रुसमा ५० यात्रु बोकेको विमान दुर्घटना, कोही पनि जिवित नरहेको अनुमान

विश्व

मस्को । रुसको सुदूर पूर्वी क्षेत्रमा ४९ जना सवार एक यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएको छ । स्थानीय समाचार एजेन्सीहरूका अनुसार दुर्घटनामा कोही पनि जीवित नरहेको आँकलन गरिएकाे छ ।
बुधबार खाबरोव्स्कबाट ब्लागोवेश्चेन्स्क हुँदै टिन्डा जाँदै गरेको एन्टोनोभ एन-२४ जहाज टिन्डाबाट केही माइल वर पुगेपछि सम्पर्कविहीन भएको थियो। विमानकाेको खोजीका लागि हेलिकप्टर परिचालन गरिएको थियो।
रुसी उद्धारकर्मीहरूले विमानको भग्नावशेष जलिरहेको अवस्थामा फेला पारेका छन् । इन्टरफ्याक्स समाचार एजेन्सीले विमानका टुक्राहरू अमुर क्षेत्रमा भेटिएको जनाएको छ ।
विमानमा चालक दलका ६ सदस्य र ४३ जना यात्रु गरी ४९ जना सवार थिए। तीमध्ये ५ जना बालबालिका रहेकाे बताइएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट