद, सन २०२१ चैत ५ गते एभरेष्ट बैंकमा चेकमार्फत ४ लाख २७ हजार १७० रुपैयाँ जम्मा गरेका थिए ।

त्यसैगरी २०७८ मंसिर २ गते ४५ हजार नगद एकपटक र सोही दिन ४ लाख ५५ हजार नगद अर्कोपटक अनि सन् २०२२ जुलाई ११ तारिखमा एभरेष्ट बैंकमा १० हजार नगद जम्मा गरेका थिए ।

पाण्डेले आफ्नो बैंक खातामा जम्मा गराएको रकम विवरण यस्तो छ : –

राष्ट्रिय शहीद स्मारक सम्पन्न गर्न पहल गर्नेछु : उपराष्ट्रपति यादव

काठमाडौँ – उपराष्ट्रपति रामसहायप्रसाद यादवले गोकर्णेश्वर नगरपालिका–४ स्थित यज्ञडोल (जगडोल) सामुदायिक वन क्षेत्रमा निर्माणाधीन राष्ट्रिय शहीद स्मारक सम्पन्न गर्न पहल गर्ने बताउनुभएको छ । मन्त्रिपरिषद्ले स्मारक निर्माण गर्ने निर्णय गरेको १७ वर्ष पूरा गरेको अवसरमा आयोजित १७औँ स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले आफू वन तथा वातावरण मन्त्री हुँदा पनि काम रोकिएर अलपत्र बनेको स्मारकको काम अघि बढाउन सहयोग गरेको स्मरण गर्नुभयो ।

विसं २०६३ वैशाख ११ गते जनआन्दोलनको बलमा स्थापित संसद्ले परिवर्तनका लागि योगदान गर्ने शहीदका नाममा स्मारक बनाउने घोषणा गरेको उपराष्ट्रपति यादवले बताउनुभयो । मुलुकका लागि शहादत हुने शहीदको नाममा निर्माण भइरहेको स्मारक पूरा गर्न सबैको योगदान हुनुपर्ने उल्लेख गर्नुहुँदै त्यसमा आफूले पनि सघाउने बचन दिनुभएको हो । काठमाडौँ निर्वाचन क्षेत्र नं ३ का सांसद सन्तोष चालिसेले राज्यका तर्फबाट सम्बोधन हुनुपर्ने विषयमा केही नहुँदा जनतामा वितृष्णा बढेको उल्लेख गनुृहुँदै जनचासोका विषयको सुनुवाइ हुनुपर्नेमा जोड दिनुभयो ।

छ महिनामा संसद्ले परिवर्तनको अनुभूति दिने गरी काम नगरे ठूलो दुर्घटना हुने भन्नुहुँदै उहाँले त्यसका लागि पक्ष, प्रतिपक्ष नभनी सबै एक भएर काम गर्नुपर्नेमा जोड दिनुभयो । गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसालले स्मारकले ‘शहीद मुकेश कायस्थ हेड इञ्जुरी’ निर्माणका लागि २२ रोपनी जग्गा दिएकामा धन्यवाद दिनुहुँदै रु ३२ करोडको ठेक्का गरी काम अघि बढाइएको जानकारी गराउनुभयो ।

स्मारक निर्माण समितिका अध्यक्ष सुदर्शन सिग्देलले निर्माण सुरु भएको डेढ दशक हुँदा पनि काम सक्न पैसा छैन भन्ने जवाफ आउनु दुःखद् भएको बताउनुभयो । आगामी आर्थिक वर्षमा स्मारकको काम सकाउन वन मन्त्रालयबाट रु नौ करोड, सहरी विकास मन्त्रालयबाट रु १० करोड र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट रु २४ करोड प्राप्त हुने आश्वासन पाएको जानकारी कार्यक्रममा उहाँले गराउनुभएको थियो । कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका पूर्व सदस्य सुदीप पाठक, पूर्व सांसद कृष्ण राई, गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख सान्नानी लामा, नेकपा (माओावादी केन्द्र) काठमाडौँका सचिव महेश्वर फुयाँल, द्वन्द्वपीडित सुरक्षाकर्मी सङ्गठनका अध्यक्ष रीता कार्की, शहीद परिवारका सदस्य द्रोण लामिछानेलगायतले अलपत्र रहेका स्मारकका संरचना छिटो निर्माणको पहल गरिदिन आग्रह गर्नुभएको थियो ।

