काठमाडौं – काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह र चिनिया राजदुत सेन सङ बिच भेटवार्ता भएको छ ।
काठमाडौं महानगरपालिकाको कार्यालयमा भएको भेटमा एक अर्का बिचमा सहयोग र आदान प्रदान गर्ने तथा हाल जारी सहयोगलाई निरन्तरता दिने बिषयमा छलफल भएको छ।
`
Nepal One HD – Revealing the Truth – Latest Online News from Nepal
Breaking News from Political, Health, Sports, Lifestyle and Social News
काठमाडौं – काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह र चिनिया राजदुत सेन सङ बिच भेटवार्ता भएको छ ।
काठमाडौं महानगरपालिकाको कार्यालयमा भएको भेटमा एक अर्का बिचमा सहयोग र आदान प्रदान गर्ने तथा हाल जारी सहयोगलाई निरन्तरता दिने बिषयमा छलफल भएको छ।
काठमाडौँ – राष्ट्रपति निर्वाचनको मतगणना सुरू भएको छ ।
बिहीबार बिहान १० बजेबाट सुरु भएको मतदान प्रक्रिया अपरान्ह ३ बजे सकिएको थियो । निर्वाचन आयोगले संघ र प्रदेशसभातर्फको छुट्टाछुट्टै स्थलबाट गणना थालेको हो ।
राष्ट्रपतिमा सत्तागठबन्धनको तर्फबाट रामचन्द्र पौडेल र एमालेका सुवास नेम्वाङ प्रतिस्पर्धामा छन् । मतगणनामा पौडेलको कांग्रेसका प्रमुख सचेतक रमेश लेखक र नेम्वाङले सांसद महेश बर्तौलालाई प्रतिनिधि बनाएका छन् ।
मतगणना ७ बजेभित्रै सकेर आजै विजेतालाई आजै प्रमाणपत्र वितरण गर्ने तयारी छ ।
रमेश विक रसाईली / काठमाडौँ ,
लोकप्रिय गायक राजु परियार र मेनुका परियारको स्वर रहेको गीत काटे पलाउछ बजारमा सार्वजनिक भएको छ ।
रंग दर्पन म्युजिकको अफिसियल युटुब च्यानल मार्फत बजारमा पठाईएको गीतलाई नेत्र अर्यालले लेखेका हुन।
राजु सुनामले संगीत गरेको गीत काटे पलाउछलाई अहिले बजारमा दर्शकले माया दिएको पाईएको छ। शिव विक निर्देशक रहेको यो गीत काठमान्डौका विभिन्न भागमा छाँयाकन भएको थियो। ओम विकल र साया भन्डारी अभिनित गीत काटे पलाउछमा अपुरो प्रेम कथा झल्काइएको छ।
काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दामा आज सुनुवाई नहुने भएको छ।
न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले प्रचण्डविरुद्धको रिट आज हेर्न नभ्याइने र शुक्रबारका लागि सारेको सर्वोच्चले जनाएको छ।
प्रधानमन्त्री प्रचण्डविरुद्ध अधिवक्ताद्धय ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकीले मंगलबार सर्वोच्चमा रिट दायर गर्नुभएकाे थियाे ।
उहाँहरुले द्वन्द्वकालीन मुद्दालाई लिएर प्रचण्डविरूद्ध फौजदारी अभियोगमा छानबिन र कारवाही हुनुपर्ने आदेश माग गर्दै सर्वोच्चमा रिट दिर्ता गर्नुभएकाे हाे ।
काठमाडौं – राष्ट्रपति पदका लागि भएको निर्वाचनका मतदान प्रक्रिया सकिएको छ । बिहीबार बिहान १० बजेबाट सुरु भएको मतदान प्रक्रिया अपरान्ह ३ बजेसम्मका लागि समय तोकिएको थियो ।
कुल आठ सय ८२ मतदाता रहेको प्रदेशतर्फ ५५० मध्ये ५१८ र संघतर्फका ३३२ रहेकोमा ३१३ मत खसेको छ। राष्ट्रपति निर्वाचनमा एमालेबाट सुवासचन्द्र नेम्वाङ र नौद लीय गठबन्धनबाट रामचन्द्र पौडेल प्रतिस्पर्धामा छन् ।
केही समयपछि मतगणना सुरु गरिने निर्वाचन आयोगले जानकारी दिएको छ ।
काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आज निर्वाचित हुने राष्ट्रपतिले आफूलाई दलीय संरचनाबाट अलग राख्दै राष्ट्र र जनताको अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।
बिहिबार नयाँ बानेश्वरस्थित संसद् भवनमा राष्ट्रपति पदका लागि भएको निर्वाचनमा मतदानपछि सञ्चारकर्मीसँग उनले नयाँ निर्वाचित हुने राष्ट्रपतिले दलबाट अलग भएर मन, वचन र कर्मले भूमिका निर्वाह गर्नुपर्ने बताएका हुन् । राष्ट्रपति दलबाट अलग हुन नसके राष्ट्रपति पदलाई नै न्याय नहुने उनको भनाइ छ ।
उनले भने, “लामो समय लोकतान्त्रिक आन्दोलनमा सङ्घर्ष गर्नुभएका रामचन्द्र पौडेल आज राष्ट्रपति पदमा निर्वाचित हुने करिब निश्चित छ”, यसअघिका राष्ट्रपतिबाट भएका कमजोरीबारे उहाँ जानकार हुनुहुन्छ । त्यसैले पनि उहाँ सुरुमा पार्टीबाट मन, वचन र कर्मले अलग हुनुपर्छ ।”
नयाँ निर्वाचित हुने राष्ट्रपतिलाई आफू अनुकुल संविधानको व्याख्या नगर्न उनले आग्रह गरे । “लामो समय पार्टीमा काम गर्नुभएका उहाँले नेपाली कांग्रेसलाई मनबाट निकालेर काम गर्न सक्नुभएन भने राष्ट्रपति पदलाई न्याय गर्न सक्नु हुन्न”, उनले भने ।
काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले तामाकोसी–काठमाडौं २२०÷४०० केभी प्रसारण लाइन आयोजनाको निर्माण आगामी असारभित्रमा सम्पन्न गर्न ठेकेदारहरुलाई समयसीमा दिएको छ ।
आयोजनाअन्तर्गत रामेछापस्थित नयाँ खिम्ती सबस्टेसनबाट सिन्धुपाल्चोकको बाह्रबिसेसम्म ४४ किलोमिटर र बाह्रबिसेबाट काठमाडौंको लप्सीफेदीसम्मको ४६ किलोमिटर ४०० केभी डबल सर्किट तथा लप्सीफेदीबाट भक्तपुरको चाँगुनारायणसम्मको १४ किलोमिटर १३२ केभी प्रसारण लाइन र बाह्रबिसेमा २२०/१३२/११ केभी सबस्टेसन निर्माणाधीन छन् । साथै, लप्सीफेदीमा ४००/२२०/१३२/११, बाह्रबिसेमा ४०० केभी र नयाँ खिम्तीमा ४०० केभी सबस्टेसन निर्माण भइरहेको छ ।
