`

सरकारलाई ‘मूल्यवान’ लोगो हस्तान्तरण

Nepal One HD २७ साउन २०८० १४:५१
समाज

कर्णाली / कर्णाली प्रदेश सरकारले यहाँका किसानको सम्पदा नामक ‘मूल्यवान’ लोगो सङ्घीय सरकारलाई हस्तान्तरण गरेको छ । प्रदेश सरकारले उक्त लोगो साउन ११ गते सार्वजनिक गरेको थियो ।

नेपाल सरकार कृषि तथा पशुपक्षी विकास मन्त्रालयद्वारा आयोजित एकदिने ‘कृषि तथा पशुपक्षी विकाससम्बन्धी समन्वयात्मक छलफल’मा शुक्रबार कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले सङ्घीय मन्त्री डा बेदुराम भुसाललाई लागो हस्तान्तरण गर्नुभएको हो ।

उक्त लोगो ग्रहण गर्दै मन्त्री डा भुसालले कर्णालीमा उत्पादित कृषि उत्पादनमा आफ्नै लोगो टाँसेर बजारमा पठाउन सुरु गरेकाले सङ्घीय सरकारले यसको अन्तराष्ट्रिय बजारीकरण गर्न सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

“कर्णालीमा मूल्यवान कृषिजन्य वस्तु उत्पादन हुन्छन् भन्ने सन्देश ‘मूल्यवान’ लोगोबाट विश्वभर प्रवाह गर्न सङ्घ सरकार तयार छ”, उहाँले भन्नुभयो, “रैथाने, प्राङ्गारिक र मूल्यवान कृषि वस्तु उत्पादनमा वृद्धि गर्न सकेमात्र ‘मूल्यवान’ लोगोको अर्थ रहन्छ ।” यसको प्रचारप्रसार विश्वभर गर्न सकिए नेपालकै नाम उँचो हुने र त्यसले मुलुकको गौरव बढाउने मन्त्री डा भुसालको भनाइ थियो ।

लोगो हस्तारण गर्दै कर्णाली प्रदेश सरकारका भूमि मन्त्री शर्माले ‘लम्पी स्कीन’रोग नियन्त्रणमा राहत, प्रयोगशाला सञ्चालनमा बजेटलगायत व्यवस्था गर्न माग गर्नुभयोे । उहाँले किसानलाई प्राङ्गारिक मलको फाइदाबारे जानकारी दिनुपर्ने भन्दै पशुपालनमा किसानलाई प्रेरित गर्ने कार्यक्रम सञ्चालन थर्न सके रासायनिक मलको प्रयोगमा रोकथाम हुने बताउनुभयो ।

अर्गानिक उत्पादनका लागि प्राङ्गारिक मलको व्यवस्थापन र अनुदानमा विशेष कोटा निर्धारण गरी प्रदेश सरकारलाई बजेटको व्यवस्था गर्नसहित मन्त्री शर्माले मन्त्री भुसालको ध्यानाकर्षण गर्नुभयो ।

मन्त्री शर्माले समन्वय बैठकमा सहभागी अन्तर प्रदेशका कृषिमन्त्री तथा सचिवसहित पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई समेत कर्णालीका किसानको सम्पदा ‘मूल्यवान’ हस्तारण गर्नुभएको थियो ।


प्रतिक्रिया