`

रूकुम पश्चिममा नेकपाका गोपाल शर्मा विजयी, जनार्दन शर्मा तेस्रो

काठमाडौँ, २४ फागुनः रुकुमपश्चिममा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार गोपाल शर्मा निर्वाचित हुनुभएको छ ।निर्वाचन आयोगका अनुसार शर्मा २१ हजार ६०९ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकतटम प्रतिस्पर्धी नेपाली कांग्रेसका राजु केसीले १६ हजार ६६१ मत प्राप्त गर्नुभएको छ ।

यही फागुन २१ गते भएको निर्वाचनमा प्रगतिशील लोकतान्त्रिक पार्टीका जनार्दन शर्माले १४ हजार ३४६ मत प्राप्त गर्नुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका मानबहादुर शाहीले चार हजार ७६ मत प्राप्त गर्नुभएको छ ।

यस्तै, नेकपा (एमाले) का नन्दराम देवकोटाले एक हजार ८६९, नेकपा (माओवादी) का चन्द्रबहादुर बुढाले ३६६ मत प्राप्त गर्नुभएको छ । एउटामात्रै निर्वाचन क्षेत्र रहेको सो जिल्लामा एक लाख ६ हजार ६६९ मतदाता रहेका थिए । त्यसमा ५४ हजार २६३ पुरुष र ५२ हजार ३९६ महिला मतदाता रहेका थिए ।

प्रतिनिधिसभा सदस्य निर्वाचनः रास्वपाका ९१ उम्मेदवार विजयी,३४ निर्वाचन क्षेत्रमा अग्रता

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हालसम्म ९१ क्षेत्रमा विजयी भएकोे छ ।आज बिहान ५ः३० बजेसम्मको परिणामअनुसार रास्वपाका उम्मेदवारले ३४ निर्वाचन क्षेत्रमा अग्रता हासिल गरिरहनुभएको छ ।

निर्वाचन आयोगका अनुसार हालसम्म ११७ स्थानको मतगणना सार्वजनिक भएकामा नेपाली कांग्रेसले १३ क्षेत्रमा जित हासिल गरेको छ भने तीन स्थानमा अगाडि रहेको छ । नेकपा (एमाले) सात स्थानमा विजयी हुँदा चार स्थानमा अगाडि रहेको छ ।

आयोगका अनुसार नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट हालसम्म चार उम्मेदवार विजयी हुनुभएको छ भने तीन स्थानमा अग्रता लिएका छन् । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र उम्मेदवार एक–एक स्थानमा विजयी हुनुभएको छ । यस्तै, श्रम संस्कृति पार्टीका तीन जना उम्मेदवार अग्रस्थानमा हुनुहुन्छ ।

समानुपातिकतर्फ

प्रतिनिधिसभा सदस्यको फागुन २१ गते सम्पन्न समानुपातिक निर्वाचनतर्फ हालसम्म १९ लाख ४५ हजार १५५ मतगणना सम्पन्न भएको छ । आयोगका अनुसार रास्वपाले हालसम्म १० लाख तीन हजार १७५, नेपाली कांग्रेसले तीन लाख ३० हजार ७२८, नेकपा (एमाले)ले दुई लाख ६३ हजार ५८२ र नेपाली कम्युनिष्ट पार्टीले एक लाख १५ हजार १९१ मत प्राप्त गरेका छन् ।

झापा–२ मा ६० हजार ११० मत प्राप्त गर्दे रास्वपाकी इन्दिरा रानामगर निर्वाचित

झापा। प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की इन्दिरा रानामगर निर्वाचित हुनुभएको छ ।निर्वाचन अधिकृतको कार्यालयलयका अनुसार उहाँले ६० हजार ११० मत प्राप्त गर्नुभएको छ ।

सो क्षेत्रमा उहाँका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का देवराज घिमिरेले ११ हजार ३६८ मत प्राप्त गर्नुभयो ।यहाँ श्रम संस्कृति पार्टीका केशवकुमार भण्डारीले सात हजार २९१, नेपाली कांग्रेसकी सरिता प्रसाईँले पाँच हजार ६१६, राष्ट्रिय प्रजातन्त्र पार्टीका भद्रप्रसाद नेपालले तीन हजार ९६६ मत प्राप्त गर्नुभयो ।

यस क्षेत्रमा कुल एक लाख ४७ हजार ५२२ मतदाता रहेकामा ९६ हजार ४३६ मत खसेको थियो । यस क्षेत्रमा १५ वटा राजनीतिक दल र तीन स्वतन्त्र उम्मेदवार गरी जम्मा १८ जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो । रा

पाल्पा-१ मा कांग्रेसका राना निर्वाचित

पाल्पा। पाल्पाको निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका सन्दीप राना विजयी हुनुभएको हो ।उहाँले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार नारायणप्रसाद आचार्यलाई पराजित गर्दै विजयी हुनुभएको हो ।

उहाँले १८ हजार ३३६ मत प्राप्त गर्दा एमालेका आचार्यले आचार्यले १६ हजार ८१९ मत प्राप्त गर्नुभयो । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का विमल पन्तले १४ हजार ३३३ मत प्राप्त गर्नुभयो ।

चितवन-१ मा ५८ हजार २०८ मतसहित रास्वपाका हरि ढकाल विजयी

चितवन। चितवनको निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार हरि ढकाल विजयी हुनुभएको छ ।उहाँ ५८ हजार २०८ मतसहित विजयी हुनुभएको हो । उहाँका निटकतम प्रतिस्पर्धी नेपाली कांग्रेका राजेन्द्रप्रसाद बुर्लाकोटीले १३ हजार ३३ मत प्राप्त गर्नुभएको छ ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले) का दावादोर्जे लामाले १० हजार ८९९, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार कृष्ण पन्तले चार हजार ८१ मत प्राप्त गर्नुभएको छ । ढकाल यसअघि सोही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो ।यस क्षेत्रमा एक लाख ४९ हजार ६४१ मतदातामध्ये ९६ हजार १५४ मत खसेको थियो ।