तामाकोसी तथा सुनकोसी नदी र ती नदीहरुका सहायक खोलानालाको जलविद्युत् आयोजनाको विद्युत् काठमाडौं उपत्यकामा ल्याउन तथा राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न तामाकोसी–काठमाडौ प्रसारण लाइन र सबस्टेसन निर्माण सुरु गरिएको हो ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, आयोजना व्यवस्थापन निर्देशनालयका उपकार्यकारी निर्देशक ताराप्रसाद प्रधानसहितको उच्चस्तरीय टोलीले आयोजनाअन्तर्गत बाह्रबिसे सबस्टेसनको बुधबार अनुगमन भ्रमण गरी महत्वपूर्ण प्रसारण लाइन र सबस्टेसनको निर्माण असारभित्रमा सम्पन्न गर्न निर्देशन दिएको छ ।
निर्माणमा देखिएको अवरोध हटाउन आफ्नोतर्फबाट पनि सहजीकरण तथा समन्वय गर्ने प्रतिबद्धता जनाउँदै टोलीले नयाँ खिम्ती–बाह्रबिसे, बाह्रबिसे–काठमाडौं र बाह्रबिसे सबस्टेसनको निर्माण असारभित्र सम्पन्न गर्न निर्देशन दिएको हो ।
टोलीले प्रसारण लाइन र सबस्टेसन निर्माण जिम्मा पाएका ठेकेदारहरु, आयोजना व्यवस्थापनसँग निर्माणमा हालसम्म भइरहेको प्रगति, सम्पन्न हुने तालिका, व्यहोरिरहेका समस्या तथा समाधानका उपायहरुलगायतका विषयमा विस्तृत रुपमा छलफल गरेको थियो । रुख कटान आदेश, जग्गा प्राप्ति, प्रसारण लाइनको मार्गधिकारमा स्थानीय बासिन्दाको अवरोधलगायतका कारणले प्रसारण लाइन निर्माण प्रभावित हुँदै आएको छ ।
बाह्रबिसे सबस्टेसन निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनीहरु ग्वाङसी ट्रान्समिसन एण्ड सबस्टेसन कन्ट्रक्सन तथा सेन्जेन क्लाउ इलेक्ट्रोनिक्सको उपक्रमको काम सन्तोषजक नदेखिएको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले उल्लेख गरे ।
चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोसी जलविद्युत आयोजनाको विद्युत् बाह्रबिसे सबस्टेसनमा जोडिने छ । मध्यभोटेकोसीको निर्माण आगामी असारभित्रमा सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ ।
कार्यकारी निर्देशक घिसिङले असारभित्रमा सबस्टेसनको निर्माण नभएर मध्यभोटेकोसीको विद्युत् जोड्न नसकिने अवस्था आएमा त्यसको क्षतिपूर्ति भराइने ठेकेदारलाई चेतावनी दिए ।
‘मध्यभोटेकोसीले सबस्टेसनसम्मको प्रसारण लाइनका टावर निर्माण गरिसकेको छ, सबस्टेसन निर्माण सम्पन्न भएन भने विद्युत् कसरी प्रवाह गर्ने ? यस्तो महत्वपूर्ण सबस्टेसन निर्माणमा ढिलाइ गर्ने ?’, घिसिङले ठेकेदारलाई निर्देशन दिँदै भने, ‘यदी सबस्टेसन निर्माण सम्पन्न नभएर मध्यभोटेकोसीको विद्युत् खेर जाने अवस्था आएमा १०२ मेगावाट विद्युत् बिक्रीबाट दैनिक रुपमा प्राप्त गर्ने आम्दानी असुलउपर गरिनेछ ।’
प्राधिकरणले मध्यभोटेकोसीको विद्युतप्रवाहका लागि अस्थायी वैकल्पिक व्यवस्था गरेको छ । तर, त्यसका लागि पनि बाह्रबिसे सबस्टेसन निर्माण अनिवार्य छ । मध्यभोटेकोसीको विद्युत् २२० केभी प्रसारण लाइनमार्फत बाह्रबिसे सबस्टेसनमा जोडिने छ ।
२२० केभी प्रसारण लाइनबाट आएको विद्युत्लाई बाह्रबिसे सबस्टेसनमार्फत १३२ केभीमा झारिने छ । त्यसपछि २२ मेगावाटको माथिल्लो चाकु ए जलविद्युत् आयोजनाले निर्माण गरेको १३२ केभि प्रसारण लाइनमार्फत लामोसाँघु सबस्टेसनमा जोड्ने गरी वैकल्पिक व्यवस्था गरिएको छ ।
माथिल्लो चाकु ए जलविद्युत् आयोजनाले अहिले बाह्रबिसे बजारबाट बाह्रबिसे सबस्टेसनसम्मको करिब ४ किलोमिटर प्रसारण लाइन निर्माण गर्न सर्वेक्षण सम्पन्न गरेको छ । आयोजनाले यो लाइन निर्माण गर्न बढीमा ४ महिना लाग्ने बताएको छ । यो लाइन बनेपछि अहिले लामासाँघु सबस्टेसनमा जोडिएको आयोजना बाह्रबिसे सबस्टेसनका जोडिनेछ ।
कार्यकारी निर्देशक घिसिङले बाह्रबिसे सबस्टेसन र नयाँ खिम्ती–बाह्रबिसे सबस्टेसन निर्माण सम्पन्न भएपछि मध्यभोटेकासीको विद्युत् खिम्तीतर्फ प्रवाह गर्न सकिने बताए । बाह्रबिसे सबस्टेसनमा २२०/१३२ केभी, १६० एमभीए र १३२÷११ केभी,५ एमभीएका पावर ट्रान्सफर्मरहरु रहनेछन् ।
घिसिङले बाह्रबिसे बजारबाट सबस्टेसनसम्म जाने करिब साढे चार किलोमिटर सडकको मर्मत तत्काल गरी वर्षा सुरु हुनुभन्दा अघिनै निर्माणस्थलमा उपकरणहरु तथा निर्माण सामाग्री ढुवानीको व्यवस्था गर्न निर्देशन दिए ।
प्रसारण लाइन अन्तर्गत नयाँ खिम्ती–बाह्रबिसे खण्डमा पर्ने ११८ वटा टावरमध्ये ९० वटा टावरको जग हालिएको छ । ७१ वटा टावर खडा गरिएको छ । १७.५ किलोमिटर तार तानिएको छ । यो लाइन बनाउन पनि बाह्रबिस सबस्टेसनको ठेकेदारले नै पाएको थियो । तर, ठेक्का सम्झौताको ७४ प्रतिशत समय बित्दासमेत कम्पनीले निर्माणका प्रारम्भिक काम नै नगरेपछि सम्झौता अवधि बाँकी नै रहेको अवस्थामा ठेक्का तोडिएको थियो ।
प्राधिकरणले चिनियाँ कम्पनीसँग ठेक्का तोडी ठेक्का रकमको १० प्रतिशत अर्थात १४ लाख ५४ हजार डलर र ६ करोड १६ लाख ७४ हजार रुपैयाँ कार्यसम्पादन जमानत जफत गरेको थियो । यसैगरी, ठेकेदार कम्पनीले अग्रिम भुक्तानीका लागि राखेको १४ लाख ५४ हजार डलर र ६ करोड १६ लाख ७४ हजार रुपैयाँ बैक जमानत पनि जफत गरिएको थियो । त्यसपछि प्राधिकरणले गरेको नयाँ टेण्डर गरी ठेकेदार छनोट गरेको थियो ।
