`

लाजिम्पाटमा व्यवसायी लामामाथि आक्रमण गरी फरार दुई आरोपी भारतबाट पक्राउ

Nepal One HD ११ माघ २०८१ ११:३१
अपराध

काठमाडौं । काठमाडौंको लाजिम्पाटमा विक्रम लामामाथि आक्रमणमा संलग्न दुई जनालाई प्रहरीले भारतबाट पक्राउ गरी नेपाल ल्याएको छ ।

प्रहरीले विक्रममाथि आक्रमण गर्ने समूहका नाइके भनिएका नुवाकोट ककनी–४ का ३३ वर्षीय अजय लामा र गोरखाको आरुघाट–७ का दीपक बरामुलाई पक्राउ गरेको हो ।

उनीहरुलाई भारतको हरियाणाबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले जानकारी दिए ।

घरजग्गा व्यवसायी विक्रम लामामाथि ज्यान मार्ने उद्देश्यले केही दिनअघि काठमाडौंको लाजिम्पाटमा आक्रमण भएको थियो ।

११ कात्तिकमा लामामाथि रड आक्रमण भएको थियो । यस घटनामा यसअघि पक्राउ परेकामध्ये निश्चल सुनार र मार्शल भनिने शैलेन्द्र तामाङ पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् ।


प्रतिक्रिया