दाङ-३ मा रास्वपाका सुवेदी ४४ हजार २४८ मतसहित विजयी

दाङ। दाङ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नंं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदी ४४हजार २४८ मतसहित विजयी हुनुभएको छ।निर्वाचन अधिकृत चन्द्रबहादुर सिञ्जालीका अनुसार उहाँ नेपाली काँग्रेसका दीपक गिरीलाई २७ हजार ७९५ मतान्तरले पछि पार्दै विजयी हुनुभएको हो । यहाँ कांग्रेस उम्मेदवार गिरीले १६ हजार ४५३ मत प्राप्त गर्नुभएको छ ।

यस्तै, नेकपा(एमाले)का घनश्याम पाण्डेले १२ हजार १९५, नेपाली कम्युनिष्ट पार्टीका धनबहादुर मास्कीले नौ हजार ३२८ मत प्राप्त गर्नुभएको छ ।यस क्षेत्रमा एक लाख ५० हजार ७२० मतदाता रहेकामा ८९ हजार ५२७ मत खसेका थिए ।

हुम्लामा कांग्रेसका रोकाया अग्रस्थानमा

हुम्ला। हिमाली जिल्ला हुम्लामा प्रतिनिधिसभा सदस्यको मतगणना जारी छ ।यहाँ नेपाली कांग्रेसका उम्मेदवार जयपति रोकाया ५७५ मतान्तरसहित अग्रस्थानमा हुनुहुन्छ । हालसम्म छ वटा मतदान केन्द्रको मतगणना सकिएको मुख्य निर्वाचन अधिकृत निलकण्ठ बरालले बताउनुभयो ।

उहाँका अनुसार रोकायाले छ हजार ८५५ मत ल्याउनुभएको छ भने नेपाली कम्यनिष्ट पार्टी (नेकपा)का उम्मेदवार डा दिपेन्द्र रोकायाले छ हजार २८० प्राप्त गर्नुभएको छ । सिमकोटका पाँच वटा र नाम्खा गाउँपालिकाका १२ वटा मतदान केन्द्रको मतगणना गर्न बाँकी छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार दलबहादुर फडेराले तीन हजार ५८५, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की टाँसी लाजोमले १७५, राप्रपाका छक्क बुढाले १११ मत ल्याउनुभएको छ । हालसम्म ३०८ मत बदर भएको छ । हुम्लामा ३४ हजार ३७२ मतदाता रहेकामा २२ हजार ४६७ मत खसेको थियो ।

ओलीले बालेनलाई दिए बिजयको शुभकामना – ‘बालेन बाबु, बिजयको लागि तपाईंलाई बधाई’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा झापा ५ बाट प्रतिस्पर्धा गरेका केपी शर्मा ओलीले विजयी भएका बालेन्द्र शाहलाई बधाई तथा शुभकामना दिएका छन् ।

आज बालेन विजयी भएपछि सामाजिक सञ्जाल फेसबुकमार्फत बाबु सम्बोधन गर्दै बिजयको लागि तपाईंलाई बधाई छ भनेका छन् । उनले बधाई दिदै तवला दिएको पुरानो फोटो पनि शेयर गरेका छन् ।

उनले लेखेका छन् – बालेन बाबु, बिजयको लागि तपाईंलाई बधाई १ तपाईंको पॉच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्-हार्दिक शुभकामना १

तनहुँ-२ मा पनि रास्वपाका न्यौपाने विजयी

तनहुँ। तनहुँ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार श्रीराम न्यौपाने विजयी हुनुभएको छ ।आज साँझ सम्पन्न मतगणना अनुसार ३२ हजार छ सय ८७ मत प्राप्त गरी न्यौपाने निर्वाचित हुनुभएको छ ।

निर्वाचन अधिकृत भेषराज पौडेलका अनुसार प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका शङ्कर भण्डारीले १४ हजार एक सय ३४ प्राप्त गर्नुभएको छ । यस्तै, नेकपा (एमाले)का केदार सिग्देलले ११ हजार छ सय ६८ र नेपाली कम्युनिष्ट पार्टीका सोमबहादुर थापाले एक हजार नौ सय ५३ मत प्राप्त गर्नुभएको छ ।

यस क्षेत्रमा कुल एक लाख २७ हजार ५१५ मतदाता रहेकामा ६३ हजार १८६ मत खसेका थिए । यहाँ क्षेत्र नं १ बाट रास्वपाका उपसभापति डा स्वर्णिम वाग्ले निर्वाचित भइसक्नुभएको छ ।

जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही विजयी, रास्वपाकी विनिताले पाइन् मात्र ४२१ मत

जुम्ला। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तरर्गत जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार ज्ञानेन्द्र शाही १४ हजार ८१६ मतसहित विजयी हुनुभएको छ ।

मुख्य निर्वाचन अधिकृत कार्यालयका सहायक निर्वाचन अधिकृत हरिकृष्ण तिमिल्सिनाका अनुसार शाही नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार नरेश भण्डारीसँग तीन हजार १८१ मतान्तरसहित निर्वाचित हुनुभएको हो ।

यहाँ भण्डारीले ११ हजार ६३५ मत प्राप्त गर्दा नेकपा (एमाले) का शान्तिलाल महतले चार हजार ५१८, नेपाली कांग्रेसका दीपबहादुर शाहीले सात हजार १४३ मत प्राप्त गरेको सहायक निर्वाचन अधिकृत तिमिल्सिनाले बताउनुभयो ।

यहाँ रास्वपाकी विनीता कठायतले ४२१, प्रलोपाका मनऋषि धितालले ११२, नेमकिपाका बृषबहादुर रावतले ४०० प्राप्त गर्नुभएको छ। जिल्लामा विभिन्न पार्टीका नौ र एक स्वतन्त्र उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्थ्यो ।