विसं २०६२÷२०६३ को जनआन्दोलन सफल भएपछि २०६४ साल जेठ ११ गतेको मन्त्रिपरिषद् बैठकले राणा शासनको अन्त्यदेखि दोस्रो जनआन्दोलनसम्म स्वतन्त्रताका लागि लड्ने योद्धाको सम्झनामा गोकर्णको यज्ञडोल (जगडोल) सामुदायिक वनमा राष्ट्रिय शहीद तथा शान्ति स्मारक निर्माण गर्ने निर्णय गरेको थियो । निर्णयपछि गुरुयोजना निर्माण गरी सामुदायिक वनको ६५० रोपनी जग्गामा तत्कालीन शान्ति तथा पुनःनिर्माण मन्त्रालय अन्तर्गत द्वन्द्वोत्तर शान्ति तथा पुनःस्थापना परियोजनामार्फत् काम भएको थियो ।

मन्त्रालय खारेजीमा पनुर््अघि नै स्मारकका पाँच आयोजनाको काम ठप्प भएको थियो । मन्त्रालय खारेजीपछि सहरी विकास मन्त्रालय अन्तर्गत सहरी विकास तथा भवन निर्माण विभागमा परियोजना समावेश गरिएको थियो । सरकारले कार्यविभाजन नियमावली संशोधन गरी २०७५ असार २० गतेको नेपाल राजपत्रमा सूचना प्रकाशित गरी शहरी विकास मन्त्रालय अन्तर्गत आयोजना सञ्चालन गर्ने निर्णय गरेको हो ।

रोकिएका काममा डाँफे–गौरी–सुनौला–खिम्ती जेभीको सबैभन्दा धेरै अर्थात् रु दुई करोड बराबरको काम बाँकी रहेको छ । बोक्खिम शान्ति निर्माण सेवा र सूर्य–जनपद जेभीले पनि काम पूरा गरेका छैनन् । अरु दुई निर्माण कम्पनीले भने काम नगर्ने जनाउ दिएको आयोजनाले जनाएको छ ।

स्मारक निर्माण आयोजना सरकार, समुदाय र निजी साझेदारीमा निर्माण गर्ने गरी विसं २०६७ देखि काम अघि बढाइएको थियो । विसं २०७० मै आयोजना सम्पन्न गरी शहीद स्मारक सञ्चालनमा ल्याउने तयारी गरिएकामा सरकारी ढिलासुस्तीका साथै निर्माण व्यवसायीको आलटालले काम हुननसकेको यज्ञडोल (जगडोल) सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षसमेत रहनुभएका स्मारक निर्माण कार्यदल कार्यसम्पादन समितिका अध्यक्ष सिग्देलले बताउनुभयो ।

गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिका क्षेत्रमा फैलिएको रमणीयस्थलको सामुदायिक वनमा स्वीकृत वन कार्ययोजना अनुसार स्वतन्त्रता र लोकतान्त्रिक शासन व्यवस्था स्थापनाका लागि शहादत प्राप्त गर्ने शहीदको स्मृतिमा स्मारक बनाउने निर्णय भएको थियो ।

निर्माणकार्य जुन गतिमा अगाडि बढ्नुपर्ने हो सो अनुसार बढ्न नसक्नुमा निर्माण व्यवसायीसम्बन्धी समस्या, आठ वर्ष अघिको भूकम्प, त्यसपछि सीमानाकामा भएको अघोषित नाकाबन्दीलगायत कारणले पनि लक्ष्य अनुसारको प्रगति हुनसकेको थिएन । स्मारक निर्माणका लागि कूल लागत रु ४६ करोड ७१ लाख लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । निर्माण ७० प्रतिशत भन्दा बढी सम्पन्न भएको जनाइएको छ ।