बाह्रबिसे–लप्सेफेदी खण्डमा पर्ने १२२ टावरमध्ये १११ वटाको जग हालिएको छ भने ४ वटा टावरको जग हाल्ने काम जारी रहेको छ । १०३ वटा खडा गरिएको छ । स्थानीयको अवरोधका कारण लप्सीफेदीमा ४ वटा टावर निर्माण सुरु हुन सकेको छैन । १२.५ किलोमिटर तार तानिएको छ । वन क्षेत्रको जग्गा प्रयोग, रुख कटानी, स्थानीयको अवरोधलगायतका कारणले प्रसारण लाइन निर्माण प्रभावित हुँदै आएको छ ।
काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति निर्वाचन पछि कांग्रेस र एमालेको सरकार बन्ने सभ्भावना सकियो भन्न नसकिने बताएका छन् ।
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा राष्ट्रपति निर्वाचनका लागि मतदान गर्न पुगेका अध्यक्ष ओलीले कांग्रेस–एमाले एकै ठाउँमा नहुने भन्ने कसम नखाएको बताएका हुन् ।
‘एमाले र कांग्रेस एक ठाउँमा नहुने भनेर कसम खाएका छैनौँ’ ओलीले भने ।
राष्ट्रपतिका आलोचना गर्नेहरु संकिर्ण मानशिकता भएको जनाउँदै ओलीले यसअघि राष्ट्रपति दुवैले मुलुकको हितका लागि काम गरेको बताएका छन।
काठमाडौं – राष्ट्रपति चयनका लागि मतदान प्रक्रिया चलिरहेको छ ।
नयाँबानेश्वरस्थित संघीय संसद भवन परिसरमा बिहान १० बजेदेखि मतदान प्रक्रिया सुरु भएको हो । एमाले अध्यक्ष केपी शर्मा ओली पनि मतदान प्रक्रियामा सहभागी भइसकेका छन् ।
विभिन्न दलका शीर्षनेताले मतदान गरिसकेपछि ओली मतदान गरेका हुन् । कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालसहित अन्य दलका शीर्ष नेताले मतदान गरेको केही समयपछि ओलीले मतदान गरेका हुन् ।
नौ दलको समर्थनमा कांग्रेसका रामचन्द्र पौडेल र एमालेका सुवासचन्द्र नेम्वाङबीच राष्ट्रपति पदमा प्रतिस्पर्धा भएको छ ।
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रपति निर्वाचनमा सत्तारुढ गठबन्धनलाई साथ दिने भएको छ ।
रास्वपाको बैठकले राष्ट्रपतिका ९ दलीय गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिने निर्णय गरेको हो ।
मतदान जारी रहेका बेला बैठकले पौडेललाई मत दिने निर्णय गरेको पार्टीका नेता तथा सांसद असिम शाहले बताएका छन् ।
प्रतिनिधि सभाको चौथो ठूलो दल रास्वपासंग १९ सांसद छन् ।
काठमाडौँ – राष्ट्रपतिको निर्वाचनमा मतदान गर्ने क्रममा मधेश प्रदेशका सांसद गोविन्द न्यौपाने घाइते भएका छन् ।
बिहिबार संसद भवनमा मतदान गरेर फर्कने क्रममा लडेर घाइते भएका हुज् । उनको टाउकोमा चोट लागेको छ ।
लडेर घाइते भएपछि न्यौपानेलाई संसद भवनमा प्राथमिक उपचार गरिएको छ ।
काठमाडौं – राष्ट्रपतिका उम्मेदवारद्धय नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल र नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङले बिजयका लागि एक अर्कालाई शुभकामना दिएका छन् ।
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जारी मतदानमा सहभागी हुन पुगेका पौडेल र नेम्वाङले एकै ठाउँमा उभिएर लोकतन्त्र र संविधान निमार्णका लागि एक अर्काले गरेको योगदानको प्रशंशा गर्दै बिजयका लागि शुभकामना दिएका हुन् ।
‘लोकतन्त्रका लागि र ब्यवस्था परिवर्तनका लागि, नेपालको परिवर्तनका, संघीय गणतन्त्रको लागि, समानुपातिक समावेशीताका लागि उहाँ (सुवासचन्द्र नेम्वाङ)को पनि मेरो भन्दा कम भुमिका छैन्,’ भन्दै पौडेलले नेम्वाङलाई शुभकामना दिएका हुन ।
उता नेम्वाङले पनि पौडेलको छेउमा नै उभिएर भने, ‘वास्तवमा लामो समय देखी हामीसँगै छौं, मेरो अध्यक्षतामा जारी संविधान कार्यान्वयनको यो महत्वपुर्ण चरणमा, राष्ट्रपति निर्वाचनको संघारमा हामी उभिएका छौं, उहाँलाई प्रतिस्पर्धीको रुपमा देखिरहेको छु । राजनीतिमा अंक गणित अलि फरक हुन्छ तर मेरो उहाँलाई शुभकामना छ, उहाँको मलाई शुभकामना छ ।’
लोकतान्त्रिक प्रक्रियामा पौडेल निरन्तर योगदान गरेको उल्लेख गर्दै नेम्वाङले थप भने, ‘यो पटक म निश्चिन्त ढुक्क छु कि एकातिर म छु र एकातिर उहाँ हुनुहुन्छ, मलाई लाग्छ– जसले जीते पनि संविधानको पक्षमा, लोकतन्त्रको पक्षमा, कानुनिको शाषनको पक्षमा नै सिंगो देशलाई एकताबद्ध बनाएर लैजाने सबालमा, मधेस देखी हिमालसम्म एकता बनाएर लाने काम हुनेछ ।’
लोकतन्त्र भनेको स्वस्थ प्रतिस्पर्धा भएको उल्लेख गर्दै लोकतन्त्रमा स्वस्थ्य प्रतिस्पर्धा हुनु अचम्म मान्न नहुने नेम्बाङले बताए ।
काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति पदको निर्वाचनमा मतदान गरेका छन् ।
बिहिबार नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा कायम गरिएको सङ्घीय सांसद मतदान केन्द्रमा प्रधानमन्त्री प्रचण्डले मतदान गरेका हुन् ।
बिहान १० देखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म जारी रहने छ ।
काठमाडौँ – नेपाल मजदुर किसान पार्टी राष्ट्रपति निवावचनमा सहभागी नहुने भएको छ ।
बिहिबार बिहान एक विज्ञप्ति जारी गर्दै नेमकिपा राष्ट्रपति निवावचनमा सहभागी नहुने जनाएको हो ।
राष्ट्रपतिका दुवै उम्मेदवार र पार्टीले आश्वस्त पार्न नसकेकाले निर्वाचनमा सहभागी नहुने निर्णय गरिएको नेमकिपा जनाएको हो ।

काठमाडौं – प्रधानमन्त्री तथा नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा दायर रिट न्यायाधीश विश्वम्भर श्रेष्ठको एकल इजलासमा परेको छ ।