प्रतिनिधिसभा निर्वाचनमा पाँच स्थानमा महिला उम्मेदवार विजयी

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा हालसम्म पाँच स्थानमा महिला उम्मेदवार विजयी भएका छन् ।निर्वाचन आयोगका अनुसार काठमाडौँ– १ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का रञ्जु न्यौपाने १५ हजार ४५५ मत प्राप्त गरी विजयी भइन् ।

साथै मोरङ–६ मा रास्वपाका रुविना आर्चाय ५५ हजार ५१३ मत, कास्की–३ मा रास्वपाका बिना गुरुङ ३७ हजार ७५० मत र कैलाली–१ रास्वपाका कोमल ज्ञवाली १७ हजार ८२६ मत प्राप्त विजयी भइन् । दैलेख निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार बासना थापाले १२ हजार ३७२ मतप्राप्त गरी विजयी भइन् ।

जारी मतगणनामा रास्वपाकी सोविका गौतम (चितवन–३), डा तोसिमा कार्की (ललितपुर–३), इन्दिरा थापामगर (झापा–२), निशा डाँगी (झापा–१), नीतिमा भण्डारी (सर्लाही–१), आशिका तामाङ (धादिङ–१),पुष्पाकुमारी चौधरी (सप्तरी –१) र गौरी कुमारी (महोेत्तरी चार)मा अग्रस्थानमा छन् ।

आयोगका अनुसार हालसम्म ४५ स्थानमा नतिजा सार्वजनिक भइसकेको छ । पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ कूल १६५ निर्वाचन क्षेत्रमध्ये हाल ११८ स्थानमा मतगणना जारी छ ।

चितवनमा अटो नालीमा खस्दा चार जनाको मृत्यु

काठमाडौं । चितवनको कालिकामा अटो दुर्घटना हुँदा चालकसहित चार जनाको ज्यान गएको छ । आज साझँ कालिका नगरपालिकाको उपरदाङढीबाट शक्तिखोरतर्फ जाँदै गरेको बा।प्र ०६ –००१ ह ०३१५ नम्बरको अटो नालीमा खसेको हो ।

दुर्घटना हुँदा ज्यान गुमाउनेमा अटो चालक राप्ती नगरपालिका–९ बस्ने ३९ वर्षका पूर्णबहादुर विक, राप्ती नगरपालिका–८ की ५६ वर्षीया विष्णुकुमारी तामाङ, राप्ती नगरपालिका–९ की २२ वर्षीया बिनी तामाङ, सोही ठाँउका ५५ वर्षका तिलक तामाङ रहेका छन् ।

यस्तै क्त दुर्घटनामा राप्ती–९ की ५३ वर्षीया चिनिकुमारी गुरुङ घाइते भएको जनाइएको छ ।

सिन्धुली-१ र २ मा रास्वपाका उम्मेदवार विजयी

सिन्धुली। प्रतिनिधिसभा सदस्य निर्वाचनमा सिन्धुली क्षेत्र नं १ र २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार निर्वाचित हुनुभएको छ ।

सिन्धुली क्षेत्र नं १ रास्वपाका धनेन्द्र कार्कीले १६ हजार २६५ मत प्राप्त गरी निर्वाचित हुनुभएको क्षेत्र नं १ की निर्वाचन अधिकृत निमा घिमिरेले जानकारी दिनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रदीपकुमार कटुवाल क्षेत्रीले १५ हजार ६६८, नेपाली कांग्रेसका उज्ज्वलप्रसाद बरालले १५ हजार दुई, नेपाली कम्युनिष्ट पार्टीका डेकेन्द्रप्रसाद सुवेदीले चार हजार ६५४ र राष्ट्रिय प्रजातन्त्र पार्टीका (राप्रपा) का रामनारायण अधिकारीले ४९८ मत प्राप्त गर्नुभएको छ ।

सिन्धुली-१ मा कुल खसेको ५९ हजार ३०२ मतमध्ये ५६ हजार २० मत सदर भएको र तीन हजार २८२ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सिन्धुली-२ मा गजुरेल विजयी

सिन्धुली क्षेत्र नं २ मा रास्वपाका आशिष गजुरेलले १७ हजार ९४० मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का लेखनाथ दाहालले १४ हजार ७८० मत प्राप्त गर्नुभयो ।

त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का मनोजजङ्ग थापाले ११ हजार ६०६, नेपाली कांग्रेसकी सुशीला थिङले छ हजार ७६० मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत कमल राज विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार यस क्षेत्रमा कुल ५६ हजार ८०३ खसेकामा तीन हजार १४२ मत बदर भएको छ ।

रोल्पाबाट नेपाली कम्युनिस्ट पार्टीका वर्षमान पुन विजयी

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा रोल्पाबाट नेपाली कम्युनिस्ट पार्टीका वर्षमान पुन विजयी भएका छन् । पूर्व अर्थमन्त्री समेत रहेका उनले २७ हजार ४ सय ६० मत लिएर विजयी भएका हुन् ।

१५ हजार ४ सय ५२ को फराकिलो मतान्तरमा उनी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार डा. सुदनकुमावलीले १२ हजार ८ मत प्राप्त गरेका छन् ।

रास्वपाका बालराम थापाले १० हजार ८ सय ९४ मत ल्याए । नेकपा एमालेका गोकुलप्रसाद घर्तीले ९ हजार ९ सय ३३, नेकपा माओवादीका चुडामणी वलीले ३ हजार ७ सय १४ मत ल्याएका छन् ।

उनले जिल्लाबाट ह्याट्रिक गरेका हुन् । २०७४ र २०७९ को चुनावमा पनि रोल्पाबाटै प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिए नेपालका जनता र सरकारलाई बधाई

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका जनता र सरकारलाई सफल तथा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गरेकोमा बधाई दिएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले उत्साहपूर्वक आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गरेको देख्दा खुसी लागेको उल्लेख गरेका छन् ।