आयोजनाको वित्तीय प्रगति ५८ प्रतिशत अर्थात् रु २७ करोडखर्च भएको छ । जसमा ६५० रोपनी क्षेत्रफलभित्र वरिपरि घेरिएको पर्खाल, सडक निर्माण, केही बाटोको ट्र्याक खोल्ने प्रक्रिया अघि बढेको छ । निर्माण सम्पन्न भइसकेपछि सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि लड्ने, देश र जनताका लागि आफ्नो जीवन उत्सर्ग गर्ने शहीदप्रति श्रदासुमन अर्पण गरी उहाँहरुको स्मृतिलाई चिरकालसम्म ताजगी राख्ने पवित्र तीर्थस्थलका रुपमा उपयोग हुने समितिका अध्यक्ष सिग्देल बताउनुहुन्छ ।

स्मारकमा ७२ रोपनी स्मृति क्षेत्र, मनोरञ्जन क्षेत्र एक सय ७२ रोपनी, संस्थागत क्षेत्र ५२ रोपनी, धार्मिक क्षेत्र १५ रोपनी र तीन सय ३९ रोपनी जग्गामा संरक्षित क्षेत्र तथा सहायक एवम् नर्सरी, फोहर व्यवस्थापन आदिका लागि छुट्याइएको आयोजनाले जनाएको छ । आयोजना सुरु भएको १५ वर्ष पूरा हुँदा पनि काम अलपत्र हुँदा स्वतन्त्रताका लागि लड्ने शहीदको योगदानको उपहास भएको गोकर्णेश्वर नागरिक समाजका अध्यक्ष नोर्साङ शेर्पाले बताउनुभयो ।

शहीद स्मारक अलपत्र पर्नुले यसप्रतिको सरकारको धारणा बुझ्न सकिने उहाँको भनाइ छ । पछिल्लो समय स्मारकको केही काम सुरु भए पनि डेढदशकदेखि अलपत्र हुँदा शहीदको अपमान भएको नागरिक समाजका अगुवाको भनाइ छ ।

शरणार्थी प्रकरण शुक्रबारदेखि न्यायाधीशसमक्ष प्रतिवादीको बयान

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका प्रतिवादीहरुको शुक्रबारबाट न्यायाधीशसमक्ष बयान सुरु हुने भएको छ ।

बुधबार जिल्ला अदालत काठमाडौं ३० जनाविरुद्ध मुद्दा दायर भएकाले शुक्रबारबाट न्यायाधीशसमक्ष प्रतिवादीहरुको बयान हुने भएको हो । १४ जना फरार रहेका छन् भने न्यायिक हिरासतमा रहेका १६ जनाको बयान हुनेछ । 

बयान सकिएपछि हुने थुनछेक बहसपछि मात्र प्रतिवादीहरुलाई थुनामा राख्ने वा धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा रिहा गर्ने भन्ने टुंगो लाग्नेछ । 

दुःखी देशहरूको सूचीमा नेपाल ६३ औं स्थानमा

काठमाडौँ – नेपाल दुःखी देशहरूको सूचीमा ६३ औं स्थानमा परेको छ । सन् २०२२ को हान्केको वार्षिक दुःख सूचकांकको सर्वेक्षणमा नेपाल ३७.१८ अंक पाएर दुःखी देशहरुको ६३ औं सूचीमा परेको छ ।

सर्वेक्षणले दुःखको प्रमुख कारण बेरोजगारी देखाएको छ । यस्तै २०२२ मा शीर्ष १ ‘सबैभन्दा खुसी’ देशहरू स्विट्जरल्याण्ड, कुवेत, आयरल्याण्ड, जापान, मलेसिया, ताइवान, नाइजर, थाइल्याण्ड, टोगो र माल्टा परेको छ ।