अधिवक्ता ज्ञानेन्द्रराज आरण र द्वन्द्वपीडित कल्याण बुढाथोकीले गत मंगलबार दायर गरेको रिटमा आज प्रारम्भिक सुनुवाइ हुन लागेको हो ।
प्रधानमन्त्री प्रचण्डले २०७६ माघ १ गते टुँडीखेलमा आयोजित थारु माघी महोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै आफूले दश वर्षे युद्धकालमा भएको पाँच हजार जनाको हत्याको जिम्मा लिने बताएका थिए । सोही अभिव्यक्तिलाई मुख्य विषय बनाएर पीडितले मुद्दा सर्वोच्च अदालतमा रिट दायर गरेका हुन ।
रिट निवेदनको पक्षमा कांग्रेस महाधिवेशन प्रतिनिधिसमेत रहेका रामेछापका ज्ञानेन्द्रराज आरणसहित रहेका छन् ।
काठमाडौँ – नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका लागि अगाडि जाने बाटो नभएकाले एमालेतिरै फर्किने टिप्पणी गरेका छन् ।
बिहिबार राष्ट्रपति निर्वाचनमा भाग लिन संसद भवन पुगेका भट्टराईले पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
भट्टराईले भने, ‘प्यासेन्जरलाई दुःख दिनुभो, गाडी छोडेर हिँड्नुभो । फर्किंदै आउनुहोला फेरि हेरौं । कता जानुहोला र ! आउने ठाउँ छ, जाने ठाउँ छैन ।’
काठमाडौं – राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङले आफु आशावादी र सकारात्मक भएका जनाएका छन ।
जारी मतदान प्रक्रियामा सहभागी हुन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेका नेकपा एमालेका उम्मेदवार नेम्वाङले निर्चाननमा सकारात्मक रहेको जनाएका हुन ।
‘मैले दलका माननीय सदस्य र दलका नेताहरु सबैसँग भेटेको छु, सबैसँग भेटदा म आशावादी र सकारात्मक छु’ नेम्वाङले सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिदै भने । उनले मत खसालेका छन ।
काठमाडौँ – राष्ट्रपतिका उम्मेदवार सुवास नेम्बाङले सबै राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्ने आवश्यकता रहेको बताउनु भयो ।
बिहिबार राष्ट्रपति निर्वाचनका लागि मतदान गर्न संसद भवन नयाँ बानेश्वर पुगेका नेम्वाङले पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै देश र जनताका अगाडि चुनौती रहेकाले सम्पूर्ण राजनीतिक दलहरु एक भएर जानु पर्ने बताएका हुन् ।
नेम्वाङले भने, ‘यो देशका सम्पूर्ण राजनीति दलहरु एक ठाउँमा उभिनु पर्छ, तपाईंहरुले देखिराख्नुभएको छ, अहिले देश र जनताको अगाडि चुनौती छ ।’
काठमाडाैं – सिंहदरबारमा आज बिहान बसेको मन्त्रिपरिषद बैठकले सत्य निरूपण तथा मेलमिलापसम्बन्धि संशोधित विधेयक आज प्रतिनिधि सभामा दर्ता गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सम्पन्न बैठकले फलफूल, तरकारी र खाद्यजन्य वस्तुको विषादी परीक्षण सम्बन्धि प्रस्ताव मन्त्रिपरिषको विषयगत समितिमा छलफलका लागि पठाई यथाशीघ्र क्याबिनेटमा पेश गर्ने निर्णय पनि बैठकले गरेको छ ।
काठमाडौं – नेपाल वायुसेवा निगमको जहाज उडाउने महिला चालक दलका सदस्यहरूप्रति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बधाई ज्ञापन गरेका छन् ।
दुबईबाट उडान भरेर सफलतापूर्वक काठमाडौंमा अवतरण गराएकोमा पाइलट भावना पन्त नेतृत्वको टोलीलाई ओलीले बधाई दिएका हुन् ।
ओलीले ट्विट गर्दै लेखेका छन्, ‘अघि बढ्दैछन् नेपाली महिला! आज अन्तर्राष्ट्रिय महिला दिवस पनि हो। यसै दिन नेपालको राष्ट्रिय ध्वजावाहक जहाजको सफलतापूर्वक अन्तर्राष्ट्रिय उडान भर्न सफल पाइलट भावना पन्त र को-पाइलट सिर्जना रावतलगायत उहाँहरूको टिमलाई हार्दिक बधाई !,’ उनले लेखेका छन् ।
काठमाडौं – नेकपा एकीकृत समाजवादीका बरिष्ठ नेता झलनाथ खनालले अहिलेको गठबन्धन केबल कुर्सीकै लागि भएको बताउनु भएकाे छ।
आज एकीकृत समावादी मोरङले उर्लाबारीमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता खनालले अहिलेको गठबन्धन कुर्सीकै लागि भएको बताउनुभयाे ।
उहाँले भन्नुभयाे, ‘मंसिर ४ को निर्वाचनपछि अहिले तीन महिना भयो। यही समयमा तीनवटा समीकरण भइसक्यो। पाँच वर्षको समय बाँकी छ। त्यसैले धेरै गठबन्धन हेर्न बाँकी छ। अहिलेको गठबन्धन नीति तथा कार्यक्रममा भएको देखिएको छैन। कुर्सीकै कुरा हो।’
काठमाडौं – बिहीबार हुने राष्ट्रपति निर्वाचनको तयारी पूरा भएको छ । निर्वाचन आयोगका अनुसार बिहीबार बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म हुने राष्ट्रपति पदको निर्वाचनको तयारी पूरा भएको हो ।
नयाँबानेश्वरस्थित संघीय संसद भवन परिसरमा दुई वटा मतदान केन्द्र बनाइएको छ । राष्ट्रपति पदको निर्वाचनमा संघीय संसदका सदस्य र प्रदेशसभा सदस्य मतदाता रहने भएकाले उनीहरुलाई छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको छ ।
राष्ट्रपतिका लागि कांग्रेस, माओवादी केन्द्रसहित नौ दलको समर्थनमा कांग्रेस नेता रामचन्द्र पौडेल र एमालेबाट सुवास नेम्वाङ उम्मेदवार छन् ।










काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले राष्ट्रपति विद्यादेवी भण्डारी सदैव अविस्मरणीय रहनुहुने बताउनुभएको छ ।
सामाजिक सञ्जालमा आज एक स्ट्याटस लेख्दै अध्यक्ष थापाले राष्ट्रहित विपरितको नागरिकता विधेयक र गंभीर अपराधमा संलग्नलाई उन्मुक्ति दिने अध्यादेशमा लिनुभएको अडानको कारण राष्ट्रपति भण्डारी सदैव अविस्मरणीय रहनु हुने बताउनुभएको हो ।