दैलेख–२ मा एमालेका पोखरेल विजयी

दैलेख। दैलेख प्रतिनिधिसभा सदस्य निर्वाचन नं २ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार लक्ष्मीप्रसाद पोखरेल निर्वाचित हुनुभएको छ ।

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार पोखरेल १३ हजार ८८९ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका दिक्पालकुमार शाहीले नौ हजार ५५२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत लोकहरि कँडेलले जानकारी दिनुभयो ।

यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका बखत शाहीले छ हजार ७९७, नेपाल कम्युनिष्ट पार्टीका योगेन्द्र शाहीले तीन हजार ८५१, नेपाल मजदुर किसान पार्टीका बखत थापाले एक हजार ५१२ र राष्ट्रिय प्रजातन्त्र पार्टीकी बबिता शाहीले ३३७ मत प्राप्त गर्नुभएको छ ।

नेकपा (माओवादी) का कमल सिंहले ३३७ र राष्ट्रिय जनमोर्चाका कमल बरै मगरले १०१ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

रुपन्देही–५ मा रास्वपाका खान विजयी

लुम्बिनी। रुपन्देही प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका तौफिक अहमद खान विजयी हुनुभएको छ ।

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम परिणामअनुसार खानले ३८ हजार ८०६ मतसहित विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का खीमलाल भट्टराईले १३ हजार १००, नेपाली कांग्रेसका भरतकुमार शाहले १२ हजार ६२४, नेपाल कम्युनिष्ट पार्टीका मोहम्मद वकिल मुसलमानले छ हजार १७६ मत प्राप्त गर्नुभएको छ ।

उक्त निर्वाचन क्षेत्रमा एक लाख ३४ हजार ४४२ मतदाता रहेकामा ८१ हजार ३५ मत खसेको थियो ।

समानुपातिकमा रास्वपाको अग्रता

काठमाडौँ। प्रतिनिधिसभाको सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अग्रता कायम छ ।

निर्वाचन आयोगका अनुसार हालसम्म पाँच लाख ७९ हजार ३१० मत गणना हुँदा रास्वपाले तीन लाख १० हजार ४७६ मत प्राप्त गरेको छ । यस्तै, नेपाली कांग्रेसले ९४ हजार २०८, नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले ७६ हजार ५९ मत प्राप्त गरेको छ ।

यसैगरी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले २२ हजार ४२७, राष्ट्रिय प्रजातन्त्र पार्टीले २४ हजार ५०५, श्रम संस्कृति पार्टीले १२ हजार तीन, राष्ट्रिय परिवर्तन पार्टीले आठ हजार १०४, नेपाल मजदुर किसान पार्टीले दुई हजार २२५ मत, जनता समाजवादी पार्टी (जसपा) नेपालले दुई हजार २५७, प्राप्त गरेका छन् ।

सप्तरी-४ मा रास्वपाका साह विजयी

सप्तरी। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सप्तरी-४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सीताराम साह विजयी हुनुभएको छ ।

निर्वाचन अधिकृत विष्णुप्रसाद आचार्यले अन्तिम मतपरिणाम अनुसार रास्वपाका साहले ३६ हजार ४१२ मत प्राप्त गरी विजय हासिल गर्नुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका तेजुलाल चौधरीले १३ हजार १०३ मत प्राप्त गर्नुभयो ।

जनता समाजवादी पार्टी, नेपालका बबी सिंहले १० हजार २८० मत ल्याउनुभएको छ भने नेपाल कम्युनिष्ट पार्टी (एमाले)की रुवीकुमारी कर्णले एक हजार ७०९ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

बाजुरामा नेपाली कांग्रेसका जनकराज गिरीको अग्रता कायमै

बाजुराः बाजुरामा नेपाली कांग्रेसका जनकराज गिरीको अग्रता कायमै रहेको छ । सुरुवातीदेखि उच्च मतका साथ अघि रहेका गिरीलाई एमालेका लालबहादुर थापाले पच्छ्याउँदै अघि बढेका छन्।

बाजुराको हिमाली,खप्तड छेडेदह ,स्वामिकार्तिक, बुढीगंगा र जगन्नाथको मतगणना सकिँदा कांग्रेसका जनक राज गिरीले रुख चिन्हमा ८ हजार ६ सय ८७ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी एमालेका लालबहादुर थापाले ८ हजार २ सय १७ मत पाएका हुन्।

कांग्रेसका गिरी एमालेका थापा भन्दा ४ सय ७० मतले अग्र स्थानमा छ्न्। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका हेमराज थापाले ३ हजार ७ सय ९५ मत प्राप्त गरेर तेस्रो स्थानमा छन्। नेकपाका प्रकाश बहादुर शाहले १ हजार ७ सय ७१ मत प्राप्त गरेका छन्।

 

ललितपुर ३ मा रास्वपाकी तोसिमा कार्की निर्वाचित

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत ललितपुर क्षेत्र नम्बर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार तोसिमा कार्की निर्वाचित भएकी छन्।उनले ४३ हजार ९६ मत प्राप्त गर्दै ३४ हजार ५१ मतान्तरले विजय हासिल गरेकी हुन् ।

निर्वाचित भएपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै तोसिमाले आफ्नो जितलाई जिम्मेवारीको रुपमा लिएको भन्दै काम गरेर देखाउने बताइन् ।‘आज देशभरीबाट जनताको जित भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी वा म तोसिमाले मात्र हैन सम्रग मेरो पार्टीले यो जितलाई जिम्मेवारीको रुपमा लिएको छ,’ उनले भनिन्, ‘नेपाली जनताको अब सुखको दिन आउँदै छ । धैर्य गर्नुहोला हामी काम गर्छौ, काम गरेर देखाउन चाहान्छौ ।’