यसैगरी सबैभन्दा दुःखी देशमा जिम्वाम्वे ४१४.७ अंक पाएर पहिलो नम्बरमा रहेको छ । 

दुःखी सूचकाङ्कको इन्डेक्स वर्षको अन्त्यको बेरोजगारीको योगफल, मुद्रास्फीति, र बैंक-ऋण दरहरू, प्रति व्यक्ति वास्तविक जीडीपीमा वार्षिक प्रतिशत हेरिएको थियो ।

शरणार्थी प्रकरणमा नाम आएका सवैमाथि अनुसन्धान नेकपा एसको माग

काठमाडौँ – नेकपा एकीकृत समाजवादीले नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम आएका सवैमाथि अनुसन्धान गर्नुपर्नेमा जोड दिएको छ ।

पार्टी कार्यालय तीनकुनेमा बिहीबार बसेको समाजवादीको केन्द्रीय सचिवालयको अनौपचारिक बैठकले शरणार्थी प्रकरणमा छलफल गर्दै अव हुन सक्ने सम्भावनाका आधारमा नाम आएका सवैमाथि अनुसन्धान गर्नुपर्नेमा जोड दिएको हो । बैठकमा सरकारको नीति तथा कार्यक्रम, आगामी बजेट सरकार र प्रधानमन्त्रीको भारत भ्रमणका बारेमा पनि छलफल भएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

त्यस्तै बैठकमा पार्टी अध्यक्ष माधव कुमार नेपालले शुक्रबारबाट नर्वेमा हुने आफ्नो भ्रमणका बारेमा पनि जानकारी गराउनुभएको खतिवडाले बताउनुभयो । अध्यक्ष नेपाल नर्वेमा हुने माउन्ट समिटको प्रमुख अतिथिका रूपमा त्यसतर्फ जान लाग्नुभएको खतिवडाले जानकारी दिनुभयो ।

एउटै कुरालाई लिएर मान्छेलाई इरिटेट गर्ने पनि सीमा हुन्छ : रवि लामिछाने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नागरिकता र राहदानीको कुरालाई लिएर आफूलाई इरिटेट गरिएको बताएका छन् ।

आज आफ्नो समाजिक सञ्जालमा एक पोष्ठ गर्दै उनले एउटै कुरालाई लिएर आफूलाई इरिटेट गरिएको बताएका हुन् ।

बुधबार युवराज सफलले उनको सांसद पदको योग्यतामाथि प्रश्न उठाउँदै पुन सर्वोच्च अदालतमा अर्को रिट दायर गरेका छन् ।

रविले आफ्नो समाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,

मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा हुन् । मान्छेलाई इरिटेट गर्ने पनि सिमा हुन्छ।

१) सर्वोच्च अदालतको मिती २०७९/१०/१३को फैसलाको प्रकरण नं.२२, २८ र ३२ मा मैले अमेरिकी नागरिकता परित्याग गरेको तथ्य confirm गरेको छ।

२) अमेरिकि नागरिकता त्यागेको सक्कल निस्सा जिप्रका काठमाडौमा पेस गरि नेपाली नागरिकता पुन कायम गराएको छु ।

३) अदालतले झिकाउनु भनेको अमेरिकी राहदानीको सक्कल निस्सा मैसँग भएकाले मिति २०८०/०२/ ०९ मा सर्वोच्च अदालतमा बुझाइसकेको छु। यसको जानकारी र सक्कल बमोजिम नक्कल मिती २०७५/०३/०६ मा अध्यागमनलाई सप्रमाण बुझाइसकेको थिएं। टेलीभिजन बाट घोक्रो सुक्ने गरि सप्रमाण बोलीसकेको थिएं।