नेपालको ईतिहासमा पहिलो महिला राष्ट्रप्रमुख हुने गौरव पाउनुभएकी राष्ट्रपति भण्डारीको यहि फागुन २९मा निवृत्त हुनुहुँदैछ ।

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई भेटेर समवेदना प्रकट गर्नुभएकाे छ । नेपालका भाइ सरोज कुमार उपाध्यायको शनिवार निधन भएको थियो ।
नेपाललाई भेट्न आज दिउँसो ओली उहाँ बसेको किरिया पुत्री भवनमा पुग्नुभएकाे थियाे । ओलीले उपाध्यायको निधनप्रति दुःख व्यक्त गर्नुभयाे ।
नेपालका भाइ उपाध्यायको शंखमुलस्थित एक रेस्टुरेन्टको छैटौँ तलाबाट खसेर निधन भएको थियो ।
काठमाडौं – राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ ।
धुम्बाराहीस्थित केन्द्रीय पार्टी कार्यालयमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको सो पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
बैठकले बिहीबार हुने राष्ट्रपति निर्वाचनबारे निर्णय लिनेछ । साथै बैठकमा समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।
भक्तपुर – काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहले नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पूर्व उद्योग मन्त्री महेश बस्नेतसँग भेट गर्नुभएको छ ।
साह आज बस्नेतलाई भेट्न भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ७ गुन्डु स्थित नेता बस्नेतको निजि निवासमा पुग्नुभएको थियो ।
निर्वाचनको समयमा राजनीतिक प्रतिष्पर्धा भएता पनि विकास र समृद्धिको विषयमा एक ढिक्का भएर अगाडी बढ्नु नै राजनीतिक दल तथा जनप्रतिनिधिको महत्वपूर्ण जिम्मेवारी जनताबाट लिएको दुवै नेताहरुले आत्मसात् गर्दै सहयोग र सद्भावका साथ अगाडी बढ्ने प्रतिवद्धता जनाउनुभयो । नेता बस्नेत र मेयर साहबीचको भेटवार्तामा काठमाडौँ र भक्तपुरको विकास र त्यहाँको समस्या समाधानमा दुवैले खेल्नुपर्ने भूमिकाको र भक्तपुरको विकास मुलुककै लागि उदाहरणीय भएकाले त्यसलाई अनुकरण गर्ने विषयमा केन्द्रीत भएको थियो ।
त्यस्तै मेयर शाहले केही स्थानीय विकास तथा पुनःनिर्माण गरिएका अनन्तलिङ्गेश्वर मन्दिर, ऐतिहासिक अनन्त झुला (कुण्ड), पाथिभरा मन्दिर, निर्माणाधिन राष्ट्रिय प्राणी उद्यान केन्द्रलगायतका स्थानको अवलोकन समेत गर्नु भएको थियो ।
नेता बस्नेत र मेयर साहबीच भएका छलफलहरु :-
१. वर्तमान राष्ट्रिय राजनीति,
२. मनोहरा करिडोर निर्माण र त्यहाँका समस्या,
३. मनोहरा नदीको बहाव परिवर्तन र त्यसको समाधान,
४. सकुम्बासी बस्तीको समस्या समाधानको उपाय,
५. कोटेश्वर चोकमा आकाशे पुल निर्माण,
६. हनुमन्ते नदीको ५५ रोपनी र मनोहरा नदीको ४४ रोपनी जग्गा कब्जा,
७. सूर्यविनायकदेखी धुलिखेलसम्मको ६ लेनको सडक स्तरउन्नती,
८. भक्तपुरको नमुनायोग्य विकास र त्यसको अनुकरण,
९. केपी ओली नेतृत्वको सरकारको समयमा भएको विकासलाई हाल गठबन्धनको संघीय सरकारका कारण विकासमा भएको अवरोध र त्यसको असर,
१०. मनोहरा प्लानिङ आयोजना,
११. स्मार्ट सिटी,
१२. भक्तपुरका पर्यटकीय, धार्मिक क्षेत्रको विकास,
१३. प्राणी उद्यान केन्द्र,
१४. अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण र सहकार्य,
१५. वातावरण प्रदुषण नियन्त्रण,
काठमाडौं – माई खोला हाइड्रोपावरले बिहीबारदेखि आईपीओ निष्काशन गर्दै छ । आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि कम्पनीले आईपीओ बिक्री खुला गर्ने भएको हो ।
उक्त आईपीओमा चैत ९ गतेसम्म आवेदन दिन सकिनेछ । स्थानीयले भने उक्त अवधिसम्ममा पूर्ण आवेदन नपरेमा चैत २४ गतेसम्म सेयर भर्न पाउनेछन् । तर वैदेशिक रोजगारीमा रहेका नेपालीले भने चैत ९ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ ।
कम्पनीले स्थानीय बासिन्दाहरुका लागि जारी पुँजी ३९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँको १० प्रतिशत अर्थात ३ करोड ९२ लाख १५ हजार ७०० रुपैयाँ बराबरको ३ लाख ९२ हजार १५७ कित्ता सेयर बिक्री खुला गर्न लागेको हो ।
यस्तै, कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले १० प्रतिशत अर्थात १ लाख ५२ हजार ९४१ कित्ता सेयरमा आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ता र वैदेशिक रोजगारीमा गएकाले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।
यस आईपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउने ‘एनपी डबल बी प्लस रेटिङ’ प्रदान गरेको छ ।
यस आइपीओमा स्थानीयले प्रभु बैंक, सेन्चुरी बैंक तथा प्राइम कमर्सिल बैंकको इलाम शाखाबाट आवेदन दिन सक्नेछन् । यस्तै, बिक्री प्रबन्धक प्रभु क्यापिटल कमलादी काठमाडौं र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने सी–आस्वा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।
काठमाडौँ – प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आवश्यक ऐन बनाएर सहकारी क्षेत्रलाई नियमन गर्नुपर्ने बताउनुभएको छ ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घले बुधबार काठमाडौँमा आयोजना गरेको सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृतहरूको राष्ट्रिय गोष्ठी उद्घाटन गर्दै सभामुख घिमिरेले अहिले सहकारी संस्थाका बारेमा धेरै आवाजहरू उठिरहेको अवस्थामा यसलाई नियमन गर्न छुट्टै ऐन निर्माण गर्नुपर्ने बताउनुभएको हो ।