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जितेन्द्रकुमार श्रेष्ठले ९ हजार ४५ मत ल्याउँदा नेकपाका राजकाजी महर्जनले ६०२२ मत प्राप्त गरे ।त्यस्तै, नेकपा एमालेका सन्दन थापा मगरले ३२९७ मत प्राप्त गर्दा राप्रपाका सबिनकुमार खड्काले २०३७ मत ल्याए । यसैगर िश्रम संस्कृति पार्टीका ऋतुवर्तन राई १४७२ मत प्राप्त गर्दा उज्यालो नेपाल पार्टीका विजय पन्तले १३२० मत ल्याए ।

ललितपुर २ मा रास्वपाका जगदीश खरेल विजयी

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत ललितपुर निर्वाचन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार जगदीश खरेल विजयी भएका छन्।

खरेलले ११ हजार ५४७ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्।उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार प्रेमकृष्ण महर्जनले एक हजार ५२१ मत प्राप्त गरेका छन्।त्यस्तै नेकपा (एमाले)का उम्मेदवार प्रेमबहादुर महर्जनले एक हजार १३६ मत प्राप्त गरेका छन्।

झापा–५ : बालेनको अग्रता कायमै

काठमाडौं । झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले भारी मतअन्तरले अग्रता बनाइरहेका छन् ।बालेनले ३९ हजार २८४ मत पाउँदा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १० हजार २९३ मत प्राप्त गरेका छन् ।

यस्तै, नेपाली कांग्रेसका मंधरा चिमरियाले १०९६, नेकपाका रञ्जित तामाङले ९४१ मत प्राप्त गरेका छन् ।

पर्वतमा रास्वपा उम्मेदवार भुसाल विजयी

पर्वत, २३ फागुनः पर्वतमा प्रत्यक्षतर्फको मतगणना सम्पन्न भएको छ । आज बिहान सम्पन्न अन्तिम मत परिणामअनुसार रास्वपाका उम्मेदवार सागर भुसाल २६ हजार ५६१ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशीभन्दा १० हजार ६०७ मतको फराकिलो अन्तरमा विजयी हुनुभएको निर्वाचन आयोगले जनाएको छ । कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशीले १५ हजार ९५४ मत प्राप्त गर्दा नेकपा (एमाले) का उम्मेदवार पदम गिरीले १५ हजार ७५ मत प्राप्त गर्नुभएको छ ।

पर्वतमा प्रतिनिधिसभा सदस्यका लागि चार स्वतन्त्रसहित १३ वटा राजनीतिक दलबाट गरी १७ जना उम्मेवार चुनावी मैदानमा होमिएका थिए ।

काठमाडौँ–४ मा रास्वपाका पुकार बम र २ मा रास्वपाका सुनिल केसी निर्वाचित

काठमाडौँ, २३ फागुन : प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम निर्वाचित हुनुभएको छ । उहाँ २९ हजार १४२ मत प्राप्त गरी निर्वाचित हुनुभएको निर्वाचन आयोगले जनाएको छ ।

बमका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार सचिन तिमल्सेनाले आठ हजार ८२४ मत प्राप्त गर्नुभयो भने नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार राजन भट्टराईले पाँच हजार ७३३ ल्याउनुभएको छ ।यसअघिको निर्वाचनमा सो क्षेत्रबाट नेपाली कांग्रेसका सभापति गगनकुमार थापा निर्वाचित हुनुभएको थियो ।

काठमाडौँ–२ मा रास्वपाका केसी निर्वाचित
– प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुनिल केसी निर्वाचित हुनुभएको छ । उहाँ ३४ हजार २३८ मत प्राप्त गरी निर्वाचित हुनुभएको निर्वाचन आयोगले जनाएको छ ।

केसीका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार कविर शर्माले आठ हजार ८७४ मत प्राप्त गर्नुभयो भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार कुन्तीदेवी पोखरेलले पाँच हजार २१० मत ल्याउनुभएको छ । यसअघिको निर्वाचनमा सो क्षेत्रबाट रास्वपाकै सोविता गौतम निर्वाचित हुनुभएको थियो ।

चितवन–२ मा ५४ हजार ४०२ मत का साथ रास्वपा सभापति लामिछाने विजयी

चितवन, २३ फागुनः चितवन क्षेत्र नं २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजयी हुनुभएको छ । उहाँले ५४ हजार ४०२ मत प्राप्त गर्नुभयो । नेपाली कांग्रेसकी उम्मेदवार मीनाकुमारी खरेलले १४ हजार ५६४ मत प्राप्त गर्नुभएको छ ।

यस्तै नेकपा (एमाले)का अस्मिन घिमिरेले छ हजार ९९२ मत प्राप्त गर्दा नेपाली कम्युनिष्ट पार्टीका प्रताप गुरुङले चार हजार ४६९ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत केदारनाथ पौडेलले जानकारी दिनुभयो ।

लामिछानेले यसअघि विसं २०८० मा भएको उपनिर्वाचनमा ५४ हजार १७६ मत प्राप्त गर्नुभएको थियो । यस्तै सो समयमा नेपाली कांग्रेसका उम्मेदवारले ११ हजार २१४ मत र एमालेका उम्मेदवारले १० हजार ९३६ मत प्राप्त गर्नुभएको थियो ।

यस निर्वाचन क्षेत्रमा कूल एक लाख ३७ हजार १५२ मतदाता भएकामा मत ८७ हजार २२१ खसेको थियो । यस निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्रसमेत गरी जम्मा २३ जना प्रत्यासी हुनुहुन्थ्यो ।

म्याग्दीमा बाइस हजार ८५० मतका साथ स्वतन्त्र उम्मेदवार महाविर पुन निर्वाचित

म्याग्दी। म्याग्दीबाट निवर्तमान शिक्षा विज्ञान तथा प्रविधिमन्त्री डा महाविर पुन प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित हुनुभएको छ ।

