डब्ल्यूएचओद्वारा गाजामा पोलियो खोपको १० लाख भन्दा बढी डोज पठाउने घोषणा


विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले आज गाजामा पोलियो खोपको १० लाखभन्दा बढी डोज पठाउने घोषणा गरेको छ । यस क्षेत्रको फोहोर पानीको नमूनामा पोलियो भाइरस पत्ता लागेपछि बच्चाहरूलाई भाइरस सर्नबाट जोगाउन आगामी हप्ताहरूमा खोप वितरण गरिनेछ ।डब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले नौ महिनादेखि जारी द्वन्द्वका कारण नियमित खोप अभियानमा अवरोध भएको र पाँच वर्षमुनि (विशेष गरी दुई वर्षमुनि) का बालबालिका जोखिममा रहेको उहाँले बताउनुभयो ।
हालसम्म कुनै व्यक्तिमा पोलियो सङ्क्रमण देखिएको भने छैन, यद्यपि हजारौं असुरक्षित बालबालिकाहरूलाई अन्ततः भाइरस सङ्क्रमण हुनबाट रोक्नको लागि तत्काल कदम चाल्नु महत्त्वपूर्ण रहेको गेब्रेयससले जोड दिनुभयो ।
पोलियो, मुख्यतया मलजन्य र मौखिकमाध्यममार्फत फैलिने एक अत्यधिक सङ्क्रामक भाइरस हो । यसले स्नायु प्रणालीलाई असर गर्छ र पक्षाघात निम्त्याउन सक्छ । विश्वव्यापी पोलियो सङ्क्रमण सन् १९८८ देखि ९९ प्रतिशतले घटेको छ ।
खराब स्वास्थ्य अवस्था र केही विस्थापित व्यक्तिहरूको शिविर नजिकैको सडकहरूमा ढलको ओभरफ्लोको कारणले संयुक्त राष्ट्र सङ्घले गत हप्ता हेपाटाइटिस ए, पेचिश र ग्यास्ट्रोएन्टेराइटिसका घटनाहरूमा उल्लेखनीय वृद्धि भएको रिपोर्ट गरेको छ ।