४) घण्टी लाई बजाउन मात्र होईन घण्टीले बजाउन पनि मिल्छ।

नेप्से आज बन्द हुने

काठमाडौँ – नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज बन्द हुने भएको छ ।

आज रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौँ उपत्यकाको तीन जिल्लाहरूमा सार्वजनिक बिदा भएको कारण सेयर बजार बन्द हुने भएको हो । सोही कारण नेप्से पनि बन्द हुने भएको हो ।

अब बजार आइतबार बिहान ११ः०० बजे मात्र खुल्नेछ । यसअघि बुधवार नेप्से सूचक १६.४९ अङ्कले बढेर १९५९.१२ विन्दुमा अडिएको छ ।

रुकुम पश्चिममा जीप दुर्घटना हुदाँ ४ जनाको घटनास्थलमै मृत्यु,आठ जना घाईते

दाङ – रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ८ दुलीमा जिप दुर्घटना भएको छ ।बिहिबार बिहान भएको दुर्घटनामा परेर चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने आठजना घाईते हुन पुगेका छन्  ।

सानीभेरी गाउँपालिका– ५ मेलचौरबाट जिल्ला सदरमुकाम खलङगा जादै गरेको लु १ ज १७४७ नम्वरको जिप दुलीको मोतिखोलामा दुर्घटना हुन पुगेको हो ।सो दुर्घटनामा परेर सानीभेरी गाउँपालिका ५ का देउचन खत्री, सोहि वडाका कर्ण बहादुर बाँठा, बाँफिकोट गाउँपालिका–८ की रेखा खत्री र उनको छोराको घटनास्थल मै मृत्यु भएको छ ।

दुर्घटनामा परेर आठ जना घाईते भएका छन् । उनीहरुलाई उद्धार गरेर उपचारको पठाईएको छ ।

दुर्घटनाको पुरा विवरण आउन बाँकि रहेको प्रहरीले जनाएको छ । जिप सडकबाट करिब चार सय मिटर तल खसेको बताईएको छ ।

झुटको खेती बन्द गर,नक्कली भुटानी शरणार्थी प्रकरणमा मेरो संलग्नता छैन : राजेश बज्राचार्य

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा अनावश्यक रुपमा नाम मुछिएको भन्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यले आपत्ती जनाउनुभएको छ ।

बज्राचार्यले सामाजिक सञ्जालमा लेख्दै उहाँले अभियुक्त केशव दुलालको बयानको हवाला दिंदै विभिन्न सञ्चार माध्यमले आफ्नो नाम उल्लेख गरेर समाचार सम्प्रेषण गरेकोप्रति गम्भिर ध्यानआकर्षण भएको उल्लेख गर्नुभएको छ ।

बज्राचार्यले अभियुक्त दुलालसँग आफ्नो कुनै चिनजान नभएको र चिनजानै नभएको व्यक्तिले गम्भिर अपराधमा आफ्नो नाम किन पोले र पोल्न लगाए यसको कारण आफुले बुझ्न नसकेको उल्लेख गर्नुभएको छ ।

‘नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने कुरा मलाई थाहा भएको विषय होइन । मैले नचिनेको व्यक्तिले दिएको र दिन लगाएको बयानका आधारमा मेरो चरित्र हत्या हुने गरी समाचार सम्प्रेषण नगरिदिनुहुन म सबै सञ्चार माध्यमहरुलाई हार्दिक अनुरोध गर्दछु’ बज्राचार्यले फेसबुकमा लेख्नु भएको छ ।

सांसद ढाकाकुमारलाई छानबिन गर्न महेश बस्नेतको आग्रह

काठमाडौँ – नेकपा एमालेका नेता महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सांसद ढाकाकुमार श्रेष्ठ बारे सम्बन्धित पार्टी र अधिकारिक निकायले उचित छानबीन गर्न आग्रह गरेका छन् ।