उहाँले बचत तथा ऋण सहकारी सम्बन्धी ऐनका लागि आफूले पनि पहल गर्ने आश्वासन दिनुभयो । त्यस्तै उहाँले अहिले देशैभरबाट लघुवितिय संस्थामा भइरहेका विरोधका विषयमा केन्द्रीय सहकारी सङ्घले आवश्यक निष्कर्ष निकालेर धारणा तय गर्नुपर्ने बताउनुभयो । विश्व लगायत नेपालमा पनि आर्थिक समस्या देखिएको अवस्थामा तीन खम्वे अर्थनीतिको प्रमुख हिस्सा सहकारी क्षेत्रलाई पनि ठिक ढङ्गले अघि बढाउनुपर्ने उहाँले बताउनुभयो । सभामुख घिमिरेले सहकारीका नामबाट ठगी गर्ने प्रवृत्तिलाई केन्द्रीय सहकारी सङ्घले नै नियमन र अनुगमन गर्दै देखा परेका समस्यालाई समयमा नै समाधान गर्नुपर्ने बताउनुभयो ।
सहकारी क्षेत्रको जोखिम व्यवस्थापन, उत्पादन लक्षित ऋण परिचालन, प्रविधि हस्तान्तरण एवं आन्तरिकीकरण लगायतका विषयमा ठोस मार्गदर्शन सहित व्यवस्थापकीय प्रणालीमा एकरूपमा कायम गर्नका लागि गोष्ठीको आयोजना गरिएको केन्द्रीय सहकारी सङ्घले जनाएको छ ।
काठमाडौं – नयाँ राष्ट्रपति चयनका लागि भोलि (बिहीबार) मतदान हुँदैछ । मतदान काठमाडौंको नयाँवानेश्वरस्थित संसद् भवनको ल्होत्सेहल परिसरमा हुनेछ । मतदानका लागि दुईवटा केन्द्र तोकिएको छ ।
एउटा मतदान केन्द्रमा संघीय सांसद र अर्कोमा प्रदेश सांसदले मत खसाल्ने छन् । राष्ट्रपति निर्वाचनमा प्रदेशका ५५० र संघीय संसद्का ३३२ गरी कुल ८८२ जना मतदाता रहेका छन् ।
मतदाताको अन्तिम नामावलीमा नाम रहेको जनता समाजवादी पार्टीकी सांसद सहनाज रहमानको हृदयघातका कारण मृत्यु भएको छ । राष्ट्रपति निर्वाचनमा प्रदेश सांसदको ४८ र संघीय सांसदको ७९ मतभार गणना हुन्छ ।
राष्ट्रपतिको निर्वाचनअन्तर्गत भोलि बिहान १० बजेदेखि तीन बजेसम्म मतदानको समय तोकिएको छ । भोलि बेलुका सात बजेसम्म निर्वाचनको नतिजा सार्वजनिक गर्ने तयारी रहेको निर्वाचन आयोगले जनाएकाे छ ।
आयाेगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताउनुभयाे । “तीन बजेसम्म मतदानको समय तोकिएको छ । मतदान सकिएलगत्तै सर्वपक्षीय बैठक बसेर मतगणना सुरु हुन्छ,” उनले भने, “सात बजेभित्र नतिजा आइसक्छ ।”
राष्ट्रपति निर्वाचनमा दुई उमेदवारबीच प्रतिस्पर्धा हुँदैछ । आठदलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङ उमेदवार रहनुभएकाे छ । आयोगले प्रदेश सांसद र संघीय सांसदका लागि छुट्टा छुट्टै मतपत्रको व्यवस्था गरेको छ । मतपत्रमा उमेदवारको नाम र फोटो राखिएको छ ।
काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिका रुपमा विद्या भण्डारीको भूमिका गौरवपूर्ण रहेको बताएका छन् ।
बुधबार अखिल नेपाल महिला संघद्वारा आयोजित अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । राजनीतिक स्वार्थ प्रेरित व्यक्तिहरूले प्रथम महिला राष्ट्रपतिको मर्यादाको ख्याल नगरेको उनले टिप्पणी समेत गरेका छन् ।
उनले भने, ‘राजनीतिक स्वार्थ प्रेरितहरूले आफ्नो स्वार्थमा कतै ठेस लाग्दा वा आफ्नो सङ्कीर्ण, छुद्र स्वार्थ पुरा नहुँदा राष्ट्रपतिको सम्मानित ओहोदाको मर्यादा नगरेर बकवास गरेका हुन सक्छन्। ती कुराको खास अर्थ छैन। आज हामीले गौरव गर्नुपर्छ विद्यादेवी भण्डारी जस्तो नेतृ तपाईँहरूको आन्दोलनबाट हुर्किएर गएको व्यक्तिले देशलाई सात वर्षसम्म राष्ट्रप्रमुखको हैसियत सफलतापूर्वक नेतृत्व गर्नुभयो।’
दैलेख – दैलेखको गुराँस गाउँपालिकाको ८ नम्बर वडा कार्यालयले विवाह गर्नुअघि अनुमति लिन सूचना जारी गरेको छ ।
बालविवाह रोक्न भन्दै कार्यालयले वडाभित्र वैवाहिक कार्य गर्नुअघि अनुमति लिन भनेको हो ।
अनुमति लिएर मात्र विवाह गर्न सूचना जारी गरेको वडा कार्यालयले विवाह दर्ता गर्न आउँदा वडा कार्यालयले दिएको वैवाहिक अनुमतिपत्र अनिवार्य रुपमा ल्याउनुपर्ने सर्त राखेको छ ।

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महिलाहरूमा देखिने पाठेघरको क्यान्सर र स्तन क्यान्सरको शीघ्र पहिचान र उपचारलाई विशेष कार्यक्रमको रूपमा निशुल्क सेवा विस्तार गरिने बताएका छन् ।
११३औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त घोषणा गरेका हुन् ।
‘सातवटै प्रदेशमा निसन्तान उपचार सेवा, वडास्तरमा नवजात शिशु स्याहार केन्द्रको स्थापना, महिलाहरूमा देखिने पाठेघरको क्यान्सर र स्तन क्यान्सरको शीघ्र पहिचान र उपचारलाई विशेष कार्यक्रमको रूपमा निशुल्क सेवा विस्तार गरिनेछ । साथै पाठेघरको क्यान्सर रोकथामको लागि ९ देखि १३ वर्षका बालिकालक्षित एचपीभी खोप कार्यक्रमलाई देशव्यापी विस्तार गरिनेछ,’ उनले भने, ‘करिब ३४ प्रतिशत महिलाहरुमा प्रजनन् उमेर समूहका महिलाहरूमा देखिएको रक्तअल्पताको अन्त्य गर्न महिलालक्षित पोषण कार्यक्रम सञ्चालन गरिनेछ ।’
सुर्खेत – स्थलमार्गबाट नुन ढुवानीमा समस्या देखिएपछि हुम्लास्थित साल्ट टेडिङ कर्पोरेशनले हेलिकोप्टरबाट नुन ढुवानी थालेको छ ।