बाइस हजार ८५० मतका साथ पुन निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का हरिकृष्ण श्रेष्ठले सात हजार ९१९ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापाले जानकारी दिनुभयो ।

नेपाली कांग्रेसका कर्णबहादुर भण्डारीले छ हजार ८८४ र नेपाली कम्युनिष्ट पार्टीका अर्जुन थापाले तीन हजार ५२९ मत प्राप्त गर्नुभएको छ । बिहीबार भएको मतदानमा म्याग्दीमा ८६ हजार ३९७ जना मतदाता रहेकोमा ४६ हजार २१५ मत खसेको थियो ।

इलाम–२ एमालेका सुहाङ नेम्वाङको अग्रता कायमै

इलाम। इलाम क्षेत्र नं २ मा जारी प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सुहाङ नेम्वाङले अग्रता कायमै राख्नुभएको छ ।

मतपरिणामअनुसार चुलाचुली गाउँपालिका, माई नगरपालिका र फाकफोकथुम गाउँपालिकाको २४ हजार ७०४ मतगणना सकिँदा नेम्वाङले आठ हजार २८० मत प्राप्त गरी अग्र स्थानमा हुनुहुन्छ ।

नेम्वाङलाई श्रम संस्कृति पार्टीका सुदीप राईले छ हजार ४४४ मत प्राप्त गरी पछ्याइरहनुभएको मुख्य निर्वाचन अधिकृत रोशन गजुरेलले जानकारी दिनुभयो । नेम्वाङ र राईबीच एक हजार ८३६ मतान्तर छ ।

त्यस्तै नेपाली कांग्रेसका भेषराज आचार्यले चार हजार ३४६ मत प्राप्त गरी तेस्रो स्थानमा हुनुहुन्छ । राष्ट्रिय स्वतन्त्र पार्टीका गोकुलबहादुर राई दुई हजार २२४ मतका साथ चौथो स्थानमा हुनुहुन्छ ।

अहिले माङसेबुङ गाउँपालिकाको मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृत गजुरेलले जानकारी दिनुभयो । त्यसपछि देउमाई र इलाम नगपालिकाको मतगणना गरिनेछ । मतगणना इलाम नगरपालिका–७ स्थित गौतमबुद्ध सभागृह (सिटी हल) मा भइरहेको छ ।

सो निर्वाचन क्षेत्रमा कूल एक लाख १९ हजार ४८९ मतदाता भएकामा ६६ हजार ९३४ अर्थात् ५६ प्रतिशत मत खसेको थियो । सो निर्वाचन क्षेत्रमा विभिन्न १३ राजनीतिक दल र एक स्वतन्त्रसमेत गरी जम्मा १४ जना प्रत्यासी हुनुहुन्छ ।

कालिकोटमा नेकपाका महेन्द्रबहादुर शाही विजयी

सुर्खेत । प्रतिनिधि सभा निर्वाचनमा कालिकोटमा नेकपाका महेन्द्रबहादुर शाही चौथो पटक विजयी भएका छन् । शुक्रबार राति सम्पन्न मत गणनाको अन्तिम परिणाम अनुसार शाहीले ११ हजार ३३८ मत ल्याएर विजयी भएका छन् । उनमा निकटतम प्रतिद्वन्द्वी एमालेका नगिन्द्र शाही नेश्ननललाई ९८६ मतान्तरले विजयी भए ।

नेकपा एमालेका नगिन्द्र शाहिले १० हजार ३५२ मत पाए । तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका हर्षबहादुर बमले ७ हजार १३३ मत पाए ।त्यस्तै नेकपा माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले ४ हजार ५९९ मत ल्याए भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रकाश न्यौपानेले २ हजार ९३७ मत पाए ।

नेमकिपाका नन्दबहादुर शाहीले ५९७, राप्रपाका सूर्यबहादुर शाहीले ५६६, राष्ट्रिय जनमोर्चाका अजबहादुर गिरीले २६९ मत ल्याए ।नेकपाका शाही २०७० सालको संविधानसभा निर्वाचन यता कालिकोटबाट निरन्तर चुनाव जित्दै आएका छन् । २०७४ सालमा प्रदेशसभा सदस्य निर्वाचित शाही कर्णाली प्रदेशको पहिलो मुख्यमन्त्री भएका थिए ।२०७९ सालको प्रतिनिधिसभा सदस्य जितेका शाही चौथो पटक चुनाव जितेर सिंहदरबार प्रवेश गरेका हुन् ।

तेह्रथुममा नेपाली कांग्रेसका सन्तोष सुब्बा विजयी

तेह्रथुम। प्रतिनिधिसभा सदस्यको निर्वानमा तेह्रथुमबाट नेपाली कांग्रेसका सन्तोष सुब्बा विजयी हुनुभएको छ ।सुब्बाले ११ हजार ५६१ मत प्राप्त गर्दै विजयी हासिल गर्नुभएको मुख्य निर्वाचन अधिकृत दीलकुमार वर्देवाले जानकारी दिनुभयो ।

उहाँका अनुसार निकटम प्रतिद्वन्द्वी नेकपा (एमाले)का भानुभक्त ढकाललाई ८७९ मतान्तरले पछि पार्दै सुब्बा प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको हो ।

एमालेका केन्द्रीय सचिव ढकालले १० हजार ६८२ मत प्राप्त गर्नुभयो ।प्रतिनिधिसभाका लागि एकमात्रै निर्वाचन क्षेत्र रहेको तेह्रथुममा राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेन्द्र कार्कीले ७ हजार ७३७ र श्रम संस्कृति पार्टीका सुविन्द्रकुमार लिम्बूले ५ हजार २०० मत प्राप्त गर्नुभएको छ ।