बुधबार बस्नेतले समाजीक सञ्जाल फेसबुकमा ढाकाकुमार श्रेष्ठले पोष्ठ गरेको सामाग्री राख्दै यस्तो पोष्ट गरेका हुन् । बस्नेतले लेखेका छन्, रास्वपाबाट निष्कासित सांसद ढाकाकुमार श्रेष्ठको बोली जस्ताको त्यस्तै सोसियल मिडिया मार्फत बाहिर ल्याएका छन् । सम्बन्धित पार्टी र अधिकारिक निकायले उचित छानबीन गर्न भनेका छन् ।

ढाकाकुमार श्रेष्ठले समाजीक सञ्जालमा लेखेको पोष्ठ यस्तो छ,

मसँग धेरै पैसा थिएन, सांसद बन्ने नाउमा तीन करोडभन्दा बढी सकें समानुपातिक सांसद बन्नका लागि उपसभापति डी पी अर्याललाई १ करोड र महामन्त्री मुकुल ढकाललाई दुई करोड ८४ लाख नगद बुझाए । पछि पनि पार्टी काममा खटिँदा शीर्ष नेताहरूले लाखौँ रुपैयाँ खर्च गर्न बाध्य पारेको उनको गुनासो छ ।

विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग घुस मागिएको भनिएको ‘कथित टेलिफोन प्रकरणमा मलाई अहिले उनै साथीहरूले घात गरेँ। ममाथि अन्याय गरेँ। पार्टीले मलाईं मात्र दोषी बनायो। सभापती, ।उनको पत्नि , उपसभापती र महामन्त्री पानीमाथिको ओभानो बने ’ ।

रास्वपाबाट निष्कासित भएपछि सांसद पद गुमाएका उनी यतिबेला न्याय माग्दै सर्वोच्च अदालत गएका छन्। अदालतमा विचाराधीन मुद्दाका सन्दर्भमा धेरै बिषय अहिले नबोल्ने बताइरहेका ढाकाकुमारले आफूले अदालतबाट न्याय पाइछाड्ने दाबी गर्छन्। ‘मेरो कुनै गल्ती छैन। म न्याय पाउँछु,’ त्यस पछि सबै कुरा बोल्नेछु , उनले भने।

‘भर्खरै पार्टीमा जोडिएको थिएँ, मेरो कसैसँग चिनजान पनि थिएन। सांसद हुनुअघि रविजीसँग पार्टी कार्यालयमा दुईपटक भटघाट भएको थियो। उहाँले मलाई महामन्त्रीसँग समन्वय गर्नुहोस् भन्नुभयो, त्यसपछि मैले मुकुलजीसँग सम्पर्क गरेँ। पार्टीले समानुपातिक सूची तयार पार्दै थियो। उपसभापति डीपीजीले मलाई एकदिन राति फोन गरेर मेरो राजनीतिक पृष्ठभूमि, आर्थिक अवस्था, अध्ययन र पार्टीको गतिविधि कस्तो भइरहेको छ भनेर सोध्नुभयो? मैले सबै भनिबताएँ, अनि कुराकानी सकियो।

अर्कोदिन दिउँसोतिर महामन्त्रीजीको फोन आयो, उहाँले तपाईंको नाम सांसद हुने सूचीमा राखेका छौँ भन्नुभयो। त्यहाँ चाहीँ आन्तरिक भोटिङको नाटक पनि मन्चन गरियो थियो! म महिलो नम्बरमा भएको बताउनुभयो। मैले पनि सहमति जनाएँ। मुकुलजीले पार्टीलाई आर्थिक सहयोग चाहिन्छ भन्नुभयो, मैले पनि हुन्छ भनेँ। ऋण कारेर जम्मा गरेको पैसा, ३ करोड भन्दा बढी रकम काठमाण्डौँ आएको बेला रेस्टुरेन्ट र पार्टी कार्यालयमै गएर दिएँ। अनि समानुपातिक सांसद बनेँ।’ रबि जी हरुको तरिका नौटंकी बढी पुरानो रक्सि नयाँ बोतल हाले जस्तै हो !