सर्केगार्ड गाउँपालिका–४ को दुल्ली कुनाबाट नुन हेलिकोप्टरमा ढुवानी सुरु भएको कर्पोरेशन सिमकोट शाखाका प्रमुख राजबहादुुर लामाले बताए ।
कैलाश एयरको हेलिकोप्टरबाट अनुुदानको नुन ओसार्ने कार्य धमाधम भइरहेको छ । नुन सुर्खेतबाट पैदल मार्गबाट सलीसल्ला हुँदै दुुल्लीकुनासम्म गाडीमा ढुवानी भएपछि सो ठाउँबाट हेलिकोप्टरको माध्यमबाट ढुवानीको काम सुरु भएको हो ।
हेलिकोप्टरले दैनिक २० भन्दा बढी उडान भरेर नुन ढुवानी गर्ने कार्य गरिरहेको छ । बढी परिमाणमा ढुवानी गर्नका लागि हेलिकोप्टरमा झुण्ड्याएर ओसार्ने कार्य गर्दै आएको छ । हेलिकोप्टरभित्र राख्नभन्दा झुण्ड्याएर ल्याउँदा ५० केजी बढी ढुवानी हुने गरेको छ ।
चालुु आर्थिक वर्षको दुुई हजार दुुई सय क्विन्टल नुन फागुन महिनामा आएर हेलिकोप्टरबाट ढुवानी सुुरु छ । खार्पुनाथ गाउँपालिकाका पाँच वटा वडामै हेलिकोप्टरबाटै ढुवानी गरिएको छ । प्रत्येक वडामा १५० क्वीन्टल नुन हेलिकोप्टरबाट पुर्याएको उनले बताए ।
यसअघि सिमकोटस्थित शाखाको गोदामबाट नुन खरिद गर्नुपर्ने बाध्यताबाट खार्पुनाथका स्थानीय छुटकारा पाएका छन् ।गाउँपालिकाका लागि साढे सात सय क्विन्टल नुन ओसार्ने कार्य भएको छ भने सिमकोटस्थित शाखाका लागि हेलिकोप्टरले ढुवानी गरी रहेको छ ।
हुम्ला जिल्लामा आयोडिनयुक्त नुनको प्रतिकेजी नौ रुपैयाँमा बिक्री हुने गरेको छ । यस्तै हवाइ मार्गबाट समेत हुम्लामा नुन ढुवानीको काम भइरहेको छ ।
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राष्ट्रपति निर्वाचनबारे बिहीबार मात्रै निर्णय लिने भएको छ ।
राष्ट्रपति निर्वाचनको सन्दर्भमा पार्टीले भोलि बिहान बैठक बसेर आवश्यक निर्णय गर्ने सो पार्टीका उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिनुभयो ।
राष्ट्रपतिको निर्वाचनको मतदान भोलि बिहान १० देखि दिउँसो ३ बजेसम्म हुने तय भएको छ ।
राष्ट्रपतिको निर्वाचनमा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले)का उपाध्यक्ष सुभाषचन्द्र नेम्वाङ उम्मेदवार हुनुहुन्छ ।
काठमाडौँ – सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबारको तुलनामा प्रतितोला रु एक हजारले घटेको छ ।
अघिल्लो दिन प्रतितोला रु एक लाख दुई हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज रु एक लाख एक हजार पाँच सय तोकिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख एक हजार छ । यसको मूल्य अघिल्लो दिन रु एक लाख दुई हजार थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु ४५ ले घटेर रु एक हजार दुई सय २५ मा आएको महासङ्घले जनाएको छ ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।
धनगढी – ११३आौ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ६ जना अटो चालक महिला सम्मानित भएका छन् ।
सुदूरपश्चिम प्रदेश सरकारले आज एक बिशेष कार्यक्रमको आयोजना गरी अटोचालक महिलाहरुलाई सम्मान गरेकाे हाे ।
सामाजिक विकास मन्त्रालयले नगद १० हजारसहित प्रमाणपत्र र दोषल्ला ओढाएर सम्मान गरेको थियाे ।
यसरी सम्मानित हुनेमा अटो रिक्सा चालकहरुमा भगवती दुवी कुँवर, सविता चौधरी, छुटमनिया चौधरी, ईश्वरी नाथ, मिरादेवी चौधरी र वास्मती दहित रहेका छन् ।
काठमाडौ – ग्लोबल आइएमई लघुवित्तको वार्षिक साधारणसभा आज बस्दैछ । उक्त सभामा कम्पनीले कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश गर्नेछ ।
कम्पनीले आर्थिक वर्षको नाफाबाट १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ८ प्रतिशत नगद गरी उक्त लाभांश वितरण गर्नेछ । प्रबन्धपत्र संशोधन गरी कम्पनीले ‘इनवार्ड रेमिट्यान्स’ सम्बन्धी कार्य गर्ने व्यवस्था पनि थप गर्ने भएको छ ।
यता, कम्पनीको चुक्ता पुँजी र सञ्चित मुनाफा (फ्रि रिजर्भ) को जम्मा रकमभन्दा बढी हुने गरी कुनै पब्लिक कम्पनी वा बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन सक्ने अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि सभामा पेस हुनेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन १६ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, फागुन १५ गतेसम्म कायम रहेका सेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
यस्तै, कुनै लघुवित्तसँग मर्जर प्रक्रिया वा एक्विजिसन गर्नुपरेमा सम्पूर्ण कार्यको जिम्मेवारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहेको छ ।
काठमाडौं – राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले आफूलाई राजावादी भन्ने समूहले निर्वाचनमा कसलाई मत दिए भन्दै प्रश्न गरेका छन् ।
राप्रपाको जस्तै राजसंस्था, हिन्दू राष्टको मुद्दा लिएकाले नै राप्रपाविरुद्ध नै षड्यन्त्र गरिरहेको भन्दै उनले भनेका छन्, एकाध राजावादी छन् तिनले आफैँ उम्मेदवार बनेर राप्रपाका उमेदवारलाई हराइदिए । रवीन्द्र मिश्रको हारमा राजावादी भनिनेहरु नै हारको कारण बन्न पुगेका होइनन् र ? हामीलाई जान्न मन छ, हिन्दुराष्ट्र र राजसंस्थाको मुद्दा लिएर राजनीतिक समुह बनाएका, आफ्नै उम्मेदवार खडा नगरेका १०० भन्दा बढी दल र समूहले गएको निर्वाचनमा कहाँ भोट हाले ?’