कास्की ३: रास्वपाका उम्मेदवार गुरुङ विजयी

लेखनाथ (कास्की), २३ फागुनः गण्डकी प्रदेशबाटै प्रतिनिधिसभा सदस्यमा एकमात्र महिला उम्मेदवार वीना गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित हुनुभएको छ । समाजसेवा र व्यवसायबाट राजनीतिमा लाग्नुभएकी वीना कास्की निर्वाचन क्षेत्र नं ३ बाट लोकप्रिय मतसहित निर्वाचित हुनुभएको हो ।

वीनाले ३७ हजार ७५० मत ल्याएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका मनोज गुरुङले १२ हजार ७८० मत पाउनुभएको मुख्य निर्वाचन अधिकृत हिमलाल वेलबासेले जानकारी दिनुभयो ।

कास्की निर्वाचन क्षेत्र नं ३ मा ६५ हजार ४०७ मत खसेको थियो । वीना २५ हजार मतान्तरका साथ कास्की क्षेत्र नम्बर ३ विजयी हुनुभएको हो ।

कास्की २ मा रास्वपाका पौडेल निर्वाचित

गण्डकी। प्रतिनिधिसभा सदस्यका निर्वाचनमा कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार उत्तमप्रसाद पौडेल ३१ हजार ९११ मतसहित विजयी हुनुुभएको छ ।

यस क्षेत्रमा नेकपा (एमाले)का रश्मी आचार्यले सात हजार ४९३ मतसहित दोस्रो बन्नुुभयो भने नेपाली कांग्रेसका माधवप्रसाद बास्तोला छ हजार ५०० मतसहित तेस्रो बन्नुुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका हेमजङ गुरुङले एक हजार ६४३ मत, नेपाली कम्युनिष्ट पार्टीका हेमबहादुर थापा पराजुलीले एक हजार २७६ मत, उज्यालो नेपाल पार्टीका कुशल गुरुङले एक हजार २०१ मत प्राप्त गर्नुुभएको कार्यालयले जनाएको छ ।

मोरङ–४: रास्वपाका राजवंशी निर्वाचित

मोरङ, २३ फागुनः राष्ट्रिय स्वतन्त्र पार्टीका सन्तोष राजवंशी मोरङ क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ ।बिहीबार सम्पन्न निर्वाचनको आज बिहान सार्वजनिक भएको अन्तिम मतपरिणामअनुसार राजवंशीले ४० हजार ८३३ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

निर्वाचन अधिकृत कार्यालय क्षेत्र नं ४ का अनुसार उहाँका निकटतम प्रतिस्पर्धीमा नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले १२ हजार ८१८ मत प्राप्त गर्नुभएको छ ।त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका अमनलाल मोदीले १० हजार ७६२ मत, नेकपा एमालेका जीवन घिमिरेले छ हजार ९३३ मत प्राप्त गर्नुभएको ।

सो निर्वाचन क्षेत्रमा कूल एक लाख १९ हजार २५५ मतदाता भएकामा ८० हजार ०८४ मत खसेको थियो । विभिन्न राजनीतिक दल र स्वतन्त्रसमेत गरी जम्मा १९ जना प्रत्यासीले प्रतिस्पर्धा गर्नुभएको थियो ।

जुम्लामा राप्रपा उम्मेदवार ज्ञानेन्द्रकाे अग्रता कायमै

मुगु । जुम्लामा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भएको मतदानको गणना जारी छ ।राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा उम्मेदवार ज्ञानेन्द्र बहादुर शाहीले ९३५९ मत प्राप्त गरेर अग्रता कायमै राखेका छन् । प्रतिस्पर्धी नेकपाका उम्मेदवार नरेश भण्डारीले ५७८४ प्राप्त गरेका छन् ।

नेपाली कांग्रेस उम्मेदवारदिप बहादुर शाहि रुख ३ हजार ११५ प्राप्त गरेका छन् । नेकपा एमालेका शान्ति लाला महत सुर्य २ हजार १६३ मत प्राप्त गरेका छन् ।जुम्लामा ४० हजार ८९७ मत खसेको थियो ।

बाँके २ मा एमालेका राई प्रतिनिधिसभा सदस्यमा निर्वाचित

खजुरा (बाँके), २३ फागुन – बाँके २ मा नेकपा (एमाले)का उम्मेदवार मोहम्मद इश्त्यिाक राई प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ ।

बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम अनुसार उहाँले २४ हजार ६१६ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो ।

उहाँका निकटतम प्रतिष्पर्धि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का विवेककुमार श्रेष्ठले १८ हजार ५८० मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अन्तिममत परिणाम अनुसार नेपाली कांग्रेसका सुधांशु कोइरालाले १७ हजार ५८५ मत प्राप्त गर्नुभएको छ ।

दैलेख १ मा कांग्रेसकी थापा प्रतिनिधिसभा सदस्यमा निर्वाचित

दैलेख, २३ फागुनः दैलेख क्षेत्र नं १ मा नेपाली कांग्रेसकी उम्मेदवार बासना थापा प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मत परिणामअनुसार थापा १२ हजार ३७२ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार रबीन्द्रराज शर्माले ११ हजार ७९६ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सो निर्वाचन क्षेत्रमा कूल ७९ हजार ७०१ मतदाता रहेका थिए । निर्वाचन अधिकृत पाण्डेका अनुसार निर्वाचनमा रास्वपाका नन्दकिशोर बस्नेतले ८,१५१ मत, नेकपाका अम्मरबहादुर थापाले ४,२५६ मत,राप्रपाका रणबहादुर सिंहले ५९८ मत, नेमकिपाका जगतबहादुर ओलीले ३०२ मत, नेकपा माओवादी रामलाल विश्वकर्माले २३५ मत,राजमाका नरबहादुर सिंह ९१ मत, स्वतन्त्र लोगबहादुर बोगटीले २९ मत र आम जनता पार्टीका मेनुका श्रेष्ठले १६ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी, दैलेख क्षेत्र नं. २ मा पनि मतगणना जारी रहेको छ । निर्वाचन अधिकृत लोकहरी कँडेलका अनुसार सो क्षेत्रमा नेकपा (एमाले) का लक्ष्मी प्रसाद पोखरेलले अग्रता लिइरहनुभएको छ भने उहाँलाई नेपाली कांग्रेसका दिक्पाल कुमार शाहीले पछ्याइरहनु भएको छ ।