राजनीतिक दलमा आफ्नै सीमा र मर्यादा हुने भन्दै उनले राष्ट्रपति निर्वाचनबारे वृहत छलफलबाट उपर्युक्त निर्णय लिने बताए । बुधबार दिउँसो १ बजे बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकले बिहीबार हुने राष्ट्रपति निर्वाचनका सम्बन्धमा निर्णय लिने उनको भनाइ छ ।
उनले सामाजिक सञ्जालमा लेखेका छन् :
आज दिउँसो १.०० बजे राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ। वैठकमा विभिन्न एजेन्डामा छलफल हुनेछ, भोलि हुने राष्ट्रपति निर्वाचनका सम्बन्धमा पनि छलफल हुनेछ । राष्ट्रपति निर्वाचनका सन्दर्भमा विभिन्न कोणबाट आएका सुझावहरु हाम्रो “नोटिस“मा छन्।
राजनीतिक दलले कार्यकर्ताको भावना र जनभावना अनुरुप आफूलाई गतिशील बनाउने हो। सबैलाई थाहै छ, कुनै निर्णय गर्दा राप्रपाले बृहत छलफल गरेर निर्णय गर्ने गरेको छ, यसपटक पनि त्यसै गर्छ, सुझबुझपूर्ण निर्णय गर्छ । निर्णय गर्दा कार्यकर्ता, शुभेच्छुक शुभचिन्तकको भावना प्रतिबिम्बित गर्छ नै । तर यसो गरिए खबरदार, उसो गरिए बर्बाद हुन्छ भन्ने जस्तो अभिव्यक्ति जिम्मेवार निकायमा रहेका साथीहरूबाट सामाजिक सञ्जालमा यदाकदा आउने गरेको छ। पार्टीका साथीहरूले विचार दिने निकायहरु छन् । देश, जनसमुदाय र पार्टीको वृहत्तरहित भन्दा पर राप्रपा कहिल्यै छैन र हुने छैन । राजनीतिक पार्टी सञ्चालन गर्ने क्रममा कहिलेकाहीँ प्रयोग पनि गर्नुपर्ने हुन्छ तर त्यो प्रयोग पनि पवित्र उद्देश्यबाट पार्टीकै हितका लागि गरिने हो । रणनीति र कार्यनीति गलत भएकै रहेछ भने पनि प्रश्न गर्ने, जवाफ खोज्ने र सच्याउन प्रयास गर्ने बैठक, भेला र सम्मेलनहरुमा हो । एउटा प्रजातान्त्रिक पार्टी र संरचनाभित्र त्यस्ता अवसरहरु प्रशस्तै आउँछन् ।
एकाथरि मान्छेहरु राप्रपाको जस्तै विचार बोक्छन्, बोल्छन् तर राप्रपाका लागि सधैंको प्रतिपक्षी जस्ता देखिन्छन् । संगठित रुपमा राप्रपालाई अर्ती उपदेश दिन्छन्, भए नभएको प्रचार, दुष्प्रचार गर्छन्, आवश्यक परे तल्लो स्तरको टिप्पणी पनि गर्छन्, चुनावको बेला तिनले राप्रपालाई होइन कांग्रेस कम्युनिस्टलाई भोट दिन्छन् भन्ने हाम्रो आरोप छ । एकाध राजावादी छन् तिनले आफै उम्मेदवार बनेर राप्रपाका उमेदवारलाई हराइदिए । रवीन्द्र मिश्रको हारमा राजावादी भनिनेहरु नै हारको कारण बन्न पुगेका होइनन् र ? हामीलाई जान्न मन छ, हिन्दुराष्ट्र र राजसंस्थाको मुद्दा लिएर राजनीतिक समुह बनाएका, आफ्नै उम्मेदवार खडा नगरेका १०० भन्दा बढी दल र समूहले गएको निर्वाचनमा कहाँ भोट हाले ? एजेन्डाको पक्षमा मतदान गर्नुहुनेहरु प्रति भने हार्दिक नमन छ।
हामी सबैको साझा लक्ष्य राजसंस्था, हिन्दुराष्ट्रको पक्षमा र संघीयताको विपक्षमा जनमत बटुल्ने हुनुपर्ने हो। आफूलाई राम्रो बनाउने र आफ्नो अभियान सञ्चालन गर्ने क्रममा अर्कोलाई दोषी देखाउने प्रवृत्ति राष्ट्रवादी आन्दोलनको सबैभन्दा कमजोर पक्ष हो। निशाना बनाउनुपर्नेहरु अरु नै छन् तर लामो इतिहास भएको, समान विचार बोकेको, यहि एजेन्डा लिएर निर्वाचन मार्फत वैधानिक रुपमा स्थापित भएको, संसदको पाँचौ र यो एजेन्डाको प्रमुख शक्ति राप्रपालाई किन निशाना बनाइदैछ ?
राप्रपाका साथीहरूले यि विषयको जवाफ खोज्नुपर्छ । हामी राजनीतिक पार्टीका सदस्य हौं, राजनीतिक पार्टीका आफ्नै सीमा र मर्यादाहरु हुन्छन् । तल्लो तहसम्म संरचना भएको संगठनमा हामी तहगत रुपमा जिम्मेवार र उत्तरदायी बन्नुपर्छ । कुनै पनि एजेन्डामा अभियन्ता जस्तो विचार दिने, अभियन्ताबाट प्रभावित भएर आफूलाई बदल्ने स्वतन्त्रता दलको सदस्यले खोज्नु हुदैन । हामी अनेक आरोह अवरोह पार गर्दै ३३ वर्ष इतिहास भएको पार्टीका सदस्य हौं, ३३ दिनमा नेता हुने रहर गर्नेहरुको कुरा सुनेर आफूलाई बदल्ने भुल नगरौं ।
आजको बैठकमा राप्रपाले जे निर्णय गर्नुपर्ने हो त्यहि गर्छ ।
सबैको जय होस् ।
काठमाडौं – भलिबलकी अरुणा शाहीलाई ‘एनएसजेएफ’ पल्सर स्पोर्ट्स अवार्ड–२०७८ अन्तर्गत वर्ष महिला खेलाडीको अवार्ड प्रदान गरिएको छ ।
नेपाल खेलकुद पत्रकार मञ्चले उक्त अवार्डबाट शाहीलाई सम्मानित गरेको हो ।
वर्ष महिला खेलाडीको मनोनयनमा शाहीसँगै क्रिकेटका सीता राना मगर, रुबिना क्षेत्री, बक्सिङकी पुनम रावल र एथलेटिक्सकी पुष्पा भण्डारी मनोनयनमा परेका थिए ।
काठमाडौं – गृहमन्त्रालयले बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई सुरक्षा दिन देशभरका प्रमुख जिल्ला अधिकारीलाई सर्कुलर जारी गरेको छ ।
पछिल्लो समय बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि आक्रमण तथा दुर्व्यवहारका घटना हुन थालेपछि गृहमन्त्रालयले देशभरका ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई उक्त निर्देशन दिएको हो ।
बैंक तथा वित्तीय संस्थाका कर्मचारीको सुरक्षामा अलर्ट रहन मन्त्रालयले निर्देशन दिएको हो ।