समानुपातिक मतगणना जारी : रास्वपा अग्रस्थानमा, कांग्रेस दोस्रो

काठमाडौँ, २३ फागुन : २०८२ फागुन २१ गते बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार हालसम्म कूल ३५ हजार छ मत गणना भएको छ ।

१ः १५ बजेसम्म गणना भएको मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले १९ हजार पाँच सय ८२ मत प्राप्त गरेको छ । यस्तै, नेपाली कांग्रेसले छ हजार नौ सय ३७, राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई हजार आठ सय ५८, नेकपा(एमाले)ले दुई हजार छ सय ७२ मत प्राप्त गरेको छ ।

आयोगका अनुसार, श्रम संस्कृति पार्टीले आठ सय ६७, नेपाली कम्युनिस्ट पार्टीले आठ सय ४५, राष्ट्रिय परिवर्तन पार्टीले चार सय ५३ मत प्राप्त गरेको छ ।

झापा ५ मा रास्वपा वरिष्ठ नेता शाहको अग्रता उच्च

झापा, २३ फागुन : झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बालेन्द्र शाहले २८ हजार १५२ मत प्राप्त गर्दै अग्रता कायम राख्नु भएको छ ।

२०८२ फागुन २१ गते बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणना अनुसार ४४ हजार ३५० मतको गणना सम्पन्न हुँदा रास्वपाका वरिष्ठ नेता समेत रहनुभएका शाहले उक्त मत प्राप्त गर्नु भएको हो ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार सो क्षेत्रका नेकपा (एमाले)का उम्मेदवार केपी शर्मा ओलीले सात हजार ३९३ मत प्राप्त गर्नुभएको छ । उहाँ एमालेका अध्यक्ष समेत हुनुहुन्छ ।

यसैगरी, श्रम संस्कृति पार्टीका समीर तामाङले चार हजार ११५ मत, नेपाली कांग्रेसकी उम्मेद्वार मन्धरा चिमरियाले ८२४ मत, नेपाली कम्युनिस्ट पार्टीका रञ्जित तामाङले ७३६ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मीप्रसाद संग्रौलाले ६६२ मत प्राप्त गर्नु भएको कार्यालयले जनाएको छ ।

प्रतिनिधिसभा निर्वाचनः १६० निर्वाचन क्षेत्रमा मतगणना जारी

काठमाडौँ, २३ फागुन : प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हालसम्म १५ क्षेत्रमा विजयी भएकोे छ । बिहान ६ बजेसम्मको परिणामअनुसार रास्वपाका उम्मेदवारले १०२ निर्वाचन क्षेत्रमा अग्रता हाँसिल गरिरहनुभएको छ ।

आयोगका अनुसार रास्वपाबाट मोरङ क्षेत्र नं ४ मा सन्तोष राजवंशी, मोरङ ६ मा रुविना आचार्य, धनुषा ३ मा मनिषा झा, काठमाडौँ १ मा रन्जु न्यौपाने, काठमाडौँ ३ मा राजुनाथ पाण्डे, काठमाडौँ ४ मा पुकार बम, काठमाडौँ ५ मा सस्मित पोखरेल, काठमाडौँ ७ मा गणेश पराजुली, काठमाडौँ ८ मा विराजभक्त श्रेष्ठ, काठमाडौँ ९ मा डोलप्रसाद अर्याल, काठमाडौँ १० मा प्रदीप विष्ट, कास्की क्षेत्र नं २ मा उत्तमप्रसाद पौडेल, कास्की ३ मा बिना गुरुङ, रुपन्देही ४ बाट कन्हैया बानियाँ र बाँके १ मा सुरेशकुमार चौरी विजयी हुनुभएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार हालसम्म २० स्थानमा नतिजा सार्वजनिक भइसकेको छ । पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ कुल १६५ निर्वाचन क्षेत्रमध्ये हालसम्म १६० निर्वाचन क्षेत्रमा मतगणना भइरहको छ ।

नेपाली कांग्रेसले तीन क्षेत्रमा जित निकालेको छ । मनाङ १ मा कांग्रेसका टेकबहादुर गुरुङ, मुस्ताङ १ मा योगेश गौचन थकाली र दैलेख १ मा बासना थापा विजयी हुनुभएको छ । जारी मतगणनामा कांग्रेसका उम्मेदवार ११ स्थानमा अगाडि छन् ।

नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट रुकुम पूर्व १ बाट सो पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड विजयी भइसक्नुभएको छ । नेकपाका उम्मेदवार जारी मतगणनामा ११ क्षेत्रमा अग्रस्थानमा रहेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट बाँके निर्वाचन क्षेत्र नं १ मा मोहम्मद इश्तियाक राई विजयी हुनुभएको छ । एमालेका उम्मेदवार १२ निर्वाचन क्षेत्रमा अगाडि हुनुहुन्छ । श्रम संस्कृति पार्टीका उम्मेदवार तीन, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार एक र स्वतन्त्र उम्मेदवार एक स्थानमा अगाडि हुनुहुन्छ ।

आजको मौसम : हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।

हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू–भागमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा साधारणतया बादल लागेको छ । बाँकी भू–भागमा आंशिक बादल लागेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू–भागमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ । बाँकी भू–भागमा आंशिक बादल लाग्ने छ ।

देशको पहाडी र हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा÷हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । तराई भू–भागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहनेछ ।

विभागका अनुसार आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू–भागमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ । बाँकी भू–भागमा आंशिक बादल लाग्ने छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । तराई भू–भागका थोरै स्थानहरूमा तुँवालो रहनेछ ।